nepalipath.com

nepalipath.com Policy Discussion-Economics/Security/Diplomacy/IR

दोस्रो विश्वयुद्धमा विजय हासिल गरेको उपलक्ष्यमा चीनले बेइजिङमा भव्य सैन्य परेडको आयोजना गरेको छ । परेडमा थुप्रै अत्याधुन...
03/09/2025

दोस्रो विश्वयुद्धमा विजय हासिल गरेको उपलक्ष्यमा चीनले बेइजिङमा भव्य सैन्य परेडको आयोजना गरेको छ । परेडमा थुप्रै अत्याधुनिक हतियारहरु प्रदर्शन गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सैन्य परेडमा उपस्थिति रहेको थियो । उक्त परेड ७० मिनेट चलेको थियो ।

जसमध्ये DF-61 ले १५००० K. M. सम्मको दुरी मार हान्न सक्ने छ भने HQ-29 अत्याधुनिक antimissile system हो ।

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन सेप्टेम्बर ३ मा चीनमा हुने सैन्य परेडको अवलोकनको लागि बेईजिङ पुगेका छन । दोस्रो विश...
02/09/2025

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन सेप्टेम्बर ३ मा चीनमा हुने सैन्य परेडको अवलोकनको लागि बेईजिङ पुगेका छन । दोस्रो विश्व युद्धमा जापानले आत्मसमर्पण गरेपछि त्यसैको उपलक्ष्यमा उक्त विशाल कार्यक्रम हुँदैछ।

दोस्रो विश्व युद्धमा जापानलाई परास्त गरेपछि विजयी उत्सवको रुपमा मनाउँदै आएको भिक्ट्री-डे मा चीनले यसपटक विश्वलाई नै चकित...
02/09/2025

दोस्रो विश्व युद्धमा जापानलाई परास्त गरेपछि विजयी उत्सवको रुपमा मनाउँदै आएको भिक्ट्री-डे मा चीनले यसपटक विश्वलाई नै चकित पार्नेगरि नयाँ हतियारको प्रदर्शन गर्दैछ ।

भोली अर्थात सेप्टेम्बर ३ मा आँफुनिकट विश्वभरिका नेताहरुको उपस्थितिमा चीनले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

त्यहि क्रममा चीनले सार्वजानिक गर्न लागेको एउटा अत्याधुनकि ड्रोन 👇👇

02/09/2025

प्रचण्ड vs जनार्दन शर्मा (प्रभाकर)

१) आन्तरिक द्वन्द्व व्यवस्थापन सबैभन्दा गाह्रो विषय हो भन्ने बुझ्न खासै गाह्रो छैन। तर लामो समयदेखी एउटा खास पार्टी अन्तरविरोधका विभिन्न चरण पार गरेर आईसकेपछी फेरि उस्तै द्वन्द्वमा फँस्नुमा नेतृत्वले गम्भीर प्रकारको गल्ती गरिरहेको छ भन्न गाह्रो पर्दैन।

२) माओवादीमा यसभन्दा पहिले ठुलाठुला अन्तरसंघर्ष र विद्रोहहरु भएका छन। २०६७ कार्तिकमा गोरखा पालुङटार बैठकमा सघन वहस भएको थियो। क्रान्ति र जनयुद्धलाई निरन्तरता दिने कि संविधान सभामार्फत आर्थिक क्रान्तिको दिशामा जाने भन्ने मुलभुत मुद्धा थिए। यहि वहस र अन्तरविरोध चर्कंदै जाँदा पार्टी मुख्यत:तीन टुक्रामा विभाजित भयो। प्रचण्ड, मोहन वैध र वावुराम भट्टराईले पार्टीलाई तीन हिस्सामा बाँडेर आफ्नो आफ्नो हिस्सा समाले।

३) समयले के पुष्टि गर्यो भने माओवादीको खास नेता प्रचण्डनै थिए । अरु दुई नेताले दावी गरेजस्तो प्रचण्ड सकिएनन बरु माओवादीलाई सँगाल्दै, थिग्राउँदै लगे। उल्टो वैध र भट्टराईले निर्माण गर्न खोजेको पार्टीहरु लगभग सतहबाट बिलए भएका छन र उनिहरु राजनितीको मुलधारबाट किनारा लागेका छन। कुनै कायापलट नभए यी दुई नेता नेपाली राजनीतिमा जम्ने आधार र सम्भावना सकिएको छ।

४) तर वावुराम भट्टराई नेतृत्वको हिसावले असफल भएपनी वैचारिक हिसावले सफल रहे र अझै सान्दर्भिक रहनेछन। आजको माओवादीको राजनैतिक दिशा र गन्तब्य उनैले कोरिदिएका हुन। कतिपय हिजो वैध र विप्लवको बाटो सहि भनेर उछिटो काडेपनी आज उनिहरु भट्टराईको बाटोमा लुरुलुरु हिंडन विवश छन।

५)तर माओवादीम वैध र भट्टराई बाहिरिएको एक दशकपछी फेरि नयाँ अन्तरविरोधले चर्चा पाउन थालेको छ। यसपटकको विवाद अलिक बेस्वादिलो र स्तरबिहिनताको जस्तो देखिन्छ। ३ दशक लामो समय एकलौटी पार्टी हाँकेका प्रचण्ड र यश अघिका अन्तरविरोधमा प्रचण्डको दाहिने हात मानिएका जनार्दन शर्मा अहिले एकआपसमा टक्कराउन थालेका छन।

६) जनार्दन माओवादीमा underdog जस्ता देखिन्छन। तर वैधा र वावुराम भन्दा फरक उनी भुई तहबाट उठेका नेता हुन। सैन्य क्षेत्रमा कालिकोटको पीली आक्रमण गरेर नेपाली सेनाको बटालियननै उठाई दिई सकेपछी रक्षात्मक अवस्थामा पुगेको माओवादीलाई शान्ती वार्ताको लागि अग्लो टेक्ने आधार खडा गरिदिएका थिए। तर बाहिरी मोर्चामा सैन्य कमाण्डर, सैन्य रणनीतिकार भनेर बादल, अनन्त, पाशाङ जस्ता औसत कोटीका नेताको नाम आयो। उनी छायाँमा परिरहे। चुनावी मोर्चामा पनि रुकुममा माओवादीको क्लिन स्विप गराउने उनी सफल कमाण्डर हुन। त्यसैले underdog जस्तो देखिएपनी भुईतहको कमाण्डर बाट उठेकाले उनको खतराबारे प्रचण्ड जानाकार छन।

७) प्रचण्ड यसैपनी नेता हुन। यसमा धेरै टिकाटिप्पणी जरुरी छैन। तेस्रो पार्टी हुँदापनी कसलाई प्रधानमन्त्री बनाउने भन्ने ट्रम्प कार्ड हुन उनी। तर अन्तरवितोधको व्यवस्थापन र हल गर्न उनी जहिल्यै चुके। यसपटक जनार्दन शर्मासँग अनावश्यक जोरी खोज्न जरुरी थिएन र छैन भन्ने स्पष्ट देखिन्छ।

८) माओवादीमा प्रचण्ड पछि अध्यक्ष हुनुपर्ने नेता नारायणकाजी श्रेष्ठनै हुन। उनको कार्यक्षमता, वैचारिकी, दार्शनिक पाटो बलियो हुँदाहुँदै पनि संगठनमा पकड नहुँदा त्यो शम्भावना कम देखिन्छ।

९)विप्लवले पार्टी एकता गरेपनी उनी कहिल्यै माओवादीको अध्यक्ष हुने शम्भावना रहँदैन। उनको भन्दा बढी शम्भावना नारायणकाजी श्रेष्ठकै रहन्छ। विप्लव भन्दा बलियो मुलधार श्रेष्ठ हुन र भइसके। मुलधार बाहिरको नेता पार्टीको अध्यक्ष हुने शम्भावना अति क्षीण रहन्छ।

१०) जनार्दन २०८९ सम्म माओवादी पार्टीको अध्यक्ष हुन। त्यो बेलासम्म प्रचण्ड स्वयंले नेतृत्व हस्तान्तरण गर्ने तहमा पुगिसक्छन। जनार्दनले पार्टी विभाजन गर्ने तहसम्म जाने शम्भावना कम छ। किनकी विभाजित पार्टीहरुको मनोदशा र पार्टी प्रवेशपछिको राजनीति कस्तो हुन्छ भन्ने उनले स्पष्ट चित्र देखिसकेका छन। प्रचण्डपछि पार्टीको अध्यक्ष आफू हुँ भन्ने भाष्य निर्माण गर्न खोजेका जनार्दन त्यसमा सफल भइसकेका छन।

११) प्रचण्डलाई फेरि पनि वरिपरि रहेका मान्छेले उकासेर जनार्दन विरुद्ध बोल्न लगाईरहेका छन। जनार्दन नेतृत्वको रेसमा प्रचण्डसँग कतै देखिंदैनन तर प्रचण्ड किन जनार्दन विरुद्ध अनावश्यक अभिव्यक्ति दिइरहेका छन? यसमा प्रचण्डपछिका मान्छेहरुको स्वार्थ देखिन्छ। उनिहरु प्रचण्डलाई सफल बनाउने होइन कि दुई नेतालाई लडाएर रोटी सेक्न सकिन्छ कि भन्ने दाउमा छन।

१२) त्यसैले प्रचण्ड र जनार्दन तथा उनिहरुको पछि भएका मान्छेले अहिलेको विशिस्ट परिस्थितिको मुल्यांकन गरेर वस्तुनिष्ठ सल्लाह र रणनीतिक लक्ष्यबारे मार्ग निर्देश गर्न सक्नुपर्छ। अन्यथा ०८४ मा माओवादीको प्रतिस्पर्धा चौंथो स्थानको लागि राप्रपासँग हुने खतरा बढिरहेको छ।

लिपुलेकबारे नेपाली सेना के गरिरहेको छ? सत्तासिन र विपक्षीहरुको भुमिका के हो? विश्व भूराजनीतिमा आएको बदलावले नेपालको भौंग...
22/08/2025

लिपुलेकबारे नेपाली सेना के गरिरहेको छ? सत्तासिन र विपक्षीहरुको भुमिका के हो? विश्व भूराजनीतिमा आएको बदलावले नेपालको भौंगोलिक अखण्डतामा कस्तो प्रभाव पर्छ? भन्नेबारे दृष्टिकोण पेश गरिएको छ?। तपाईंहरुको सुझाव, सल्लाह र टिप्पणीका साथै लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गरिदिन अनुरोध छ।

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when nepalipath.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to nepalipath.com:

Share

Category

Media

as fast as possible delivering authentic news of the nation and around the world.