17/02/2025
Update : तेश्रो मन्थली नगर कप रनिङ्ग शिल्ड पुरुष भलिबल एबं प्रथम मन्थली नगर कप महिला भलिबल प्रतियोगिता २०८१ अन्तर्गत , आज भएको खेलमा,
पुरुष तर्फ वडा नं. १० (चनखु) र १४ (फुलासी) ले क्रमश: वडा नं ६ (भालुवाजोर) र १ (मन्थली) लाई पराजित गर्दै सेमिफाइनल मा प्रवेश गर्न सफल भएका छन् भने
महिला तर्फ वडा नं. ७ (भटौली) , १ (मन्थली) , १३ (फुलासी) र ६ (भालुवाजोर) सेमिफाइनल मा प्रवेश गर्न सफल भएका छन् ।
भोलि ६ गते बिहान सात बजे बाट पुरुष तर्फ तेस्रो क्वाटरफाइनल म्याच अन्तर्गत वडा नं
७ (भटौली) र ४ (सालु) भिड्नेछन् भने ,
त्यस पछि को चौथो म्याच वडा नं ८ (चिसापानी) र ३ (कठजोर) को हुनेछ, त्यसपश्चात महिला तर्फ वडा नं. ७ (भटौली) , १ (मन्थली) , १३ (फुलासी) र ६ (भालुवाजोर) को सेमीफाइनल म्याच हुनेछ ।
हाम्रो मन्थली नगरपालिका