08/09/2026
अन्नपूर्ण गाउँपालिका, कास्की वडा नं.-११ को किम्रोङखोलामा पानीको बहाव एक्कासि घटेर माथि लेकतिर खोला थुनिएको हुन सक्ने अनुमानसहितको खबरपछि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, प्रवक्ता एवं वडा ७ अध्यक्ष, वडा ११,५ र ६ का वडाध्यक्ष, जिल्ला समन्वय सदस्य , वडा प्रहरी बगरका इन्सपेक्टरसहितको टोलीले वीरेठाँटी, एक्वार, हाइजुङ र नयाँपुल बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।
वडाध्यक्ष भरत गुरुङका अनुसार हाल खोलाको बहाब बिस्तारै बिस्तारै बढिरहेको र दिउँसो कै अवस्थामा पुगेकोले खतरा कम हुँदै गएको छ ।
(२०८३ भाद्र २३ गते राती ११:३० बजे )