Nepal Akhabar

Nepal Akhabar Nepal Akhabar provides the all the types of news like politics,sports,local,social,tourism etc so pl

नेपालअखबार, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा ...
03/11/2025

नेपालअखबार, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।...

नेपालअखबार, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । Advertisement राष्ट्रहि.....

नेपालअखबार, काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। हिलिहाङ गाउँपालिका–१ फेदापाका...
03/11/2025

नेपालअखबार, काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। युवराज आइतबार बिहान १०:३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए। मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।...

नेपालअखबार, काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। Advertisement हिलिहाङ गाउँप.....

नेपालअखबार, काठमाडौं।  प्रहरी प्रधान कार्यालयले  भदौं २३/ २४ गते आन्दोलनको क्रममा खटिएका प्रहरीलाई उपत्यका नछोड्ने व्यवस...
03/11/2025

नेपालअखबार, काठमाडौं। प्रहरी प्रधान कार्यालयले भदौं २३/ २४ गते आन्दोलनको क्रममा खटिएका प्रहरीलाई उपत्यका नछोड्ने व्यवस्था मिलाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई परिपत्र गरेको छ। आइतबार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई पत्र पठाएर जेनजी आन्दोलन क्रममा काठमाडौंमा खटिएका प्रहरी इन्चार्जहरूले उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार त्यस दिन काठमाडौंमा क्षति भएका ठाउँमा खटिएका इन्चार्जहरूलाई काठमाडौं नछाड्ने गरी व्यवस्था मिलाउन भनेको हो।...

नेपालअखबार, काठमाडौं। प्रहरी प्रधान कार्यालयले भदौं २३/ २४ गते आन्दोलनको क्रममा खटिएका प्रहरीलाई उपत्यका नछोड्.....

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चल...
03/11/2025

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका हुन् । असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए ।...

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि क....

नेपालअखबार,काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। सोमबार प्रधानमन...
03/11/2025

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक राखेर सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी छन्। ‘गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ उनले निर्देशन दिँदै भनिन्।...

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। सोमबा....

नेपालअखबार, दोलखा । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। डोल्मा खाङ हिमाल आरोहण गर्न गएको स...
03/11/2025

नेपालअखबार, दोलखा । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह सोमबार हिमपहिरोमा परेको हो। उक्त क्षेत्रमा सोमबार बिहान १०ः३० तिर हिमपहिरो गएको र कम्तीमा पाँच जना बेपत्ता भएको खबर आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए। ‘यलुङ रि क्षेत्रमा हिमपहिरो आएको र हालसम्म तीन जनाको मृत्युको पुष्टि भएको छ। कम्तीमा पाँच जना बेपत्ता छन्। उक्त समूहमा केही विदेशी रहेको बुझिएको छ। थप विवरण संकलन गर्दैछौं,’ उनले भने।

नेपालअखबार, दोलखा । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। Advertisement डोल्मा खाङ हिमाल आरोह....

नेपालअखबार,काठमाडौं । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छ...
03/11/2025

नेपालअखबार,काठमाडौं । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका हुन् । उनीहरू नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा छलफलमा जुटेका हुन् । पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि उनीहरू जुटेको नेताहरूले बताएका छन् । हिजोमात्रै माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेका थिए । पार्टीको चुनाव चिन्ह तारा राखेका यी आठ दलले नाम भने घोषणा गरेका छैनन् ।

नेपालअखबार,काठमाडौं । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष ....

म्याग्दी । धवलागिरि गाउँपालिकाको वडा नं -२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका...
03/11/2025

म्याग्दी । धवलागिरि गाउँपालिकाको वडा नं -२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो’, जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उनले भने, ‘सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।’...

म्याग्दी । धवलागिरि गाउँपालिकाको वडा नं -२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भे....

नेपालअखबार, काबुल । उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानी...
03/11/2025

नेपालअखबार, काबुल । उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार अरू १८० जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकोले मृतकको सङ्ख्या अरू बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानको मजार–ए–सरिफ नजिकको खोल्म क्षेत्रमा स्थानीय समयअनुसार राति १ बजे भूकम्प गएको थियो । जमिनबाट २८ किमी मुनि केन्द्रबिन्दु रहेको भूकम्पको झट्का ६ दशमलव ३ म्याग्निच्यूड मापन गरिएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस)ले भनेको छ । भूकम्पपछि अरेञ्ज अलर्ट जारी गरिएको थियो । अधिकांश घाइतेलाई ठुला भवनबाट खसेर चोटपटक लागेको बताइएको बाल्ख प्रान्तका तालिबान प्रवक्ता हाजी जैदले बताए ।

नेपालअखबार, काबुल । उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको .....

नेपालअखबार, उदयपुर । प्रतिबन्धित लागुऔषध मलद्वारमा फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्रा...
03/11/2025

नेपालअखबार, उदयपुर । प्रतिबन्धित लागुऔषध मलद्वारमा फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ बस्ने अन्दाजी २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं. ६ बस्ने २३ वर्षीय बिकि भन्ने विवेक राई छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजेतिर पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो। शंकास्पद लागेपछि उनीहरूलाई नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्स-रे गर्दा यो रहस्य बाहिर आएको हो। उनीहरूले मलद्वारभित्र लागू औषधका एम्पुलहरू 'फ्रिजिङ' गरेर लुकाएर ल्याउँदै गरेको खुल्यो।...

नेपालअखबार, उदयपुर । प्रतिबन्धित लागुऔषध मलद्वारमा फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेक...

नेपालअखबार, काठमाडौं । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती पनि माओवादी-समाजवादी एकतामा जोडिएका छन् । आज सोमबा...
03/11/2025

नेपालअखबार, काठमाडौं । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती पनि माओवादी-समाजवादी एकतामा जोडिएका छन् । आज सोमबार माओवादी केन्द्रका संयोजक प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर भएको छ । हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेकोले परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न एकताबद्ध हुनुपरेको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’...

नेपालअखबार, काठमाडौं । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती पनि माओवादी-समाजवादी एकतामा जोडिएका छन् .....

नेपालअखबार, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख ...
02/11/2025

नेपालअखबार, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए । यस महिना अमेरिकी र युरोपेली पर्यटक आगमन उल्लेख्य देखिएको छ । पहिलो नम्बरमा भारतीय देखिए पनि आगमन वृद्धिदरमा अन्य देश अगाडि छन् ।...

नेपालअखबार, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिना....

Address

Nepal
Pokharia
33700

Alerts

Be the first to know and let us send you an email when Nepal Akhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Akhabar:

Share

Nepal Akhabar Dot Com

It’s a leading newportal of nepal