21/09/2025
॰ गेटमा राजा छन, राज्य सत्ता राजालाई दिम?
॰ … लाई प्रधानमन्त्री घोषणा गर्ने कि सैनिक शासन लगाईदिम?
॰ प्र.मले हामीलाई सुरक्षा चाहियो भन्दा राजीनामा देउ अनि हामी सुरक्षा दिन्छौ!
॰ विश्वको कुनै पनि आन्दोलनमा न्यायपालीका, कार्यपालिका तथा सुरक्षा संयन्त्र जलेको ईतिहाँस छैन नेपालमा कसरी सम्भव भयो?
॰ आर्मीको सुरक्षा घेरा भित्र राज परिवार सकियको थियो!
॰ हामीले नेपाल आर्मीलाई गौरबको संस्था मानेको हौ र छौ तर आँखा अगाडी देश जलिरहदा कहाँ थियो?
॰ जेनजी आन्दोलन सुशासन र बेथिती बिरुदको आक्रोष थियो र हो जुन जरुरत थियो तर यसको आगोमा हात सेक्ने कुन शक्ती थियो?
॰ नेपालको ईतिहाँसमा आफ्नै शान रहेको नेपाल प्रहरी, ससत्र प्रहरी तथा नेपाल आर्मी यो आन्दोलनमा यति धेरै निरिह कसरी बन्यो?
॰ यो कुन शक्ती जसले बारम्बार नेपालको २ तिहाई सरकार बिभिन्न बाहानामा तहसनहस बनाउछ?
॰ करिब हरेक दुई दशकमा नेपालमा ठुला ठुला हुने वातावरण कसरी सृजना हुन्छ?
॰ हाम्रो प्रधानमन्त्री हामीले कल्पना गर्नु भन्दा पहिला छिमेकीले घोषणा कसरी गर्छ?
॰ हरेक आन्दोलनमा निजीव्यवसायी तथा उद्घमीलाई उठ्न नसक्ने गरी किन पछारिन्छ?
॰ हात खुट्टा काटेर वा बाँधेर तलाउमा फालेको जस्तै गरी नेपाललाई किन फालिन्छ? यसमा क-कसको भुमिका हुन्छ?
॰ नेपाली नागरिकता बोकेका विदेशीका दलाल देशद्रोहीलाई हामीले कहिले चिन्न सक्छौ?
॰ NGO or INGO का मिसन तथा यसको खोल ओडेका विदेसीका दलालहरुलाई कहिले चिन्न सक्छौ हामी?
प्रश्न धेरै छन तर जबसम्म स्वाधिनता रहदैन तब सम्म यी घटना दोहोरी रहन्छन।