Voice Of Pokhara-VOP

Voice Of Pokhara-VOP We Are The Voice Of Voiceless. We Are The Voice Of Pokhara.
(1)

05/08/2026
05/08/2026

मधेशमा पहिला गोली किन ? अमरेश कुमार सिंह

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को मुख्यालयमा दक्षिण पश्चिम एसिया क्षेत्रको सहायक प्रबन्धक (Assistant Manager...
04/08/2026

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को मुख्यालयमा दक्षिण पश्चिम एसिया क्षेत्रको सहायक प्रबन्धक (Assistant Manager) गाह्योन ली (Gahyeon Lee) सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरी पोखरामा निर्माणाधिन ग्रीन भेन्चर जोनका विषयमा छलफल गरेको छ ।

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल समेत सहभागि हुनुहुन्थ्यो । टोलीमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को गण्डकी/लुम्बीनीका प्रमुख सुदिप अर्याल, GCRU को परियोजना व्यवस्थापक, कोइका मुख्यालय काठमाण्डौँकी सृष्टि चित्राकार लगायतको सहभागिता रहेको थियो ।

पोखरा महानगरपालिका क्षेत्रका स्ट्रिट तथा घर नम्बरलाई डिजिटाइज गर्ने सम्बन्धमा जिआइएस वेस स्ट्रिट एण्ड बिल्डिङ एड्रेसिङ स...
04/08/2026

पोखरा महानगरपालिका क्षेत्रका स्ट्रिट तथा घर नम्बरलाई डिजिटाइज गर्ने सम्बन्धमा जिआइएस वेस स्ट्रिट एण्ड बिल्डिङ एड्रेसिङ स्स्टिमका विषयमा छलफल भएको छ । पोखराका सडक, गल्ली तथा घरहरूको नम्बरलाई एकीकृत प्रणालीमार्फत डिजिटल रूपमा व्यवस्थापन गर्ने विषयमा छलफल गरिएको हो ।

नगर प्रमुख धनराज आचार्यले पोखराका गल्ली तथा सडकलाई पहुँचका हिसाबले डिजिटल्ली व्यवस्थापन गर्न स्ट्रिट तथा घर नम्बरको डिजिटल प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले महानगर क्षेत्रभित्रका सडक, गल्ली तथा घरहरूको पहिचानलाई व्यवस्थित र एकीकृत बनाउन सके सेवा प्रवाहलाई समेत थप प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो । उहाँका अनुसार डिजिटल नम्बरिङ प्रणालीले नागरिक, सेवा प्रदायक तथा आपत्कालीन सेवाका निकायलाई आवश्यक स्थान पहिचान गर्न सहज हुने उहाँको छ ।

महानगरपालिकाले डिजिटल प्रविधिको प्रयोगमार्फत पोखराको भौगोलिक तथा भौतिक संरचनाको विवरणलाई व्यवस्थित गर्ने तयारी गरेको छ । स्ट्रिट तथा घर नम्बरिङ प्रणाली कार्यान्वयन भएपछि घर तथा स्थानको पहिचान, ठेगाना व्यवस्थापन, सेवा प्रवाह, विपद् व्यवस्थापन तथा महानगरपालिकाका विभिन्न तथ्याङ्कलाई एकीकृत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

छलफलमा डिजिटल ठेगाना प्रणालीलाई महानगरपालिकाको विद्यमान सूचना प्रणालीसँग जोड्ने तथा पोखराका सबै क्षेत्रलाई समेट्ने गरी काम अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

04/08/2026

पोखरामा पनि ग्यास अभावको हल्लापछि डिपोहरूमा उपभोक्ताको चाप बढेको छ। कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सुरक्षित राख्न थालेका छन्। सरकारी अधिकारीहरुले भने व्यवसायीहरुलाई कृत्रिम अभाव सृजना गरी कालोबजारी नगर्न सचेत गराएका छन् ।

04/08/2026

पोखरामा पनि ग्यास अभावको हल्लापछि डिपोहरूमा उपभोक्ताको चाप बढेको छ। कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सुरक्षित राख्न थालेका छन्। तर, व्यवसायीहरुले भने अवस्था अनुमान गरिए जस्तो नरहेको बताएका छन् ।

04/08/2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राजनीतिक रूपमा सक्रिय रहिरहने बताएका छन् । विभिन्न समयमा राजनीतिक ‘छलाङ’का नाममा नयाँ–नयाँ राजनीतिक समीकरण बनाउँदै आएको भन्दै सञ्चारकर्मीले उनको राजनीतिक स्थिरताबारे प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले मृत्यु भएपछि मात्रै आफ्नो सक्रियता अन्त्य हुने बताएका हुन् ।
उनले आफू सक्रिय राजनीतिबाट तत्काल अलग हुने अवस्थामा नरहेको संकेत गर्दै राजनीतिक परिस्थितिअनुसार आफ्नो भूमिका निरन्तर रहने बताए । प्रचण्डले पछिल्लो समय नेपाली राजनीतिमा देखिएको ध्रुवीकरण र समीकरण परिवर्तनलाई पनि राजनीतिक प्रक्रियाकै रूपमा व्याख्या गर्दै आएका छन् । उनको राजनीतिक यात्रामा विभिन्न दल तथा समूहसँग सहकार्य र समीकरण निर्माण हुँदै आएको छ ।
उनको पछिल्लो अभिव्यक्तिले भने उनी तत्काल सक्रिय राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको सन्देश दिएको छ ।

03/08/2026

पोखरामा खाना पकाउने ग्यासको अभाव हुने हल्ला फैलिएपछि विभिन्न ग्यास डिपोहरूमा उपभोक्ताको भिड बढेको छ । आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर खरिद गरी घरमै भण्डारण गर्ने प्रवृत्ति बढ्दा बजारमा कृत्रिम अभाव देखिएको व्यवसायीहरूले बताएका छन् ।
ग्यास उद्योग तथा वितरकहरूले भने बजारमा ग्यासको आपूर्ति नियमित रहेको र अभाव नरहेको जनाउँदै उपभोक्तालाई हल्लाको पछि नलाग्न र आवश्यक परिमाणमा मात्रै ग्यास खरिद गर्न आग्रह गरेका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगरी कृत्रिम अभाव सिर्जना हुन नदिन सबैसँग अपिल गरेका छन् । बजारमा आपूर्ति सहज रहेकाले अफवाहमा विश्वास नगर्न र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उनले आग्रह गरेका हुन् ।
सम्बन्धित निकायले ग्यासको आपूर्ति र वितरण प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै कृत्रिम अभाव सिर्जना गर्ने वा अफवाह फैलाउने गतिविधि नगर्न सबै पक्षलाई सचेत गराएको छ ।

03/08/2026

निर्मल पुर्जा (निम्सदाइ) को सन् २०२६ अगस्टको सुरुमा पाकिस्तानको Broad Peak हिमालमा हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। उनको कम्पनी र विभिन्न पर्वतारोहण संस्थाहरूले शोक व्यक्त गरेका छन्। उनकाे निधनले नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा गहिरो शोक छाएको छ।

गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने कानुनी व्यवस्था गर्ने उद्देश्यले ...
03/08/2026

गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने कानुनी व्यवस्था गर्ने उद्देश्यले बनेको विधेयक प्रमाणीकरण भएको छ।

माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मिति २०८३ साउन १८ गते सोमबार प्रमाणीकरण गर्नुभएको हो।

विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, उत्पादन, प्रशोधन, उपयोग तथा नियमनसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ।

प्रदेश सरकारले यस कानुनमार्फत वैज्ञानिक अनुसन्धान, औषधि उद्योग, औद्योगिक कच्चा पदार्थ उत्पादन तथा किसानका लागि आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरेको छ। साथै, गाँजा खेतीलाई अवैध प्रयोगबाट अलग गर्दै नियन्त्रित, दर्ता तथा अनुमति प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था गरिने जनाइएको छ।

Address

Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Voice Of Pokhara-VOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Pokhara-VOP:

Shortcuts

Share