POST JUKTI

POST JUKTI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from POST JUKTI, Media/News Company, Rajbiraj.

23/02/2024

स्पेसल शिवरात्री स्पेशल२०८०🇳🇵🇳🇵🇳🇵

कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम जनता जागरण  आइतबार २७ अषाढ, २०७७  २७५ पटक हेरीयोराजविराज । कोरोनाको...
12/07/2020

कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम

जनता जागरण आइतबार २७ अषाढ, २०७७ २७५ पटक हेरीयो

राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखिम थपिएको छ । दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ परिवार बिस्थापित भएका छन् ।

चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा बाढी पसेपछि घर डुवानमा परेका ७५ परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरि उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पु¥याइएको छ ।

टप्पु गाउँको नामले चिनिएको गोबरगाढामा पुग्ने मार्गहरु डुवानमा परेपछि डुङ्गामा राखेर उनीहरुलाई सुरक्षित स्थानतर्फ पु¥याउने काम गरिएको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिएका छन् ।

सप्तकोशीमा निरन्तर पानीको बहाव बढ्दै गएकाले मानविय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो संख्यामा आवश्यक सामाग्रिसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

वडा अध्यक्ष यादवले पानीको बहाव निरन्तर बढ्दै गएकाले थप परिवारलाई पनि प्रहरीको सहयोग लिएर डुङ्गामा राखी सुरक्षित स्थानतर्फ लाने तयारी भइरहेको बताए ।

जेनतेन सुरक्षित ठाउँमा आएकाहरु पशुचौपाया पनि जोगाईदिने आग्रह गरिरहेको उनले सुनाए । वर्षा जारि रहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।

निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ । शनिबार दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै निरन्तरको वर्षाले तिलाठी कोइलाडी गाउँपालिकका झण्डै १ सय ३० विगहा जग्गामा लगाइएको धान खेती बगरमा परिणत भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

सप्तरी राजबिराजकोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर...
16/05/2020

सप्तरी राजबिराज

कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो ।

उनी नेपालमा कोरोनाले मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो ।

उनको बिहीबार राति मृत्यु भएको हो । ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो । अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । ति अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट ४ बजे स्वास्थय मन्त्रालयले प्रेस सम्मेलन गरेर जानकारी दिइनेछ ।

नेपालमा काेरोना संक्रमितको संख्या २७६ पुगेको छ जसमध्ये ३६ जना भने निको भएका छन् ।
जुक्ती यादव
कञ्चंनरूप
नगरपालिका-१

01/05/2020
01/05/2020

अपन मिथला

29/04/2020

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ भारदह स्थित पक्षिमी कोशी तटबन्धमा दुई साता अघि एक युव....

Address

Rajbiraj

Telephone

+9779745845260

Website

Alerts

Be the first to know and let us send you an email when POST JUKTI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share