12/11/2025
1000 + …- रोपनी! त्रिभुवन विश्वविद्यालयका जग्गा अतिक्रमण, सरकारले समिति गठनको तयारी”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका अनुसार, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न ‘घर, भूमि सुधार, शिक्षा तथा त्रिविका प्रतिनिधि’ मिलेर एउटा समिति गठन गर्ने भएको छ। समितिले प्रतिवेदन अनुसार १८ भन्दा बढी संघ-संस्थाले त्रिविको जग्गा मिचेको पत्ता लगाएको छ। त्रिविको कुल ५०५०–३–१–१ रोपनी जग्गामा कयौं रोपनी अन्य व्यक्तिहरू तथा धार्मिक वा सामाजिक संघ-संस्थाले कब्जा गरेको प्रतिवेदनमा उल्लेख छ। दोषीलाई कारबाही गर्ने, जग्गा फिर्ता ल्याउने कार्य समिति मार्फत अघि बढ्नेछ। मन्त्रालयमा कानुनका कर्मचारीले प्रतिवेदनमा उल्लेख विषयमा अध्ययन गरिरहेका छन्।