Radio safalta 103.4 mhz pokhara

Radio safalta 103.4 mhz pokhara listen live www.radiosafalta.com
located at Masbar 7, Pokhara.

Basically focus on News, Entertainment, Women Empowering Program, Health and Environment , Child and women Rights , Human Rights and Educational Program, Youth Business , Agriculture & Tourism सुचना, शिक्षा र मनोरन्जन्को लागि तपाईंहरुले सुन्नै पर्ने रेडियो ( रेडियो सफलता 103.4 MHZ)
साथै तपाईंको ठाउँमा घटेका घटना वा कार्यक्रम को जानकारी दिनका लागि संपर्क गर्नुहोस्
061-462966 , 061-465966
[email protected]

For online radio : logon to www.radiosafalta.com

For requesting any songs: Go to your msgbox
TYPE RSFMRSyour songs name
and send to 7373

“मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।”— भगवद्गीता २.१४सुख–दुःख, जाडो–गर्मी जस्तै आउने-जाने हुन्; तिनलाई धैर्यपूर...
04/09/2026

“मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।”
— भगवद्गीता २.१४
सुख–दुःख, जाडो–गर्मी जस्तै आउने-जाने हुन्; तिनलाई धैर्यपूर्वक सहनुपर्छ।

01/09/2026

कार्यक्रम हृदयको आवाजमा पोखरा १६ बाटुलेचौरमा रहेको स्मृती एकिकृत कृषि सेवा केन्द्रका संचालक, चण्डिका प्रा.वि. का संस्थापक प्रधानाध्यापक एवं महिला जागरण आमा समुहका संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व जमुना कुमारी थापासँगको कुराकानी..
#हृदयकोआवाज

 भोटेकोशी बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट : मानवीय क्षति : ६२६ शव फेलासम्पर्क बिहिन : २,४२६उद्दार : ४,४५१उपचाररत...
29/08/2026


भोटेकोशी बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट :
मानवीय क्षति : ६२६ शव फेला
सम्पर्क बिहिन : २,४२६
उद्दार : ४,४५१
उपचाररत : १०१

  तिब्बत तर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण...
28/08/2026


तिब्बत तर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरुलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान र अन्यलाई पनि जानकारी गराउन अनुरोध गरेको छ ।

28/08/2026

#सूचना
कार्यक्रम स्थगनसम्बन्धी सूचना
देश अहिले प्राकृतिक विपत्तिको गम्भीर अवस्थाबाट गुज्रिरहेको छ। बाढी, पहिरो तथा विपत्तिका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, विपत्तिमा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको कामना गर्दछौँ।
यस्तो संवेदनशील र दुःखद परिस्थितिमा उत्सव, नाचगान तथा प्रतियोगिता आयोजना गर्नु उपयुक्त नलागेकाले रेडियो सफलताको आयोजनामा भदौ २० गतेका लागि तय गरिएको तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम रद्द गरिएको जानकारी गराउँदछौँ।
अहिले मनोरञ्जनभन्दा मानवीय संवेदना, सहयोग र सहकार्यलाई प्राथमिकता दिने समय हो। शोकलाई शक्तिमा बदलौँ, विपत्तिमा परेका नागरिकको साथमा उभिऔँ र सरकार तथा सम्बन्धित निकायको उद्धार तथा राहत कार्यमा हातेमालो गरौँ।
विपत्तिको घडीमा प्रतिस्पर्धा होइन, सहकार्य, सहअस्तित्व र मानवीय एकता आवश्यक हुन्छ।
आउनुहोस्, हामी सबै नेपाली एक भएर विपत्तिको सामना गरौँ। 🙏
रेडियो सफलता परिवार
पोखरा, कास्की

 #जानकारी
27/08/2026

#जानकारी

27/08/2026

#जानकारी
उद्धार तथा राहतका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका जनशक्ति तथा स्रोतसाधनहरू

नेपाली सेना: २,००० भन्दा बढी
सशस्त्र प्रहरी बल (APF): १,५०० भन्दा बढी
नेपाल प्रहरी: ३,००० भन्दा बढी
उद्धारमा खटिएका हेलिकप्टर: १२
स्ट्यान्डबाई (तयारी अवस्थामा रहेका) हेलिकप्टर: २०
चिकित्सक टोली: १०० भन्दा बढी

यस उद्धार कार्यमा धेरै स्थानीय बासिन्दा, डाक्टर तथा स्वयंसेवकहरू पनि खटिएका छन्।

“Serving humanity is the greatest religion.”

27/08/2026


पृथ्वी राजमार्गको बैरेनीदेखि गलौदीसम्म १३ किलोमिटर सडक बाढीको लेदो जमेको कारण अवरुद्ध छ । बिहीबार बिहानैदेखि लेदो हटाउने काम सुरु गरिएको छ । दिउँसोसम्म सडक सुचारू हुने सडक विभागले जानकारी दिएको छ ।
सजक र सुरक्षित रहनुहोला ।
Toll-free phone 1234

27/08/2026

१६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीनरसुवामा आएको विनाशकारी बाढीको अद्यावधिक विवरण सार्वजनिक भएको छ। नेपाल प्रहर...
27/08/2026

१६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवामा आएको विनाशकारी बाढीको अद्यावधिक विवरण सार्वजनिक भएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म विभिन्न जिल्लाबाट १६२ जनाको शव फेला परेको छ भने ४१ जना घाइतेहरूको उपचार भइरहेको छ।अझै १ हजार भन्दा बढी हराएको सुचना।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Radio safalta 103.4 mhz pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio safalta 103.4 mhz pokhara:

Shortcuts

Share