11/10/2025
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा नयाँबजारमा कोशेली घर निर्माण भइरहेको छ । रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोशेली घर निर्माण गर्न लागिएको हो ।
हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्वपूर्ण योगदान गर्ने नगर प्रमुख धनराज आचार्यको विश्वास छ । यस मार्फत १ सय ३६ वटा समूहले पुनः प्रयोगमा आउने सामग्री निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुनेछ । परियोजनामा कोइकाले ९.८ मिलियन र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् ।