NSA NEWS7

NSA NEWS7 नेपालमा घटेको घटना खेल कुद र विविध मनोरंजन

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सप्तरी जिल्ला इन्चार्ज राजेश कुमार साहले सप्तरी जिल्ला भित्र रहेका सम्पुर्ण शाखा को...
14/12/2025

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सप्तरी जिल्ला इन्चार्ज राजेश कुमार साहले सप्तरी जिल्ला भित्र रहेका सम्पुर्ण शाखा को कार्यालय प्रमुख को सहयोगमा जीवन विकास मा आवद्ध भएका सदस्य लगायत अन्य गरिब दुखी असहाय असहारा व्यकतिलाई खोजी खोजी आवश्यक अनुसारको सहयोग गर्दै आएको तपाईं प्रत्येक्ष हेर्न सक्नु हुन्छ त्यस्तै आज सप्तरीको भेडिया शाखाले लाहान नगरपालिका वडा न• १० गुदिगाउँ बस्ने शान्ती देवि पासवानको काहानी रुवाइने भन्दा कम छैन जमा परिवार संख्या ८ जाना मा श्रीमान विगत २ बर्ष देखि बिरामी आर्थिक अभावका कारण घरको टाटी फेर्न न सकिने ज्याला मजदुरी गरेर ८ जना परिवारलाई पालन धाउधाउ परेको परिवारलाई जिल्ला इन्चार्ज राजेश कुमार शाहले भेडिया शखाको सहयोगमा घरको मर्मत गरे सहयोग गरेको छ जसको कोइ छैन त्यस्को जीवन विकास भन्ने नाराले धेरै सदस्यको मनमन मा बस्न थालेको छ जीवन विकास लघुवित्त वित्तीय संस्थाले लिने मात्र होइन दिने पनि काम गरेको जनताले देखि रहेको छ यो संस्थाले ऋण दिन पनि सहज र लिनपनि सहज तिर्न पनि सहज जनताको सेवा पनि उतिकै अगाडि यो संस्थाका कर्मचारीको बोलने शैलि सदस्यमा गर्ने व्यवहारमा कसैले पनि जितन सकिदैन

नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।एमाले ने...
13/12/2025

नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।

एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा जनसागर उर्लिएको भन्दै भ्रामक फोटो सेयर गरेका थिए

जीवन विकास लधुवित्त वित्तिय संस्था मटिगाँडा शाखाले सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका मटिगढिमा रहेको मुस्लिम समुदा...
12/12/2025

जीवन विकास लधुवित्त वित्तिय संस्था मटिगाँडा शाखाले सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका मटिगढिमा रहेको मुस्लिम समुदायको धार्मिक स्थल मस्जिदमा बृक्षरोपन सरसफाइ तथा डसविन वितरण कार्यक्रम समपन्न गरेको छ जीवन विकास लघुवित्त वित्तिय संस्था लेमिटेडले सदस्य बाट कमाएको आमदनी बाट केही रकम पुन फेरि विपन्न असहाय एक्कल जस्तोलाई सहयोग र सेवा दिदै आएको छ व्यवसाय पुनर्स्थापना कालागी सहयोग जस्ता उधार्निय कार्य हरु गर्दै आएको छ त्यसैले जनता भन्छ जस्को कोइछैन त्यस्को जीवन विकास हो

अग्नीसाईर गाउँपालिकामा सरकारी गाडीको चरम दुरुपयोग सेतो नम्बर प्लेटलाई प्राइभेट बनाएर प्रयोग२०८२ मंगसीर २५ बिहिवारमहेन्द्...
11/12/2025

अग्नीसाईर गाउँपालिकामा सरकारी गाडीको चरम दुरुपयोग सेतो नम्बर प्लेटलाई प्राइभेट बनाएर प्रयोग

२०८२ मंगसीर २५ बिहिवार
महेन्द्र भण्डारी
नेशनल समाचार असिस्टेन्ट
NSA NEWS7
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको सरकारी मोटरसाइकलको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ पुर्व गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी को छोरोले गाउँपालिकाको सेतो प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरेर व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरेको पाइएको हो अग्नीसाईर कृष्णासवरण गाउँपालिकको सरकारी गाडीलाई रातो प्लेट बागमती प्रदेश ०२-०४० प ८७९३ नम्बर बनाएर चलाएको पाइएको छ सो गाडी निवर्तमान गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको छोरो अजनबि चौधरीले प्रयोग गर्दै आएका छन

जनताले तिरेको चर्को करबाट किनेको सरकारी गाडी जनताको सेवाका लागि दिएको निजि प्रयोग गर्दै आउँदा पनि अहिले सम्म कुनै जनप्रतिनिधिले सार्वजनिक गरेको छैन
अग्नीसाईर गाउँपालिकामा जम्मा कति वटा गाडी प्रयोगमा छ कति वटा हराएको छ कुनै जानकारी छैन
त्यस्तै गाउँपालिकाको कम्पुटर ल्यापटप फोटोकपी मशिन ऐसि पंखा लगायतका थुप्रो सामाग्री हरु हराएको र दुरुपयोग हुँदै आउँदा अहिसम्म सम्बन्धित निकाय र जिम्मेवार व्यक्ती चुपचाप छन

सप्तरिमा जीवन विकास लघिवित्त वित्तिय संस्था कठौना साखा र खरचुहियाले २ विद्यालयमा सरसफाई तथा डस्विन वितरण कार्यक्रम सम्पन...
11/12/2025

सप्तरिमा जीवन विकास लघिवित्त वित्तिय संस्था कठौना साखा र खरचुहियाले २ विद्यालयमा सरसफाई तथा डस्विन वितरण कार्यक्रम सम्पन्न गरिएको छ

शम्भुनाथ नगरपालिकामा रहेको श्री जनता आधारभुत विद्यालय र खडक नगरपालिका वडा न• २ गौराहामा रहेको
राष्ट्रिय आधारभुत विद्यालयमा सरसफाइ तथा डस्विन वितरण गरेको जीवन विकास सप्तरी जिल्ला इन्चार्ज राजेश कुमार सहले जानकारी दिनु भयो

राष्ट्रिय आधारभुत विद्यालयको कार्यक्रममा ५३ जना सहभागी भएका थिएभने २ वटा डसविन ६ दर्जन कपि विपन्न परिवार विद्यार्थी लाई वितरण गरेका थिए

सेवाग्राहीबाट घुस लिएर एमालेलाई चन्दामालपोल कार्यालय सिरहाले नेकपा एमालेलाई ५१ हजार रुपैयाँ चन्दा (आर्थिक सहयोग) दिएको छ...
11/12/2025

सेवाग्राहीबाट घुस लिएर एमालेलाई चन्दा

मालपोल कार्यालय सिरहाले नेकपा एमालेलाई ५१ हजार रुपैयाँ चन्दा (आर्थिक सहयोग) दिएको छ । एमालेको ११ औं महाधिवेशनका लागि मालपोल कार्यालयका हाकिमले यो रकम चन्दास्वरुप दिएका हुन् । यो चन्दा कुन श्रोतबाट दिएको हो भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले सेवाग्राहीबाट घुस लिएर एमालेलाई चन्दा दिएको हुनसक्ने आशंका गरेका छन्

धनगढी, २४ मंसिर । कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका छन् क...
10/12/2025

धनगढी, २४ मंसिर । कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका छन्

कांग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस
२४ मंसिर २०८२, बुधबार
कांग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस
6
Shares
facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button
धनगढी, २४ मंसिर । कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका छन् ।

कांग्रेस कैलालीले दिएको जानकारीअनुसार पाँचवटै क्षेत्रले इच्छुक उम्मदवारको नाम जिल्लामा पठाएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कम्तिमा एक महिलासहित तीन जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन भए पनि क्षेत्रीय समितिले भने १० जनाको नामसम्म सिफारिस गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल र रामजनम चौधरीको नाम सिफारिस भएको छ । समानुपातिका लागि उमाकुमारी बादी, केशरीकुमारी रावल, धिरजराज रेग्मी, बिर्खबहादुर रावल, राजेशकुमार टमटा, सुशीला स्वाँरको नाम सिफारिस भएर आएको नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । यस्तै, राष्ट्रियसभाका लागि जगन्नाथ रिमाल, नृपबहादुर खड्का र फकिरसिंह कठायतको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । कृष्णराज पाण्डे, घनश्याम जोशी, विजयबहादुर स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौरको नाम सिफारिस भएर जिल्लामा आएको सचिव सुनारले बताए । समानुपातिकतर्फ शिव थापा, टीका चौधरी, सुमन सञ्ज्याल, रीता मुडभरी, गोविन्द बिष्ट, बलबहादुर बिष्ट, रवीन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी र नन्दराम बादीको नाम सिफारिस गरिएको छ ।
यस्तै, कैलाली– ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि खेमराज थारु, भीम बडुवाल, अविनास चौधरी र मंकर शाहको नाम सिफारिस भएको छ । समानुपातिकामा रीता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्रीको तथा राष्ट्रियसभाका लागि रामचरण चौधरी र कलावती शाहको नाम सिफारिस भएको छ । यस्तै, नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर र केन्द्रीय सदस्य नैनसिंह महरको नाम एउटै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ कैलालीले बलायर र महरसहित सात जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले बलायरको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ भने महरको नाम छैठौँ नम्बरमा छ ।
यस्तै, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डे, टेकराज जोशी र भुवन महराको नाम पनि क्षेत्रीय समितिले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका लागि जिल्ला समितिलाई सिफारिस गरेको छ । क्षेत्रीय समितिले समानुपातिकातर्फ यज्ञनिधी कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकले जानकारी दिए । नाम सिफारिस गर्न क्षेत्र नम्बर ५ ले आज बिहान १० बजेदेखि २ बजेसम्म इच्छुक उम्मेदवारलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । चार जनाको नाम मात्रै दर्ता भएपछि सबैको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
आरजु २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्र ९धनगढी क्षेत्र०बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । २०७९ सालको निर्वाचन पनि उनले सोही क्षेत्रबाट लड्ने चर्चा थियो । तर, राणाले सो समय समानुपातिक निर्वाचन प्रणाली रोजेकी थिइन् । यस्तै, समानुपातिकका लागि ११ र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेस कैलालीका सचिव सुनारले २६ गतेभित्रै जिल्लाले नाम टुंगो लगाएर प्रदेशमा सिफारिस गर्ने जानकारी दिए । प्रदेशले यो महिनाभित्रै केन्द्रीय कमिटीलाई नाम सिफारिस गर्ने जनाएको छ

न्वाङ्गी पर्वको विदा सम्बन्धी सूचना
10/12/2025

न्वाङ्गी पर्वको विदा सम्बन्धी सूचना

10/12/2025

सुशासन र भ्रष्टाचारविरुद्ध सरकार कठोर: मन्त्री खरेल सोसल मेडिया अहिले चिन्ताको विषय बनेको छ

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस सांसदहरूले दायर गरेको रिट दर्ता
09/12/2025

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस सांसदहरूले दायर गरेको रिट दर्ता

इलाममा गत भदौ २४ गते जेनजी आन्दोलनक्रममा तोडफोड र आगजनी गर्ने १५ जना प्रहरी नियन्त्रणमा !
09/12/2025

इलाममा गत भदौ २४ गते जेनजी आन्दोलनक्रममा तोडफोड र आगजनी गर्ने १५ जना प्रहरी नियन्त्रणमा !

जेनजी सुशासन योद्धाहरुको नामावली राखाने सम्बन्धमा
08/12/2025

जेनजी सुशासन योद्धाहरुको नामावली राखाने सम्बन्धमा

Address

Madhesh Pardesh
Rajbiraj
00977

Alerts

Be the first to know and let us send you an email when NSA NEWS7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NSA NEWS7:

Share