Pokhara Today

Pokhara Today Pokhara Today brings you closer to your city with real-time updates, local stories and authentic reporting.

Join our community to stay updated on everything happening in and around Pokhara.

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार बेपत्ता भएका दुई बालकमध्ये १४ वर्षीय निक्सन गुरुङको शव चार दिनपछि भेटिएको छ।पोख...
18/08/2026

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार बेपत्ता भएका दुई बालकमध्ये १४ वर्षीय निक्सन गुरुङको शव चार दिनपछि भेटिएको छ।

पोखरा–१४ छिनेडाँडाका गुरुङको शव मंगलबार दिउँसो घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडमा अड्किएको अवस्थामा फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाबाट प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा तीन गोताखोरसहित ११ जनाको टोलीले खोजी गरेको थियो। रोप रेस्क्यु विधिबाट करिब ६०–७० मिटर गहिरो खोँचमा पुगेर खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ। एक्स्काभेटरको सहायताले दिउँसो २ः२६ बजे शव पानीबाट बाहिर निकालिएको हो।

आफन्तले शवको पहिचान गरेका छन्।

विजयपुर खोलामा बेपत्ता भएका १५ वर्षीय ओमन राईको खोजी भने जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

18/08/2026

विजयपुर खोलामा बेपत्ता बालकको खोजी जारी

विजयपुर खोला तर्ने क्रममा शनिबारदेखि बेपत्ता भएका १४ वर्षीय निक्सन गुरूङ र १५ वर्षीय ओमन राईको थप खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट सप्रनि साजन श्रेष्ठको कमाण्डमा ३ जना गोताखोरसहित ११ जनाको टोली परिचालन भएको छ।

टोलीले आवश्यक खोज तथा उद्धार सामग्रीसहित मंगलबार बिहान ९:५५ बजे घटनास्थलतर्फ प्रस्थान गरेको थियो। बिहान ११:१५ बजे घटनास्थलभन्दा करिब १५० मिटर तल र्‍यापलिङ/रोप रेस्क्यु विधि प्रयोग गरी सशस्त्र प्रहरी हवलदार सूर्यबहादुर थापा र सहायक हवलदार किरण सुवेदी करिब ६०–७० मिटर गहिरो खोँचमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेका छन्।

बेपत्ता बालकहरूको खोजी कार्य जारी छ।

16/08/2026

पोखराको विजयपुर खोलाले बगाएर शनिबार दिउँसो बेपत्ता भएका दुई बालकको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा स्याङजाको विरुवा गाउँपालिका घर भइ हाल पोखरा–१४ छिन्नेडाँडा बस्ने १४ वर्षीय निकसन गुरुङ र खोटाङ घर भइ चाउँथे बस्ने १५ वर्षीय ओमन राई रहेका छन् । पोखरा–१४ विजयबस्तीबाट खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा शनिबार दिउँसो १ बजे उनीहरुलाई विजयपुर खोलाले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरु बिदाको दिन खोला तरेर सक्नेरीतर्फ जाने गर्थे । शनिबार पनि उनीहरु साथीहरुसँग फुटबल खेल्न नै त्यसतर्फ गएका थिए ।

15/08/2026

मोदी खोलामा आएको बाढीले कटान गर्दा वीरेठाँटी बजार जोखिममा परेको छ । खोला बजारतर्फ पस्न लागेपछि स्थानीयले घरबाट सामान सार्न थालेका छन् । मोदीले वीरेठाँटी-घान्द्रुक सडक कटान गर्दा अन्नपूर्ण गाउँपालिकाका ७, ८, ९, १० र ११ सडक सम्पर्कबाट शुक्रबारदेखि नै विच्छेद भएका छन् ।

14/08/2026

मोदी खोलाले दुई पुल बगायो, फसेका तीनको उद्धार

मोदी खोलाको कटानले घान्द्रुक जाने सडक पूर्ण रूपमा अवरूद्ध, वीरेठाँटी बजार जोखिममा

मोदी खोलामा आएको बाढीले शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिका-६ हाइजुङ र पर्वतको मोदी गाउँपालिका-१ देउपुर मोहोरिया जोड्ने दुई फलामे पुल बगाएको छ ।

खोलाको बीचमा डिस्कोमा रहेको माता अन्नपूर्ण मन्दिर जोड्ने कास्कीतर्फको फलामे पुल २० साउनको बाढीले खोलामा खसालेको थियो । उक्त पुल सहित मन्दिरबाट पर्वततर्फ जोडिएको अर्को फलामे पुल पनि शुक्रबार रातिको बर्षापछि आएको बाढीले बगाएको हो । मानिस आवतजावतका लागि प्रयोग हुने दुई पुल बगाउँदा पर्वतको देउपुरबाट कास्कीको नयाँपुल आउन स्थानीयले घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

बाढीले मन्दिरको केही भाग बगाएको छ । मन्दिरबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले डोरीको सहायताले तीनजनाको उद्धार गरेको छ । २८ वर्षीय प्रदीप ढकाल, ३० वर्षीय रेवत सिंह र मन्दिरका पुजारी ५२ वर्षीय निर्माण गिरीको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

मोदी खोलाकै बाढीले अन्नपूर्ण-८ को नयाँपुल-वीरेठाँटी-घान्द्रुक सडक कटान गर्दा पूर्ण रूपमा अवरूद्ध भएको छ । वीरेठाँटी बजार समेत जोखिममा परेको छ ।

देउवालाई स्वागत गर्ने समूहमा को देखिए ? चिन्नुभयो ?
13/08/2026

देउवालाई स्वागत गर्ने समूहमा को देखिए ? चिन्नुभयो ?

12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा NYEF पोखरा च्याप्टरले पोखरा रिसर्च सेन्टर (PRC) को सहकार्यमा बुधबार पोखरामा आयोजना गरेको 'डिजिटल उद्यमशीलता, रिमोट वर्क इकोसिस्टम तथा गण्डकी प्रदेशमा आईटी पूर्वाधार विकाससम्बन्धी बहुसरोकारवाला संवाद' मा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने-
"तरकारी र फलफूल खेती गरेर गाउँमा मान्छे अडाउन सकिएन । ५० करोड रूपैयाँ अनुदानलाई छुट्याउँदा पनि खर्च भएन । संसारले लोकल रक्सी ब्रान्डिङ गरेर बेचिरहेको छ, हामी किन बेच्न सक्दैनौं ?"
गण्डकीमा गाँजा खेती सम्बन्धी प्रावधानबारे के भने ?

12/08/2026

'पुँजीपती र धनाढ्यले मात्रै होइन, सामान्य नागरिकले पनि अनुमति लिएर खेती गर्न पाउने गरी गाँजा खेती सम्बन्धी कानुन र कार्यविधिहरू खुकुलो बनाउनुपर्छ, नगदेबाली कै रूपमा लैजानुपर्छ'
-गण्डकी थापा, अध्यक्ष, बडिगाड गाउँपालिका, बागलुङ

11/08/2026

बागलुङका कृषक भाँगोसँग चामल साट्छन । प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी कानुन बनाउँछ, संघ सरकारको प्रहरीले फँडानी गर्छ ।
गण्डकी थापा, अध्यक्ष, बडिगाड गाउँपालिका, बागलुङ

नेपालमै केही गरौँ, यहीँ रोजगारी सिर्जना गरौँ भनेर दुःख गरियो। तर कहिलेकाहीँ लाग्छ— के साँच्चै नेपालमा बसेर व्यवसाय गर्नु...
07/08/2026

नेपालमै केही गरौँ, यहीँ रोजगारी सिर्जना गरौँ भनेर दुःख गरियो। तर कहिलेकाहीँ लाग्छ— के साँच्चै नेपालमा बसेर व्यवसाय गर्नु ठुलो भुल थियो र?
ग्यासको सटेज, स्टाफको सटेज! विकल्पमा इन्डक्सन चुलो चलाउँ भने बिजुलीमा उस्तै भ्याट (VAT)! यता आफूले किनेर बेच्नुपर्ने सामान समयमा किन्न पाइँदैन, तर दायित्व भने सेकेन्ड-सेकेन्डको छ:
समयमै बिजुली र खानेपानीको बिल तिर्नुपर्ने
समयमै राज्यलाई ट्याक्स बुझाउनुपर्ने
समयमै घरबेटीलाई भाडा बुझाउनुपर्ने
समयमै स्टाफलाई तलब खुवाउनुपर्ने
समयमै बैंकको ब्याज र किस्ता हाल्नुपर्ने
सबै कुरा टाइममै बुझाउनुपर्ने, तर व्यवसायीले पाउने सुविधा र सामान भने कहिल्यै टाइममा नपाइने! यस्तो परिस्थितिमा रेस्टुरेन्ट कसरी चलाउने अनि कसरी यो ठाउँमा बस्ने भनेर सोच्न बाध्य भएको छु। सरकारले यी विषयमा कहिले सोच्ने हो?
विदेश गएका साथीभाइ जस्तै कुनै विकसित देशमा गएर मेहनत गरेको भए सायद आज दुइटा होइन, १० वटा रेस्टुरेन्ट चलाइरहेको हुन्थेँ होला। कतै नेपालमै बस्ने भुल त गरिनँ? 😞🇳🇵💔

-Sovit Pratap Thakuri

Address

Pokhara-6, Lakeside
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Today:

Shortcuts

Share

Category