Nepal Akhabar

Nepal Akhabar Nepal Akhabar provides the all the types of news like politics,sports,local,social,tourism etc so pl

05/08/2026

जनताका अपेक्षाहरू चकनाचुर भए,फेरी आन्दोलन र विद्रोहको वातावरण बन्दैछ : विप्लव
Nepal Akhabar

मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीननेपालअखबार,गण्डकी । मर्दी हिमाल पदयात्रामा रहेका तीन जना सम्पर्कविहीन भएका छन...
05/08/2026

मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

नेपालअखबार,गण्डकी । मर्दी हिमाल पदयात्रामा रहेका तीन जना सम्पर्कविहीन भएका छन् । पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका हुन्। माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ । युवकहरुको मोबाइल बन्द रहेको माछापुच्छ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए । ‘मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ’, उनले भने।

नेपालअखबार,गण्डकी । मर्दी हिमाल पदयात्रामा रहेका तीन जना सम्पर्कविहीन भएका छन् । पदयात्राबाट फर्कने क्रममा कास.....

१५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल: नेपाली कांग्रेसनेपालअखबार, काठमाड...
05/08/2026

१५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल: नेपाली कांग्रेस

नेपालअखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, कूटनीति, सुकुम्बासी, किसान, शिक्षा, निजी क्षेत्र र महँगीसम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारविरूद्धको १५ बुँदे आरोप सार्वजनिक गरेका हुन् । ‘सबै तथ्यहरूले एउटै सत्य देखाउँछ, सरकार सुशासन, पारदर्शिता र जवाफदेहीतामा पूर्णरूपमा असफल भएको छ,’ उनले भने, ‘सरकारका कमजोरीले सरकारप्रति जनविश्वास निरन्तर खस्किएको छ ।’...

नेपालअखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्श.....

वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो: विप्लवनेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रवि...
05/08/2026

वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो: विप्लव

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गरेका हुन्। परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उनले जनताले ठूलो धोका महसुस गरिरहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उनको भनाइ छ।...

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारक....

राप्रपा प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुनेनेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(रा...
05/08/2026

राप्रपा प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने

नेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए ।...

नेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा स...

05/08/2026

मन्त्रिपरिषद् बैठकले के निर्णय गर्‍यो ?
Nepal Akhabar ゚viralシ

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्तीनेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली...
05/08/2026

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उनले बताए । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन ।...

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सात....

तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्युनेपालअखबार,मकवानपुर ।  भिमफेदी गाउँपालिका–२ तिलटार स्थित त्रिभुवन राजमार्...
05/08/2026

तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु

नेपालअखबार,मकवानपुर । भिमफेदी गाउँपालिका–२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको थियो ।...

नेपालअखबार,मकवानपुर । भिमफेदी गाउँपालिका–२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँद.....

सिराहामा पेस्तोलसहित ३ युवा पक्राउनेपालअखबार, जनकपुरधाम । सिराहाको लहान नगरपालिका २२ सलोखरीबाट नाईन एमएम पेस्तोल र म्याग...
05/08/2026

सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिराहाको लहान नगरपालिका २२ सलोखरीबाट नाईन एमएम पेस्तोल र म्यागेजिन सहित ३ युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित चेकजांचको क्रममा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूलाई पेस्तोल सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार चेकजाँचको क्रममा सोही स्थान बस्ने २० वर्षीय सबरजित दासले लगाएको पाईन्टको दाहिने गोजीबाट उक्त पेस्तोल फेला परेको हो ।घटनास्थलमा दाससंगै रहेका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेपालअखबार, जनकपुरधाम । सिराहाको लहान नगरपालिका २२ सलोखरीबाट नाईन एमएम पेस्तोल र म्यागेजिन सहित ३ युवा पक्राउ पर...

मन्त्रिपरिषद् बैठक बस्दैनेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बै...
05/08/2026

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । Advertisement बैठक बिहान स.....

Address

Pokharia
33700

Alerts

Be the first to know and let us send you an email when Nepal Akhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Akhabar:

Shortcuts

Share