03/09/2026
जन्म देश प्रतिको माया।
रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं.२ बाम्ती भण्डारको सेर्दुगाउँमा जन्म भइ हाल अमेरिकाको टेक्सास निवासी सफल ब्यवसाय, समाजसेवी, United Nepalese Association (UNA,USA) का संस्थापक, Motivational Speaker श्री पासाङ लामा ज्युले लामा फाउन्डेसन मार्फत नेपालको भोटेकोसी बाढीपीडितलाई नेपाली रु.१,००,०७,०००/- (एक करोड सात हजार) प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ।
साथै बाढीपीडितलाई सहयोग गर्ने यो राम्रो माध्यम भएको हुँदा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष मार्फत नै सहयोग गर्न सबैलाई सुझाव दिनुभएको छ।