Bizness click

Bizness click Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bizness click, News & Media Website, pokhara, Pokhara.

11/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यावधिक समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गराउदै ।

01/01/2026

नेपालले अमेरिकामा वस्तु निर्यात गर्दा पाउँदै आएको कर छुट आज देखि सकिएको छ । २०७२ को भूकम्पछि नेपाली वस्तुको बजार ....

01/01/2026

सन् २०२५ मा पर्यटक आगमन १ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको तथ्यांक अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ....

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रह...
30/12/2025

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।
आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गर्नुभयो।
मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उहाँले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पार्नुभयो।
‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ ,’ उहाँले भन्नुभयो, ‘सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’
प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिनुभयो।
‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित-पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

30/12/2025

🔔 रास्वपा समानुपातिक सूची – ११०
━━━━━━━━━━━━━━
👥 लिङ्गको आधारमा:

👨‍💼 पुरुष : ५०
👩‍💼 महिला : ६०
━━━━━━━━━━━━━━
🧬 पहिचानको आधारमा:

जनजाति : ३२
खस आर्य : ३३
थारु : ७
दलित : १५
मधेसी : १८
मुस्लिम : ५
━━━━━━━━━━━━━━
📍 जिल्लाको आधारमा:

🔹 २१ – चितवन
🔹 १५ – मोरङ
🔹 ८ – जिल्ला नखुलेको

🔹 ५ – काठमाडौ, सप्तरी, सिरहा, सुनसरी
🔹 ४ – महोत्तरी, ललितपुर
🔹 ३ – धनुषा, भक्तपुर

🔹 २ – ओखलढुङ्गा, कञ्चनपुर, कपिलवस्तु, कास्की, ताप्लेजुङ, दाङ, सिन्धुपाल्चोक, सुर्खेत, सोलुखुम्बु

🔹 १ – इलाम, खोटाङ, गोरखा, झापा, नुवाकोट, पाँचथर, बाँके, बारा, भोजपुर, म्याग्दी, रुकुम, रुपन्देही, स्याङजा, हुम्ला

३३ जिल्लाहरुबाट समानुपातिक सुचिमा परेका देखिन्छन भने ४४ जिल्लाहरुको नाम यो सुचिमा कतै देखिदैन !

धन्यबाद 🙏

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक । कुन कुन समूहबाट को को समेटिए ??
30/12/2025

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक । कुन कुन समूहबाट को को समेटिए ??

उहाँहरुको लागि आगामी निर्वाचन कस्तो रहला ।
29/12/2025

उहाँहरुको लागि आगामी निर्वाचन कस्तो रहला ।

रबी-बालेन ७ बुँदे सहमति । लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच...
28/12/2025

रबी-बालेन ७ बुँदे सहमति ।

लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको भएको छ । मध्यराति भएको सहमतिअनुसार रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीका उम्मेदवार हुनुहुनेछ ।
यस्तो छ सहमति :
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

निर्वाचनमा जान सबै दल तयारआउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन्।...
27/12/2025

निर्वाचनमा जान सबै दल तयार
आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन्।
आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राष्ट्रपति, प्रधानमन्त्री र पुर्वप्रधानमन्त्रीबीच भेट
23/12/2025

राष्ट्रपति, प्रधानमन्त्री र पुर्वप्रधानमन्त्रीबीच भेट

10/12/2025

Address

Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bizness click posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share