shreebindu.com

shreebindu.com सत्य तथ्य समाचारको संबाहक
https://youtube.com/

कानेपोखरी गाउँपालिकाको नीति तथा कार्यक्रममा  राय, सुझाव संकलन कार्यक्रम सम्पन्न ।कानेपोखरी, ७ असार ।मोरङमा रहेको कानेपोख...
21/06/2025

कानेपोखरी गाउँपालिकाको नीति तथा कार्यक्रममा राय, सुझाव संकलन कार्यक्रम सम्पन्न ।

कानेपोखरी, ७ असार ।मोरङमा रहेको कानेपोखरी गाउँपालिकाको कार्यलयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा बजेट कार्यक्रमको लागी सल्लाह तथा सुझाव संकलन गरेको छ ।

सनिवार गाउँपालिकाको कार्यलयमा एक अ‌ौपचारिक कार्यक्रमको आजोजना गर्दै राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरू सगं छलफल गरि सल्लाह, सुझाव संकलन गरि कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम गाउँपालिका अध्यक्ष राजमती इङनामको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष भोला प्रसाद अधिकारी र राजनैतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कानेपोखरीका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले राय दिनुका साथै महत्वपूर्ण सुझावहरू पनि दिएका थिए। उनीहरूले गाउँपालिकाको नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी, समावेशी र स्थानीय आवश्यकता अनुसार बनाउनका लागि विविध दृष्टिकोणबाट सुझावहरू राखेका थिए।

विद्यालयका प्रधानाध्यापकले शिक्षामा विशेष जोड दिएका छन् भने राजनीतिकर्मीहरूले समेत वडास्तरमा बाटो, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट वृद्धिको माग गरेका छन्। हाल वडाहरूमा सम्बन्धित क्षेत्रमा विभिन्न विकास निर्माणका कार्यहरू सञ्चालनमा रहेका छन्। कानेपोखरी गाउँपालिका कर्मचारी अर्जुन काेइराला र राकुमारी तामाङले राय, सुझाव टिपाेट गर्नु भएकाे थियाे ,।

ऐसियन हाईवे निर्माण  अन्तरगत कानेपाेखरीमा अलकत्रा  बाेकने मेसिनमा आगलागि भइरहेकाे अव्स्थामा  कानेपाेखरी नगर प्रहरी प्रमु...
21/06/2025

ऐसियन हाईवे निर्माण अन्तरगत कानेपाेखरीमा अलकत्रा बाेकने मेसिनमा आगलागि भइरहेकाे अव्स्थामा कानेपाेखरी नगर प्रहरी प्रमुख युवराज भुजेलकाे कमाणडिङमा आगाे नियन्त्रणमा लिएको छ ।।।

20/06/2025

नेपालका सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलिले आफू उपस्थित भएको एक उद्घाटन समारोहमा आफुले रिबन नकाटी ट्राफिक प्रहरीलाई रिबन काटन लगाएर आफूले ताली बजाएका छन ।

"पदले होइन व्यबहारले मानिस ठुलो देखिन्छ।"

"नेतृत्व भनेको सधैं अगाडी देखिनु होइन
पछाडि हटेर अरुलाइ चम्कन दिनु पनि हो।"

रकम असुली गर्ने नक्कली  प्रहरी पक्राउमोरङ, ६ असार । प्रहरीको नाममा सर्वसाधारणलाई डर देखाई रकम असुली गर्ने एक व्यक्तिलाई ...
20/06/2025

रकम असुली गर्ने नक्कली प्रहरी पक्राउ

मोरङ, ६ असार । प्रहरीको नाममा सर्वसाधारणलाई डर देखाई रकम असुली गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यलय मोरङलेले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षीय धन कुमार थारु हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार थारुले विराटनगर–१६ स्थित रानी–जोगबनी सडक खण्डमा शारीरिक अपाङ्गता भएका व्यक्तिलगायत सर्वसाधारणहरूबाट जोगबनीबाट घरायसी सामान लिएर आउँदै गर्दा "म प्रहरी हो" भनि डर त्रास देखाई रकम लिँदै आएको भन्ने सूचनाको आधारमा खोजतलास गरिएको थियो।

प्रहरीले शुक्रबार उनलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

मोरङको कानेपोखरी गाउँपालिका ५ ले आयोजना गरेको हाउस वाईरिङ तालिम सम्पन्न भएको छ ।
20/06/2025

मोरङको कानेपोखरी गाउँपालिका ५ ले आयोजना गरेको हाउस वाईरिङ तालिम सम्पन्न भएको छ ।

सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि लेख्नुहुन्छ ''दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छ...
20/06/2025

सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि लेख्नुहुन्छ ''दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध - आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।''

कानेपोखरी अस्पतालले चाडैनै सुबिधा सम्पन्न भवनबाट सेवा संचालन गर्ने भएको छ।
18/06/2025

कानेपोखरी अस्पतालले चाडैनै सुबिधा सम्पन्न भवनबाट सेवा संचालन गर्ने भएको छ।

18/06/2025

सम्पुर्ण कानेपोखरी बासिन्दा लाई कानेपोखरी अस्पतालको अनुरोध।

पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । शनिबार बेलुका निर्माणधीन बेलिब्रिज भ...
15/06/2025

पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । शनिबार बेलुका निर्माणधीन बेलिब्रिज भाँचिदा पुल जडानका लागि खटिएका ६ जना मजदुर गम्भीर घाइते भएका थिए । ती मध्ये ३ जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबल मेडिकल कलेजमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ भने ३ जनाको उपचार भै रहेको छ ।

भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
15/06/2025

भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

कोशी सिएच आइटीएफ तेक्वान्दो  संघले आयोजना गरेको दसौं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेलमा मोरङ  बाट सहभागी भएर मेडल ...
09/06/2025

कोशी सिएच आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको दसौं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेलमा मोरङ बाट सहभागी भएर मेडल चुम्न सफल खेलाडी हरुलाई कानेपोखरी गाउपालिका अध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत हिरा यादब ज्यु, खेलकुद परिषद कानेपोखरी अध्यक्ष समेत रहनुभएको कानेपोखरी ५ वडा अध्यक्ष चरण गुरुङ ज्यु र कोशी प्रदेश अध्यक्ष युबराज भुजेल ज्युले सोमबार कानेपोखरी गाउँपालिकाको कार्यलयमा खेलाडि भाइ बहिनीलाइ शुभकामना दिनु भएको छ ।

Address

Kanepokhari To Rangeli
Rangeli
56606

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779805350219

Alerts

Be the first to know and let us send you an email when shreebindu.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to shreebindu.com:

Share