GantabyaToday News

GantabyaToday News [email protected]
विज्ञापनको लागि
9844044464, 048-590111
www.gantabyatoday.com
(1)

11/08/2026

उत्तराखण्डको चमोलीमा बादल फाट्दा भीषण बाढी आएको छ। बाढीले चीनसँगको सीमा जोड्ने मुख्य पुलसमेत बगाएको छ ।

11/08/2026

चोट माथी चोट

नेपाली कम्युनिष्ट पार्टी रामेछापको एकता बैठक सम्पन्न: इन्चार्जमा श्याम कुमार श्रेष्ठ, संयोजकमा लालसिङ घिसिङ चयन भएका छन्...
10/08/2026

नेपाली कम्युनिष्ट पार्टी रामेछापको एकता बैठक सम्पन्न: इन्चार्जमा श्याम कुमार श्रेष्ठ, संयोजकमा लालसिङ घिसिङ चयन भएका छन् । नेपाली कम्युनिष्ट पार्टी रामेछाप जिल्ला कमिटीले एकता प्रक्रिया टुंगाएको छ। पार्टी केन्द्रको सर्कुलर समय भन्दा केहि समय ढिलो एकता भेला टुंग्याईएको हो।
बागमती प्रदेशको पुर्व मुख्य मन्त्रि शालिकराम जमकटेलको प्रमुख आतित्थ्यतामा आईतवार मन्थलीमा भएको बृहत्त कार्यकर्ता र एकता भेलाबाट जिल्ला इन्चार्जमा पुर्व गृहराज्यमन्त्रि श्याम कुमार श्रेष्ठ र संयोजकमा लालसिङ घिसिङ चयन भएका हुन। बैठकले स्थानीयतहहरुको कमिटिइन्चार्ज र संयोजक छनौट गरेको जिल्ला संयोजक लालसिङ घिसिङले बताए ।

जिल्ला र स्थानीय तहहरुको इन्चार्ज र संयोजकको विवरण

उमाकुण्ड गाउँपालिका
इन्चार्ज: मदन कालिकोटे, संयोजक: बिकास कार्की

गोकुलगंगा गाउँपालिका
इन्चार्ज: राजकुमार बस्नेत, संयोजक:ईन्द्र बहादुर तामाङ

लिखु तामाकोशी गाउँपालिका
इन्चार्ज: ध्रुब कार्की, संयोजक: शेर बहादुर खड्का

रामेछाप नगरपालिका
इन्चार्ज: शिशिर खाद्की, संयोजक:मोतिलाल तामाङ

मन्थली नगरपालिका
इन्चार्ज: उधप रम्तेल, संयोजक: नबिन कार्की

खाँडादेवी गाउँपालिका
इन्चार्ज: गंगा बुढाथोकी (अग्रिमा), संयोजक: रमेश कुमार तामाङ

दोरम्बा शैलुङ गाउँपालिका
इन्चार्ज: निर बहादुर श्रेष्ठ, संयोजक:टिका माल्बुके

सुनापति गाउँपालिका
इन्चार्ज: पेमा लामा, संयोजक:चण्डेश्वर चौलागाईं

जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।   मोरङबाट ...
08/08/2026

जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा परी दुर्घटना भएको हो ।
धनुषा गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह , मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भिर घाईते भएका छन ।
त्यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाईते भएका छन ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाईएको छ । हाइसमा चालकसहित १४ जना सवार रहेकामा चार जना घाइते भएका हुन । हाईसका चालक मोरङ बेलबारी नगरपालिका–३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारीसाधन घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको भनाई छ ।

रास्ट्रीय परिचय पत्र बनाउन १४ दिनमा पालो आउने बाकी आफैं भन्नु
07/08/2026

रास्ट्रीय परिचय पत्र बनाउन १४ दिनमा पालो आउने बाकी आफैं भन्नु

07/08/2026

रास्वपा सांसद रमेश प्रसाईंले ग्यासको लाइन देख्ने तर तेहि दलको करिब दुईतिहाइको सरकार, प्रधानमन्त्रीले ग्यासको लाइन न देख्ने!

एमाले रामेछापको भवन उद्घाटन हुँदै, ‘मिसन पार्टी जागरण अभियान’ पनि सुरु गर्नेरामेछाप । नेकपा (एमाले) रामेछापको नवनिर्मित ...
07/08/2026

एमाले रामेछापको भवन उद्घाटन हुँदै, ‘मिसन पार्टी जागरण अभियान’ पनि सुरु गर्ने

रामेछाप । नेकपा (एमाले) रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय ‘मदन–आश्रित स्मृति भवन’ को शुक्रबार उद्घाटन हुने भएको छ। मन्थली नगरपालिका–१ आकाशेमा निर्मित भवनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले साउन २२ गते बिहान ११ बजे गर्ने कार्यक्रम तय भएको हो।

बुधबार नयाँ कार्यालय भवनमै बसेको एमाले रामेछाप जिल्ला कमिटी सचिवालयको दोस्रो बैठकले कार्यालय उद्घाटनको निर्णय गरेको हो। जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज माधवप्रसाद ढुंगेल र प्रदेश कमिटी सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यालय उद्घाटनसँगै एमालेले ‘मिसन पार्टी जागरण अभियान–२०८३’ लाई पनि औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको छ। उद्घाटन समारोहमा नेता, कार्यकर्ता, शुभेच्छुक, सञ्चारकर्मी, पेसाकर्मी तथा सर्वसाधारणलाई सहभागी हुन प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले आह्वान गरेका छन्।

बैठकले पार्टीको संगठित सदस्यता नवीकरण तथा अभिलेखीकरणको कामलाई जिल्ला कमिटी बैठकमा निर्णयार्थ पेस गर्ने र जागरण अभियानलाई जिल्ला, पालिका, वडा तथा टोल तहसम्म लैजाने निर्णय गरेको छ। अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने, जनमुखी कार्यक्रम सञ्चालन गर्ने र संगठनलाई सुदृढ तथा गतिशील बनाउने लक्ष्य लिइएको एमाले रामेछापले जनाएको छ।

ग्वार्को चोकमा बस दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
06/08/2026

ग्वार्को चोकमा बस दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते

ललितपुर, साउन २२ — ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्को चोकमा बिहीबार बस दुर्घटना हुँदा एक जनाको म

04/08/2026

पर्खाल अहिले भत्काउने चिठी पछि आउछ, यसो भन्नू हुन्छ माननीय राजुनाथ पाण्डे

‘कि बहुमत पुर्‍याऊ, कि मलाई नै समर्थन गर’ – मुख्यमन्त्री बानियाँ
03/08/2026

‘कि बहुमत पुर्‍याऊ, कि मलाई नै समर्थन गर’ – मुख्यमन्त्री बानियाँ

ललितपुर, बागमती प्रदेशमा चुलिँदै गएको राजनीतिक गतिरोध र अन्योल अन्त्यका लागि मुख्यमन्त्री इन्द्रबहाद

Address

Manthali-01
Ramechhap
45400

Alerts

Be the first to know and let us send you an email when GantabyaToday News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GantabyaToday News:

Shortcuts

Share