Rangeli Times

Rangeli Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rangeli Times, News & Media Website, Rangeli.

15/02/2026

मोरङ क्षेत्र न. ५ रा.स्व.पा. उम्मेदवार आशा झा ।

मोरङ क्षेत्र न. ५ रा.स्व.पा. उम्मेदवार आशा झा प्रतीक्षा गर्नुहोस् हामी चाडैं आउदै छौ ।
08/02/2026

मोरङ क्षेत्र न. ५ रा.स्व.पा. उम्मेदवार आशा झा
प्रतीक्षा गर्नुहोस् हामी चाडैं आउदै छौ ।

08/02/2026

स्थानीय कलाकारको खोजीमा हामी प्रस्तुत गर्दैछौं मनजु सत्याललाई, जो रंगेली पब्लिक स्कूलमा लामो समयदेखि शिक्षिका रहनुभई प्रख्यात कवयित्री पनि हुनुहुन्छ। हाम्रो निम्तो स्वीकार गरी कविता वाचन गर्नुभएकोमा उहाँलाई हार्दिक धन्यवाद।

06/02/2026

हामी चाँडै आउँदैछौ

Welcome programme in Janata Campus Rangeli  2082
27/12/2025

Welcome programme in Janata Campus Rangeli 2082

08/12/2023

प्रहरीसँग विधार्थी कार्यक्रम मा मिनिल्याण्ड बाेडिङ स्कुल सहभागी ।।मंसिर १८ साेमबार रबिन्द्र बराल लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” ईलाका प्रहरी कार्यालय रंगेली ले रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङ्लस बाेडिङ स्कुलकाे समन्वयमा “प्रहरीसँग विद्यार्थी” कार्यक्रम काे आयोजना गरिएको थियो ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालय बाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच,प्रहरी र नागरीक विच सुमधुर सम्बन्धको विकास र समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्धेश्य का साथ एक दिने कार्यक्रम गरिएको हाे । कार्यक्रमको अवसरमा विधालयका १०, ११ र १२ मा अध्ययनरत १२० जना छात्र , छात्रा हरुको समेत सहभागीता रहेको थियोे । साे अवसरमा ईलाका प्रहरी कार्यालय परिसर भित्र विभिन्न जातका एक सय वटा विरुवाहरु वृक्षारोपण समेत गरिएको थियोे ।

बिधालय ले कार्यलयमा रहेको मानव मस्तिष्क (HUMAN BRAIN) आकारको पुस्तकालयमा विधालयको तर्फबाट २५ थान विभिन्न जीवनपयोगी पुस्तकहरु समेत दिएको थियो । कार्यक्रमको सिलसिलामा शिक्षक तथा विधार्थीहरुलाई यस कार्यालयको विभिन्न शाखाहरु अवलोकन गराई लैंगिक हिंसा,जबरजस्ति करणी,बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम,प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले प्रशिक्षण समेत गरेका थिए । उक्त कार्यक्रममा बिधालय का हेड मेम प्रतीक कार्की ,दिपिका दहाल,प्रविना राजबंशी, अम्विका पाेख्रेल , अनुपा अधिकारी , लगायत शिक्षक तथा शिक्षीका हरु काे समेत सहभागीता रहेको थियोे ।

07/12/2023

श्री संन्सारी माई मंन्दिरमा बलिचडाउने भक्तजन हरु काे घुईचाे ।
मंसिर १७ आईतवार
रबिन्द्र बराल
मोरङ रंगेली नगरपालिका ७ मा रहेको श्री सन्सारी माईको मन्दीर प्रती भक्तजनको जन विश्वास वढदै गरएको छ । विराटनगरदेखि २२ किलोमिटर पुर्वमा रहेको सन्सारी मन्दीर चिसांग खोलाको किनारमा बगरमा अवस्थित रहेको छ । उक्त मंन्दिर मा चाडपर्व हरु सकिए पछि बलिचडाउन सुरु भए पछि भक्तजन हरु काे घुईचाे लाग्न थालेको छ । साे मंन्दिर मा शनिबार र मंगलबार बली चडाउने भक्तजन हरु काे उल्लेख्य सहभागीता हुन थालेको छ । मंन्दिर मा आफ्नाे मनाेकामना पूरा भए पछि बाेकाकाे बलि, परेवा र नरिवल समेत चडाएर आफ्नो भालक पूरा गर्ने गरिन्छ ।
हुलाकी राजमार्ग संग जोडिएको श्री सन्सरी मन्दीरको विषयमा स्व. विपी कोइराला ले आफनो उपन्यास आत्मवृतान्तमा समेत उल्लेख गरेको पाईन्छ । धेरै वर्ष अगाडि वीपी कोइराला को पिताजी कृष्णप्रसाद कोइराला झापा बाट को भद्रपुर हुदै बिराटनगर जाने क्रम्मा घना जंगलमा रहेको सो मन्दीर वाट देवीको आकासवाणी भएको र उहाँ लाई आकासवाणी गर्नु हुने यिनै देवी संन्सारी माता त हैनन भन्ने सो पुस्तकमा उल्लेख समेत गरिएकाे छ । सन्सारी मन्दिरको स्थापना कहिले भयो भन्ने थाहा नभएपनि यो मन्दीर राणाकालिन अवस्था देखिनै रहेको हुन सक्ने मन्दिर समितिको भनाई रहेको छ । पौराणीक कालदेखी नै रहेको सो मन्दिरमा यस अघि चिस्याङ खोला वाट भक्तजनका लागि वाढाकुडा निस्कने र सो भाडा कुडा प्रयोग गरेर धोइपखाली गरेपछि भाडाकुडा आफै पछि विलय हुने किवदन्ती समेत रहेको छ । साे मन्दिर मा आफ्नो मनाेकामना पूरा हाेस भनेर दर्शनका लागि नेपालकाे माेरङ,सुनसरी ,झापा, काठमाडौ ,जनकपुर लगायत स्थानकाे मात्र नभएर भारतको , कुवाडि, अररिया ,बिहार, डिल्लि, लगायत विभिन्न स्थान हरु बाट भक्तजन आउने र भाकल समेत गर्ने गरेका छन ।
भाकल पुरा भएपछि मन्दिरमा भक्तजनहरुले वोकाको वली चढाउने र परेवा समेत छाड्ने गरिन्छ । साे मंन्दिरमा साउन महिना , एकादसी तथा सोह्रश्राद्ध वाहेक प्राय अरु दिन मन्दिरमा भक्तजनले वली चढाउने गरेका छन । अहिले प्रत्येक दिन बलिचडाउने समेत आउने गरेको समिति का अध्यक्ष संन्जिव श्रेष्ठले बताए ।

03/12/2023

रंगेलीमा प्रथम प्रियमिर क्रिकेट हुने ।मंसिर १७ आईतवार
रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका मा प्रथम संस्करणको टि– २० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति ले पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएकाे छ । समिति ले पुस ८ गतेदेखि २२ गते सम्म जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता गराउने जानकारी गराएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको उप बिजेताले नगद ५१ हजार रुपैयाँ पाउने जानकारी समेत गराएको छ। रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरे ले बताए । अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशी समेत बढन पनि सक्ने आयाेजक ले जनाएको छ । प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने समेत जानकारी दिए । उक्त खेलमा रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरु मात्रै रहने बताए । प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिब राजन पनेरुले जानकारी दिए । प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

03/12/2023

सिमाक्षेत्रमा ससस्त्र प्रहरी काे फितलाे निगरानी का कारण कुखुरा व्यसाय मार्कामा ।
माेरङकाे रंगेली नगरपालिका ५ स्थित आमगाछी ,चाँदनी चाेक लगायतका स्थान हरु बाट दैनिकी अबैध रुपमा भारत बाट कुखुरा तथा माछा नेपाल भित्रिने थालेपछि नेपाली कृषक हरु मार्कामा पर्ने थालेका छन । खुल्ला सिमाना तथा ससस्त्र प्रहरी र नेपाल प्रहरी काे मिलेमतोमा कुखुरा तथा चाईनज मुङ्ग्रि र भुरा माछा ल्याउने र नेपाली बजारमा सस्तो रुपमा बिक्रीवितरण गर्दे नेपाली कृषक हरु ले उत्पादन गरेकाे कुखुरा ,चाईनिज मुग्री र भुरा माछा ले नेपाली बजारमा भाउ नपाउने गरेको बिगत १२ बर्ष देखि व्यवसय गर्दे आईरहेका केशब कुमार मंण्डल ले बताए । पछिल्लो समयमा युवा हरु विदेशी भुमि मा काम गर्ने जान वाघ्य भएता पनि केही युवा हरु ले नेपाल मै बसेर केही गर्ने सकिन्छ भनेर ऋिण पान गरेर कुखरा तथा माछा व्यवसाय सन्चालन गरेता पनि खुल्ला रुपमा भारत बाट कुखुरा भित्रिन थालेपछि कृषक हरु चिन्तित भएका हुन । रंगेली ५ स्थित आमगाछी मा रहेको ससस्त्र प्रहरी बिओपी धनापटि काे चेकपोस्ट काे लापरबाही ले गर्दे दैनिकी ६० केजी देखि ९० केजि सम्म कुखुरा हरु भित्र्याउने गरेको कृषक हरु ले बताएका छन । साे बिओपिकाे ४ किलोमिटर क्षेत्रमा सिमानामा कडाई गर्नुपर्ने भएता पनि भारत बाट कुखुरा ल्याउने व्यवसाय ले डिउटिमा खटिने ससस्त्र प्रहरी हरु लाई प्रलाेवन मा पारेर कुखुरा नेपाल भित्र्याउने गरेको स्मृति कृषि फमका सन्चालक लक्ष्मण मंण्डल ले आराेप लगाएका छन ।
केही महिना अगाडि देखि रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालिका काे सिमाक्षेत्र बाट अबैध रुपमा कुखुरा र चाईनिज मुग्रि माछा र माछा का भुरा हरु अबैध रुपमा लुकाई छिपाई नेपाल भित्र्याउने र सस्ताे मुल्यमा बिक्रीवितरण गर्ने र नेपाल मै उत्पादन गरेर बिक्रीवितरण गर्दे महगाे रुपमा बिक्री गर्दे बिक्री नहुदा यहाँ का कृषक हरु थप मार्कामा पर्ने थालेकाे व्यवसाय हरु ले बताए । बिगत १२ बर्ष देखि रंगेली ५ स्थित आमगाछी मा कुखुरा व्यवसय गर्दे आईरहेका कृषक हरु ले ससस्त्र प्रहरी हरुकाे मिलेमताेमा आफ्नो व्यवसाय सङ्कटमा परेको केशब कुमार मंण्डल ले बताए । आफ्नै देशमा केही गर्ने बिचार गरेर व्यवसाय गर्दे आईरहेता पनि पछिल्लो समयमा सिमाक्षेत्रमा ससस्त्र प्रहरी र नेपाल प्रहरी हरुकाे मिलेमतोमा अबैध रुपमा भारत बाट कुखुरा हरु नेपाल भित्र्याउने र सस्ताे मुल्यमा बिक्री गर्ने थालेपछि आफुले उत्पादन गरेकाे कुखुरा मेहनत अनुसार आम्दानी नहुने देखे पछि उनिहरु व्यवसाय बन्द गरेर बिदेशी भुमीमा गएर काम गर्नुपर्ने वाध्यता समेत रहेको कमल कृषि फमका संन्चालक कमल सिह खड्का ले बताए ।
सिमाक्षेत्रमा रहेका भारती एस एसपी हरु ले सिमाक्षेत्रमा पुर्ण रुपमा कडाई गरेता पनि नेपाल तर्फकाे क्षेत्रमा ससस्त्र प्रहरी वल बिओपी धनापटीमा रहेकाे चेक पाेष्ट काे लापरबाही का कारण ले गर्दे नेपाली कृषक हरु समस्या मा परेको उनी हरु बताउँछन् । भारत बाट १ सय ६० रुपैयाँ प्रतिकेजी का दरले नेपाल ल्याउने र २ रुपैयाँ मा बिक्रीवितरण गर्ने गरेकाे र यहाँका कृषक हरु ले उत्पादन गरेकाे कुखुरा बिक्री गर्दे २ सय देखि २ सय ३० रुपैयाँ प्रतिकेजी मा बिक्री गर्दे मात्रै आफू हरु लाई फाईदा हुने स्मृति कृषि फमका लक्ष्मण मंण्डल ले बताए । सिमाक्षेत्रमा भएको अबैध कुखुरा ओसारपसार काे बिषयमा रंगेली ५ स्थित आमगाछी मा रहेको ससस्त्र बिओपी धनापटी का प्रहरी निरिक्षक बाल कृष्ण श्रेष्ठ का अनुसार आफ्नो ४ किलोमिटर सिमाक्षेत्रमा कुनै पनि कुखुरा ,माछा तस्करी नभएकाे र तस्करी भएकाे फाेटाे खिचेर देखाउनु भन्दै पंन्छिन खाेजेका छन । सिमाक्षेत्रमा नेपाल सरकार ले चाेरी तस्करी , सिमा सुरक्षा नियन्त्रण गर्ने उदेश्य का साथ आमगाछि प्रहरी चाैकी, सिक्टि बिओपी, सिक्टि प्रहरी चाैकी, मायाँगन्ज ससस्त्र बेश क्याप, ससस्त्र वेश क्याप नाेचा , बिओपी चुन्नीवारी रहेता पनि प्रहरी काे फितलाे कारण ले गर्दे व्यवसाय हरु चिन्ति रहेका छन ।

26/11/2023

डिसेम्बर १ देखि गुगलले बन्द गर्दै यी जीमेल एकाउन्ट, कतै तपाईँको पनि पर्ने हो कि ? - Rangeli Times

Address

Rangeli
56613

Alerts

Be the first to know and let us send you an email when Rangeli Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rangeli Times:

Share