
16/08/2025
अर्घाखाँची समाजको रमाइलो तीज कार्यक्रम सम्पन्न
साउन ३० पोखरा
अर्घाखाँची स्थायी घर भई गण्डकी प्रदेशको राजधानी पोखरालाई कर्मथलोको रुपमा विभिन्न पेसा व्यवसाय र अध्यानको सिलसिलामा बसोबास गर्ने अर्घाखाँचीवासीहरुको समाज अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा दर खाने तथा रमाइलो तीज कार्यक्रम सम्पन्न गरेको छ ।
निति तथा योजना आयोग गण्डकी प्रदेशका उप-सचिव अर्घाखाँचीकी चेली गिता घिमिरेको प्रमुख आतिथ्यतामा कान्तिपुर गार्डेन बाटिका, घारीपाटन तिनकुनेको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि उप-सचिव घिमिरेले विवाह गरी पतिका घर गएका छोरीचेलीलाई तिजमा माइत ल्याउने र मिठा परिकार खुवाउने चलन छ आज आफुलाई माईत आएको जस्तो अनुभव भएको बताउनु भएको छ । उहाँले अर्घाखाँचीका सम्पूर्ण चेलीहरुलाई शुभकामना दिदै निति तथा योजना आयोग गण्डकी प्रदेशमा महिला दिदी बहिनीका केही कार्यक्रम आएमा सहयोग गर्न आफू तयार भएको बताउनु भएको छ ।
अर्घाखाँची पोखरा समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डेले आफु सानो हुँदा अर्घाखाँचीका विभिन्न ठाउँमा तिज विशेष कार्यक्रम हुँदाको स्मरण गर्दै पोखरा रहेर पनि अर्घाखाँची जिल्लामा हुने तिजको झल्को मेट्ने र माइती घर जान नसकेका चेलिहरुलाई यो कार्यक्रमले माइतीघर न्यास्रो मिटाउन सक्ने बताउनु भएको छ ।
समाजका निवर्तमान अध्यक्ष दधिराम खनालले समाजको बारेमा प्रकाश पार्दै तिजको शुभकामना दिनु भयो ।
सम्पूर्ण महिलाहरुको तर्फवाट समाजका सचेतक सिता सुनारले अर्घाखाँचीको भाका र लयमा गित गाएर रमाइलो तरिकाले शुभकामना दिनु भयो ।
समाजका अध्यक्ष राम प्रसाद पौडेलले निति तथा योजना आयोगका उप सचिव गिता घिमिरेलाई प्रमुख अतिथिका रुपमा स्वागत गर्न पाउँदा खुसि लागेको बताउनु भयो । उहाँले समाजले आयोजना गरको कार्यक्रममा सम्पूर्ण अर्घाखाँची जिल्लाका चेलिहरुलाई आफ्नै माइतीको आगन सम्झेर रमाईलो गरि तिज मनाउनु भनेर शुभकामना दिनुभयो ।
समाजका बरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि लगायत सम्पूर्ण अर्घाखाँचीका दिदी बहिनीहरुलाई माइतीघरको आगनमा स्वागत छ है भनेर स्वागत गर्दा सम्पूर्ण चेलिहरु खुसिले माइत जान नपाए पनि आज माइत नै आए जस्तो अनुभव गरेको देखिन्थ्यो ।
आजिवन सदस्यलाई प्रमाण पत्र वितरण गर्नुका साथै, अर्घाखाँचीका चेलीहरुलाई मेडि प्लस हस्पीटल एण्ड टर्मा सेन्टरले हरितालिका तिजको अवसरमा चेकअफको लागि विशेष छुटको व्यवस्था गरेको मेडिप्लस हस्पिटल का बजार साखा प्रमख शोभाकर पाण्डेले वताउनु भएको छ । समाजका कार्यसमिति सदस्य राम प्रसाद पाण्डे तथा कमला खनालको संयोजकत्वमा तथा सदस्यहरु अर्जुन अधिकारी, नारायण पाण्डे, तेजनिधि अधिकारी, रमेश पाण्डे तथा मिरा गौतमले कार्यक्रमलाई भब्यरुपमा सहयोग गरेका थिए ।
समाजमा महासचिव कृष्ण रानाभाटले कार्यक्रम संचालन गर्नुभएको थियो । समाजको आजिवन सदस्यहरुका बाक्लो उपस्थिती रहेको थियो ।