Machhapuchhre Fm - Official

Machhapuchhre Fm - Official First Established Radio Station of Pokhara
Hello : 061-532893
www.fmmachhapuchhre.com

05/06/2026

I have changed ..My own radio stations jingle..please visit Hamro Patro and search for Machhapuchre FM..धन्यवाद

हार्दिक समवेदना !हार्दिक समवेदना !!हार्दिक समवेदना !!!
22/08/2023

हार्दिक समवेदना !हार्दिक समवेदना !!हार्दिक समवेदना !!!

प्राविधिक समस्याका कारण  हामी तपाइको साथ मा आउन असमर्थ थियौ अब केही दिन मै आउदै छौ ।
10/08/2023

प्राविधिक समस्याका
कारण हामी तपाइको साथ मा आउन असमर्थ थियौ अब केही दिन मै आउदै छौ ।

पोखरा-  गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मा...
14/03/2023

पोखरा- गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्या बारे बुझ्न सोमबार निरीक्षण गर्ने क्रममा भौतिक संरचना मर्मत संभार गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो ।

उहाँले उक्त बजेटबाट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री गाहामगरले सो बजेटबाहेक खेलकुदका समाग्री तथा लाइब्रेरीका लागि पुस्तक तथा ट्रिपाल उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारले उपलब्ध गाराउनुपर्ने सबै समाग्रीमा कमी हुन नदिने बताउनुहुदै आगामी दिनमासमेत सहयोगका लागि तत्पर रहेको बताउनुभएको थियो ।

यस्तै मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कारागारका लागि सो बजेट यथेष्ट नहुने बताउनुभयो । ‘अहिले हाम्रो मन्त्रालयले २० लाख छुट्याएको छ । यो रकम पर्याप्त होइन । तैपनी यहाँको समस्यामा मन्त्रलायको उपस्थिति जनाउन खोजेका हौं, सचिव अधिकारीले भने, ‘आगामी दिनमा पनि थप सघाउन हामी कटिबद्ध छौ ।’

सचिव अधिकारीले आगामी आर्थिक वर्षको बजेटमा छुट्टै व्यवस्था गर्न कारागार तथा कैदीबन्दीको समस्याहरु लिखित रुपमा उपलब्ध गराउन जेलरसँग आग्रह गरेका थिए । यस्तै कास्की कारागार प्रमुख भिमराज कोइरालाले आवश्यक कच्चापदार्थमात्रै उपलब्ध भएको खण्डमा भौतिक पूर्वाधार निर्माणका लागि कैदीबन्दीनै सक्षम रहेको जानकारी दिए । ‘यहाँ बनाउनुपर्ने जे भएपनि कच्चापदार्थ र सामानको आवश्यकता हो, उनले भने,‘दक्ष जनशक्तिको यहाँ कमी छैन । जे भन्यो त्यही बन्छ । तर सामान मात्रै चाहिएको अवस्था हो ।’

उनले कारागारको आन्तरिक व्यवस्थापनमा कैदीबन्दीहरुले नै व्यवस्था मिलाएको बताए । ‘यहाँ भित्र छुट्टै टिम छ । आन्तरिक रुपमा व्यवस्थित बनाउनका लागि समस्या छैन । तर पूर्वाधार निर्माणका लागि भने सरकारले सहयोग गर्नुपर्छ ।’ कोइरालाले भने । कारागार अवलोकनको क्रममा कैदीबन्दीहरुले कारागारको क्षमता भन्दा बढी कैदिबन्दी रहेकाले बस्नमा समस्या भएको गुनासो गरेका थिए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरसँगै, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ तथा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसी लगायतको सहभागिता रहेको थियो ।

कास्की कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक र पूरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी दुइवटा भवन छन् । सो तीन भवन (कास्की कारागार) मा हाल ४५ महिला ६ आश्रित नाबालिग र ६९४ पुरुष गरि कुल ७ सय ४५ कैदिबन्दी रहेका छन् ।

पोखरा - पृथ्वी राजमार्ग अन्तरगत पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भ...
03/03/2023

पोखरा - पृथ्वी राजमार्ग अन्तरगत पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ ।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने सुचना जारी गरेको छ ।

सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ ।

पोखरा - गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ९४ खेलाडी छनौट भएका छन् । सोमबार सम...
28/02/2023

पोखरा - गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ९४ खेलाडी छनौट भएका छन् । सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरेको हो ।

९४ खेलाडीमध्ये एथलेटिक्समा २२, उसुमा १२, करातेँ १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनौट गरिएको हो । छात्र र छात्रा दुवै गरी ९४ खेलाडी छनौट भएका हुन् । मार्सलआर्टमा पोखरा महानगरपालिकाको बाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनौट भएका हुन् । अन्य खेलमा भने छनौट गरिएको हो ।

एथलेटिक्स छात्रा तर्फ एन्जल अधिकारी, सविना खातुन मिया, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगिता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक,सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ रहेकी छिन् । वैकल्पिक खेलाडीमा सिर्जना केसी, दिपा पोडेल, शोनिका विक र अप्सरा भुजेल रहेकी छिन् । छात्रतर्फ रिशव श्रेष्ठ, कुशल पोखरले, सन्दिप क्ुँवर, प्रवेश आचार्य, तेन्जेन रोका मगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आसिष कार्की र रितेश विक रहेका छन् । वैकल्पिक खेलाडीतर्फ दिपेश यादव, विराज परियार र राजिव थापा रहेका छन् ।

भलिबल छात्रातर्फ सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक रहेकी छन् । वैकल्पिक खेलाडीमा आकृति थापा र दिपा थापा रहेकी छिन् । छात्रतर्फ आसिष सुनार, मदन छन्त्याल, सुदिप परियार, टाइसिन गुरुङ, किसान थापा,, सुजन बुढाथोकी, समिर विक, प्रतिक श्रेष्ठ र मञ्जुर मिया रहेका छन् । वैकल्पिक खेलाडीमा विद्धान विक, आसिष नेपाली, रञ्जन सुनार रहेका छन् ।

कबड्डी छात्रातर्फ संजु घर्ती, भिमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्विकृत केसी, दिविसा ज्यु ठकुरी, सुष्मा कुँवर, पुनम कुँवर र करुणा नेपाली रहेकी छिन् । वैकल्पिक खेलाडीमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार रहेकी छिन् । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समिर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक रहेका छन् । वैकल्पिक खेलाडीमा अशोक पोडेल, निसान तामाङ र राजेश गुरुङ रहेका छन् ।

पोखरा - आइतबारको असिना पानीले पोखरा २१ सुन्तलाको पकेट कृस्ती क्षेत्रमा ठुलो असर गरेको छ । सुन्तलाको बोटमा पालुवा पलाउने ...
27/02/2023

पोखरा - आइतबारको असिना पानीले पोखरा २१ सुन्तलाको पकेट कृस्ती क्षेत्रमा ठुलो असर गरेको छ । सुन्तलाको बोटमा पालुवा पलाउने र फुल खेल्न शुरु गरेको बेला भीषण असिना पानीले सुन्तला उत्पादनमा ठुलो असर गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

उनले आगामी बर्षको उत्पादनमा उल्लेखनिय असर पर्ने बताए । यस बर्ष राम्रो उत्पादन लिएरका कृषकलाई खुशी दिएको सुन्तलाले अर्को वर्ष भने सुन्तला उत्पादनमा कमिआउने भएको उनले बताए । पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तला राम्रो हुन्छ ।

पोखरामा चार महिनापछि हिउँदे वर्षा भएको थियो । फागुन ११ र १४ गते हिउँदे वर्षा सहित असिना परेको हो । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिले पनि असिनाले कतै भने क्षती पुगेको कडरीयाले बताए । असिना समेत पर्दा तोरी, गहुँ, फापर फलफुलका बोट र तरकारी बालीमा क्षति पु¥याएको उनले बनाए ।

लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेपनि कतै असिना समेत पर्दा हिउँदे बालीमा क्षति पुगेको उनको भनाई छ ।

पोखरामा ३० हजार सुन्तलाको बाट उत्पादनशिल अवस्थाका रहको प्रमुख कडरियाले बताए । पोखरामा १५० हेक्टरमा सुन्तला उत्पादनशिल अवस्थामा रहेको उनको भनाई छ । पोखरामा यस वर्ष ७ करोड बराबरको उत्पादन भएको थियो ।

पोखरा - पोखरा महानगरपालिका वडा नम्बरका ४ सदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।उनको शनिबार राति ३ बजे फिस्टेल हस्पिटलम...
26/02/2023

पोखरा - पोखरा महानगरपालिका वडा नम्बरका ४ सदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।

उनको शनिबार राति ३ बजे फिस्टेल हस्पिटलमा उपचारक्रममा निधन भएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।

पोखरा ४ गणेशटोल निवासी ५२ बर्षिय श्रेष्ठ केही समय देखी बिरामी परेका थिए । उनलाई जण्डिस समेत देखिए पछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।

उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ५ कालिका पेट्रोल पम्प नजिक एक व्यक्ति फेला परेका छन् ।शनिबार बिहान पम्प नजिक करिब ३...
26/02/2023

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ५ कालिका पेट्रोल पम्प नजिक एक व्यक्ति फेला परेका छन् ।

शनिबार बिहान पम्प नजिक करिब ३५ बर्षिय पुरुष शरिरमा ददारिएको अवस्थापमा रहेका उनको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको पहिचान नखुलेको बताउदै प्रहरीले आफ्न्त हराएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

पोखरा - पोखरामा बिस्फोटक पदार्थ पड्किदा २ जना बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा मं...
22/02/2023

पोखरा - पोखरामा बिस्फोटक पदार्थ पड्किदा २ जना बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा मंगलबार पोखरा–३३ ठूलढुंगामा २ जना बालक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।

नजिकैको वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएर घाइते भएका उनले बताए । घाइतेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

Address

Newroad
Pokhara
3700

Telephone

+97761532893

Website

Alerts

Be the first to know and let us send you an email when Machhapuchhre Fm - Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category