22/12/2025
पोखरा महानगरपालिकाको सूचना !
पोखरा महानगर क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको कोत्रेदेखि सेतिपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदिसम्म र नगर क्षेत्रका प्रमुख सडकहरुको दायाँबायाँका शटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस प्रकृतिका उद्यम तथा व्यवसायहरु यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अन्यत्र व्यवस्थापन गर्न÷गराउनुहुन सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।
साथै तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवयर पसल, डिपो तथा अन्य व्यवसायीहरुलाई समेत सडकपेटीमा निर्माण सामाग्री र साइनबोर्ड लगायतका वस्तु तथा सामाग्रीहरु नराख्न पोखरा महानगरपालिका अनुरोध गर्दछ । महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यमहरु सञ्चालन तथा सामाग्रीहरु राखेको पाइएको अवस्थामा प्रचलित कानुन बमोजिम कारवाही हुने ब्यहोरा सूचित गरिन्छ । यस अनुरोधलाई परिपालना गर्ने/गराउने सन्दर्भमा आवश्यक सहयोग तथा सहजिकरण गरिदिनुहुन सम्बन्धित घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई समेत अनुरोध गरिन्छ ।
– पोखरा महानगरपालिका
मिति : २०८२/०९/०७