Adarsha Samaj । आदर्श समाज

Adarsha Samaj । आदर्श समाज Adarsha Samaj National Daily Official page. Your access point to NEWS. No. 1 Local Newspaper in Pokhara. An independent, private newspaper.

First Class Newspaper ("KA" Category) according to Nepal Press Council and First in the region to achieve this Category. Adarsha Samaj enjoys Strong brand recognition among readers as well as advertisers

Adarsha Samaj is determine to serve and help expand a well-educated, intellectual readership at home and abroad; desire to appeal to, and influence, opinion leaders everywhere.

25 years of glorious history.

हेरालोमा दोहोरिए पुरीपोखरा । हेरालो प्रतिष्ठान कास्की, पोखराको २०औं साधारण सभा तथा नवौं अधिवेशनले धनराज पुरीको अध्यक्षता...
18/12/2025

हेरालोमा दोहोरिए पुरी

पोखरा । हेरालो प्रतिष्ठान कास्की, पोखराको २०औं साधारण सभा तथा नवौं अधिवेशनले धनराज पुरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । पुरी यसअघि पनि अध्यक्ष थिए। प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा बाबुराम बराल, उपाध्यक्ष भेष गुरुङ, सचिव तिलक थापा, कोषाध्यक्ष उमाकान्त पराजुली, सहसचिव दीपक भट्टराई निर्वाचित भए । सदस्य रोश गुरुङ, पुजा शाह, यामबहादुर रानाभाट र इन्द्रबहादुर गिरी निर्वाचित भए ।...

पोखरा । हेरालो प्रतिष्ठान कास्की, पोखराको २०औं साधारण सभा तथा नवौं अधिवेशनले धनराज पुरीको अध्यक्षतामा ११ सदस्यी....

पदमकुमारीको वार्षिकीमा नवलपुरका विद्यार्थीलाई स्वीटर तथा शैक्षिक सामग्रीपोखरा । दत्तनारायण पदम श्रेष्ठ छात्रवृत्ति अक्षय...
17/12/2025

पदमकुमारीको वार्षिकीमा नवलपुरका विद्यार्थीलाई स्वीटर तथा शैक्षिक सामग्री

पोखरा । दत्तनारायण पदम श्रेष्ठ छात्रवृत्ति अक्षयकोष सञ्चालन सम्पर्क समन्वय तथा सहयोग समितिले नवलपुरको रम्भादेवी आधारभूत विद्यालयका विपन्न तथा गरिब विद्यार्थीका लागि स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको छ। पदमकुमारी श्रेष्ठको वार्षिकी स्मृति दिवस अवसरमा हालै बुलिङटार–४, कोखे, कुसन्डेटारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भूपू प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए । उनले स्वर्गीय पदमकुमारीका नातिनीद्वय सुनौला संसार श्रेष्ठ (हाल हङकङ) र श्रेयंका श्रेष्ठ (हाल अमेरिका) बाट विपन्न विद्यार्थीको सहयोगार्थ पठाइएको रकमबाट न्यानो स्वीटर वितरण कार्य आफैँमा महान कार्यक्रम भएको बताए । उनले गरिब विद्यार्थीलाई स्वीटर दिई जाडोबाट बचाउने कार्य व्यक्तिको नभई राज्यको हो तर राज्यले भ्रष्टाचार गर्न मात्र जानेको भन्दै टिप्प्पणी गरे । उनले सबैको भलाईका लागि निष्पक्ष रुपमा लाग्ने राज्य चाहिएकोमा जोड दिँदै यसैका लागि आफू लागिरहेको प्रस्ट पारे ।...

पोखरा । दत्तनारायण पदम श्रेष्ठ छात्रवृत्ति अक्षयकोष सञ्चालन सम्पर्क समन्वय तथा सहयोग समितिले नवलपुरको रम्भादे....

गण्डकी बोर्डिङको वार्षिक खेलकुद एवं शैक्षिक प्रदर्शनी सुरुपोखरा । गण्डकी बोर्डिङ स्कुलको वार्षिक खेलकुद दिवस, शैक्षिक प्...
17/12/2025

गण्डकी बोर्डिङको वार्षिक खेलकुद एवं शैक्षिक प्रदर्शनी सुरु

पोखरा । गण्डकी बोर्डिङ स्कुलको वार्षिक खेलकुद दिवस, शैक्षिक प्रदर्शनी, फन फेयर एवं वार्षिक सांस्कृतिक कार्यक्रम सुरुआत भएको छ। २ देखि ४ पुससम्म लामाचौरस्थित विद्यालय परिसरमा हुने ती कार्यक्रममध्ये पहिलो २ दिनसम्म खेलकुदका इभेन्ट्स हुनेछन् भने अन्तिम दिन शुक्रबार शैक्षिक प्रदर्शनी, फन फेयर हुनेछ। बुधबार आयोजित समारोहको प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले उद्घाटन गरे । उनले राष्ट्रिय विद्यालय गण्डकी बोर्डिङ देशको गौरवशाली विद्यालय रहेको र यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु धेरै क्षेत्रमा कार्यकुशलताका साथ नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । ‘हामीलाई समयको मागअनुसारको शिक्षा चाहिन्छ, शिक्षा सिपमूलक, वैज्ञानिक र समयसापेक्ष हुनुपर्छ,’ उनले भने । उनले अध्ययनको साथमा विद्यार्थीहरुका लागि खेलकुद अति आवश्यक भएको बताए ।...

पोखरा । गण्डकी बोर्डिङ स्कुलको वार्षिक खेलकुद दिवस, शैक्षिक प्रदर्शनी, फन फेयर एवं वार्षिक सांस्कृतिक कार्यक्रम ...

टुरिज्म मिटमा भारतीय टुर अपरेटर र सञ्चारकर्मीलेखनाथ । दोस्रो भारत–नेपाल टुरिज्म मिट कार्यक्रममा सहभागी हुन भारतीय टुर अप...
17/12/2025

टुरिज्म मिटमा भारतीय टुर अपरेटर र सञ्चारकर्मी

लेखनाथ । दोस्रो भारत–नेपाल टुरिज्म मिट कार्यक्रममा सहभागी हुन भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मी मंगलबार वेगनास आए । पोखरा भ्रमण वर्ष–२०२५ सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्ने उद्देश्यका साथ पोखरा भ्रमण वर्ष–२०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा बिहीबार पोखरामा हुने टुरिज्म मिटको पूर्व सन्ध्यामा गन्तव्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत टोली यहाँ आएको हो ।...

लेखनाथ । दोस्रो भारत–नेपाल टुरिज्म मिट कार्यक्रममा सहभागी हुन भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मी मंगलबार वेग.....

बुद्ध विशालका सदस्यलाई मणिपालमा छुटपोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको ...
17/12/2025

बुद्ध विशालका सदस्यलाई मणिपालमा छुट

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट दिइने भएको छ । त्यस सम्बन्धमा एसोसिएसन र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको हो । एशोसियसनका तर्फबाट अध्यक्ष बुद्धिबहादुर कुँवर तथा मणिपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अस्पतालले एसोसिएसन सदस्यलाई स्वास्थ्य सेवामा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ । सदस्यले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क पनि लाग्ने छैन ।...

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट दिइन...

राष्ट्रिय परोपकार महासंघ इकाइ पोखरा ७ मा मीनापोखरा । राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाइ पोखरा ७ अध्यक्षमा मीना बराल...
17/12/2025

राष्ट्रिय परोपकार महासंघ इकाइ पोखरा ७ मा मीना

पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाइ पोखरा ७ अध्यक्षमा मीना बराल आचार्य चयन भएकी छन् । पुश्करेश्वर महादेव मन्दिरमा सम्पन्न संस्थाको ११ औं साधारण सभा तथा पाचौं अधिवेशनले आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा टीकादेवी अधिकारी, सचिव केदारनाथ बराल, कोषाध्यक्ष लीलाभक्त बराल, कार्यसमिति सदस्यमा इन्दिरा काफ्ले आचार्य, गंगा बराल, बासुदेव अधिकारी, उमा बराल, कृष्णकुमारी बराल, मञ्जु लम्साल, महाकाली बराल, छत्रकुमारी बराल, जमुना पराजुली र कृष्णप्रसाद बराल छन् ।...

पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाइ पोखरा ७ अध्यक्षमा मीना बराल आचार्य चयन भएकी छन् । पुश्करेश्वर मह.....

होटल संघको साधारण सभा, तीन सिफ्टमा सेवा दिन नसकिनेपोखरा । होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न...
17/12/2025

होटल संघको साधारण सभा, तीन सिफ्टमा सेवा दिन नसकिने

पोखरा । होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले कार्यक्रम उद्घाटन गदै संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरे । संघ कसरी स्थापना भयो भन्ने विषय स्मरण गर्दै तुलाचनले व्यवसायिक हकहितमा संघ निरन्तर अगाडि बढ्नुपर्ने सुझाव राखे। संघ अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा चौबिसै घण्टा खुला भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको बताए । रात्रीकालीन व्यवसाय चौबिसै घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातक सिद्ध हुन पुगेको उनको भनाइ थियो । ‘विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीले मात्र २४ घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था हो,’ उनले थपे, तर यहाँ सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको छ ।...

पोखरा । होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज त.....

पुष्करेश्वर शिव मन्दिरमा पिताम्बरपोखरा । पुष्करेश्वर शिव मन्दिर, पोखरा–७, मासबार अध्यक्षमा पुनः पिताम्बर बराल निर्वाचित ...
17/12/2025

पुष्करेश्वर शिव मन्दिरमा पिताम्बर

पोखरा । पुष्करेश्वर शिव मन्दिर, पोखरा–७, मासबार अध्यक्षमा पुनः पिताम्बर बराल निर्वाचित भएका छन्। मन्दिर व्यवस्थापन समितिको सातौं साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो । बराल यसअघि पनि अध्यक्ष थिए। समिति उपाध्यक्षमा सरोजनारायण बराल, सचिव हरिप्रसाद बराल, कोषाध्यक्षमा टीकानिधि बराल र सहसचिवमा रमेश पौडेल छन् । सदस्यमा पं.भुवानीप्रसाद बराल, नारायणी बराल, विष्णु पौडेल, इन्द्रप्रसाद बराल, कृष्णप्रसाद बाराल र धु्रवराज बराल छन् ।...

पोखरा । पुष्करेश्वर शिव मन्दिर, पोखरा–७, मासबार अध्यक्षमा पुनः पिताम्बर बराल निर्वाचित भएका छन्। मन्दिर व्यवस्थ....

गैंडाकोटमा वाद्यवादन तालिमगैंडाकोट । धारापानी टोल विकास महिला समूहले आफ्नो टोलभित्रका २६ जना महिलालाई लक्षित गरी सञ्चालन...
17/12/2025

गैंडाकोटमा वाद्यवादन तालिम

गैंडाकोट । धारापानी टोल विकास महिला समूहले आफ्नो टोलभित्रका २६ जना महिलालाई लक्षित गरी सञ्चालन गरेको वाद्यवादन तालिम सम्पन्न भयो । गैंडाकोट नगरपालिका वडा १ को आर्थिक सहयोग तथा भगवान बराहा दिव्यधाम स्वेत बराहा मन्दिर सेवा समिति समन्वयमा सञ्चालित तालिम एक महिनासम्म चलेको थियो । वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले महिलाहरूको सीप र क्षमताको विकासमा यस्ता तालिमहरू प्रभावकारी हुने बताए । भगवान् श्वेत वराहा मन्दिर सेवा समिति अध्यक्ष वेदप्रसाद पौडेलले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा महिलाको सक्रिय सहभागिता बढाउन तालिमले टेवा पुग्ने विश्वास व्यक्त गरे ।...

गैंडाकोट । धारापानी टोल विकास महिला समूहले आफ्नो टोलभित्रका २६ जना महिलालाई लक्षित गरी सञ्चालन गरेको वाद्यवादन ....

पोखरा महानगरको ६७ औं स्थापना दिवसमा पोखरेली नवरत्न सम्मानपोखरा । पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवस मनाएको छ...
17/12/2025

पोखरा महानगरको ६७ औं स्थापना दिवसमा पोखरेली नवरत्न सम्मान

पोखरा । पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवस मनाएको छ । २ पुस, २०१६ लाई ‘पोखरा नगरपालिका’ स्थापना भएको दिनलाई महानगरले स्थापना दिवसरूपमा मनाएको हो । पोखराले यसअघि २७ फागुनलाई स्थापना दिवसका रूपमा मनाएको थियो । दिवस अवसरमा महानगरले विभिन्न कार्यक्रमसहित ९ जनालाई ‘पोखरेली नवरत्न सम्मान’ प्रदान गरेको छ । सम्मानित हुनेमा आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक तिलकमान गुभाजूसहितका व्यक्तित्व छन् । ६ दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार गुभाजू कलममार्फत विकृति, विसंगतिविरुद्ध तिखो प्रहार गर्छन् ।...

पोखरा । पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवस मनाएको छ । २ पुस, २०१६ लाई ‘पोखरा नगरपालिका’ स्थापना भएको द...

आदर्श समाजका अतिथि सम्पादक गुभाजूलाई पोखरेली नवरत्न सम्मानपोखरा । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवस अवसरमा ‘पोखरेल...
17/12/2025

आदर्श समाजका अतिथि सम्पादक गुभाजूलाई पोखरेली नवरत्न सम्मान

पोखरा । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवस अवसरमा ‘पोखरेली नवरत्न’ को रुपमा ९ जनालाई जनही २ लाखसहित सम्मान गरेको छ । महानगरले बुधबार विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ‘पोखरेली नवरत्न सम्मान’ गरेको हो। सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट आदर्श समाज दैनिकका अतिथि सम्पादक तथा वरिष्ठ पत्रकार तिलकमान गुभाजूसमेत छन् । उनलाई नगद २ लाख २ हजार २०२ रुपैयाँसहित सम्मान गरिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसमेतले उनलाई सम्मान अर्पण गरेका हुन्।...

पोखरा । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवस अवसरमा ‘पोखरेली नवरत्न’ को रुपमा ९ जनालाई जनही २ लाखसहित सम्मान .....

पोखरालाई नमुना सहर बनाउँछौं : मुख्यमन्त्रीपाेखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई ब्राण्डिङ गर्न प...
17/12/2025

पोखरालाई नमुना सहर बनाउँछौं : मुख्यमन्त्री

पाेखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई ब्राण्डिङ गर्न पर्यटकीय राजधानी घोषणा गरिएको जनाएका छन्। बुधबार पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवस अवसरमा उनले पर्यटकीय राजधानी घोषणाअनुसार त्यसलाई सफल बनाउन पर्यटकीय संरचना एवं पर्यटकमैत्री व्यवहार निर्माण गर्न प्रदेश सरकार तथा पोखरा महानगरबीच सहकार्य हुने पनि बताए । पोखरालाई नमुना सहर बनाउने उद्घोष गर्दै पाण्डेले सर्वोच्च अदालतको फैसलाअनुसार छिट्टै फेवातालको मापदण्ड कार्यान्वयन गरिने विश्वास दिलाए।...

पाेखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई ब्राण्डिङ गर्न पर्यटकीय राजधानी घोषणा गरिएको ज.....

Address

Adarsha Chowk, Newroad
Pokhara

Telephone

+97761581200

Website

http://www.eadarsha.com/, http://www.eadarsha.com/, http://eadarsha.com/, http://www.eadarsha.

Alerts

Be the first to know and let us send you an email when Adarsha Samaj । आदर्श समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adarsha Samaj । आदर्श समाज:

Share

Our Story

Adarsha Samaj National Daily, Started in 1996, is most widely circulated Nepali daily broadsheet with largest readership in Gandaki Province, Nepal. We Stand for independent, accurate and balanced reporting. We have developed reputation for providing in-depth coverage and has extensively awarded for quality journalism.

Adarsha Samaj is first class newspaper ("KA" category) according to Nepal Press Council and first in the region to achieve this category.

We report events objectively, as it is, and without any fear and favor. We have always advocated rule of law, transparency and press freedom.

We are celebrating our 25 years of operation.