Nagar Ko Khabar

Nagar Ko Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagar Ko Khabar, Media/News Company, Pradesh no 1, Rangeli.

📢 रंगेली नगरपालिका–५, जैनपुरको छठघाटमा विशेष सांस्कृतिक कार्यक्रम रंगेली नगरपालिका वडा नं. ५, जैनपुरको छठघाट पोखरी अगाडि...
26/10/2025

📢 रंगेली नगरपालिका–५, जैनपुरको छठघाटमा विशेष सांस्कृतिक कार्यक्रम

रंगेली नगरपालिका वडा नं. ५, जैनपुरको छठघाट पोखरी अगाडि
आमगाछी युवा समूह र श्रीराम युवा क्लबको संयुक्त आयोजनामा
भव्यमय सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ।

यस अवसरमा सम्पूर्ण नगरवासी, साथै देश–विदेशमा रहनु भएका दिदीबहिनी, दाजुभाइ, आमा–बुबा र सम्पूर्णलाई
कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं। 🙏

📅 कार्यक्रम स्थल: छठघाट पोखरी अगाडि, जैनपुर
🎤 आयोजक: आमगाछी युवा समूह र श्रीराम युवा क्लब

आज छठ पर्वको दोस्रो दिन: बर्तालुहरू निर्जल उपवासमा, बेलुकी ‘खरना’ विधि सम्पन्न गर्ने
26/10/2025

आज छठ पर्वको दोस्रो दिन: बर्तालुहरू निर्जल उपवासमा, बेलुकी ‘खरना’ विधि सम्पन्न गर्ने

छठ पर्वको दोस्रो दिन आज बर्तालुहरूले पानी पनि नखाई निर्जल उपवास बसेका छन्। बेलुकी ‘खरना’ विधिमा चन्द्रमालाई अर्....

सलमान खान पाकिस्तानको “चौथो अनुसूची” सूचीमा !पाकिस्तान सरकारले बलिउड अभिनेता **सलमान खान**को नाम आफ्नो “Fourth Schedule”...
26/10/2025

सलमान खान पाकिस्तानको “चौथो अनुसूची” सूचीमा !

पाकिस्तान सरकारले बलिउड अभिनेता **सलमान खान**को नाम आफ्नो “Fourth Schedule” मा समावेश गरेको जनाएको छ।
यो सूचीमा प्रतिबन्धित समूह वा अतिवादी गतिविधिसँग सम्बन्धित व्यक्तिहरूको निगरानी गरिन्छ।

25/10/2025

माइतीघरमा धर्नामा बसेका दर्जनों जेन जीहरुलाई पक्राउ गरेको छ !

आजदेखि औपचारिक रूपमा छठ पर्व सुरुआजदेखि सूर्य उपासना र पवित्रता प्रतीक महान् पर्व छठ औपचारिक रूपमा सुरु भएको छ।चार दिनसम...
25/10/2025

आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु

आजदेखि सूर्य उपासना र पवित्रता प्रतीक महान् पर्व छठ औपचारिक रूपमा सुरु भएको छ।
चार दिनसम्म चल्ने यो पर्व आजको नहाय–खाय बाट प्रारम्भ भई अन्तिम दिन सूर्यलाई अर्घ्य दिँदै सम्पन्न हुने परम्परा रहेको छ।

24/10/2025

विद्युत लाईन अवरुद् सम्बन्धि जरुरि सूचना
३३ के.भी. विराटनगर रानी – रंगेली फिडर अन्तर्गत आमतोला स्थीत ३३ के.भी. लाईनमा मर्मत तथा पोल बदलि कार्य गर्न अति-आवश्यक रहेको हुदा मिति २०८२-०७-०८ गते शनिवार विहान ०८:०० बजे देखि मध्यान्ह १२:०० बजे सम्मको लागि रंगेली सव-स्टेसन बाट संचालित सम्पूर्ण बिधुत लाईन अवरुद् रहने व्यहोरा जानकारीको लागि अनुरोध छ | यस बाट पर्न गएको असुविधाको लागि रंगेली वि.के. क्षमा पार्थि छ |
ने.वि.प्रा. रंगेली वितरण केन्द्र,
रंगेली, मोरंग
रंगेली नो-लाईट : ०२१-५८०६५१
मर्मत इन्चार्ज : ९८२०७२७८०१

कुर्नुल जिल्लामा मोटरसाइकलले पछाडिबाट ठोक्किँदा बसमा आगो, धेरै यात्रु जलेर मृत्यु — प्रधानमन्त्री मोदीको समवेदना
24/10/2025

कुर्नुल जिल्लामा मोटरसाइकलले पछाडिबाट ठोक्किँदा बसमा आगो, धेरै यात्रु जलेर मृत्यु — प्रधानमन्त्री मोदीको समवेदना

आन्ध्र प्रदेशको कुर्नुलमा मोटरसाइकल र यात्रु बस ठोक्किँदा लागेको आगलागीमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। बस है....

छठमा ४ दिन बिदा हुनुपर्छ — मधेसी अधिकृत समाज नेपालको मागमधेसी अधिकृत समाज नेपालले चार दिनसम्म कठोर निर्जल व्रत बसेर मनाइ...
24/10/2025

छठमा ४ दिन बिदा हुनुपर्छ — मधेसी अधिकृत समाज नेपालको माग

मधेसी अधिकृत समाज नेपालले चार दिनसम्म कठोर निर्जल व्रत बसेर मनाइने छठ पर्वमा सरकारले एक दिन होइन, चार दिन बिदा दिनुपर्छ भन्ने माग गरेको छ।
संस्थाले छठ पर्वलाई मधेसी समुदायको पहिचान र आस्थासँग जोडिएको महान् पर्व भन्दै सरकारी स्तरमा सम्मानपूर्वक मान्यता दिन आग्रह गरेको छ।

मोरङ ,६ कार्तिक !आज सम्पूर्ण देशभर भाइटीका अर्थात् भ्रातृ द्वितीया पर्व हर्षोल्लासका साथ मनाइँदैछ।दीपावली (तिहार) को पाँ...
23/10/2025

मोरङ ,६ कार्तिक !
आज सम्पूर्ण देशभर भाइटीका अर्थात् भ्रातृ द्वितीया पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
दीपावली (तिहार) को पाँचौँ दिन मनाइने यो पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु,
सुख, समृद्धि र कल्याणको कामना गर्दै टीका र माला लगाइदिन्छन्।
धार्मिक विश्वासअनुसार यो दिन सूर्यदेवका सन्तान यमराज र यमुनाको भेट भएको दिन हो।
कथाअनुसार यमुनाले लामो समयपछि आफ्ना दाजु यमराजलाई निम्त्याएर घरमा टीका लगाइदिएकी थिइन्।
उनको श्रद्धा, स्नेह र आदरबाट प्रसन्न भई यमराजले आशीर्वाद दिएका थिए !
“आजका दिन जुन दिदीले आफ्ना दाजुहरूलाई टीका लगाउँछिन्, उनका दाजुहरूको आयु लामो होस्, उनीहरू यमलोकमा कहिल्यै अकालमा नजाओस्।”
त्यस दिनदेखि कार्तिक शुक्ल द्वितीयाको दिनलाई भाइटीका दिवस भनेर मनाउने परम्परा सुरु भएको जनश्रुति छ।
यसै दिन भगवान श्रीकृष्णले पनि नरकासुर वधपछि आफ्नी बहिनी सुभद्राबाट टीका ग्रहण गरेको कथा पनि प्रचलित छ। आजका दिन दिदीबहिनीहरूले यमपञ्चकको समाप्तिमा रंगीन टीका, मखमली माला, फलफूल र मिठाईको थाल तयार गर्छन्। दाजुभाइहरू दिदीको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिन्छन् र उपहार प्रदान गर्छन्।
भाइटीका पर्वले भाइबहिनीबीचको आत्मीयता, विश्वास र संस्कारको अमर सम्बन्धलाई
मजबुत बनाउने विश्वास गरिन्छ।
परिवारमा मेलमिलाप, प्रेम र सद्भाव फैलाउने यो पर्वले
नेपालको सामाजिक संस्कृतिलाई अझै उज्यालो बनाउँछ।

💔 माइतीघरमा GenZ सहिदहरूलाई सामूहिक भाइटीकाGenZ आन्दोलनमा ज्यान गुमाएका सहिदहरूलाई सम्झना गर्दै आज माइतीघरमा नागरिकहरूले...
23/10/2025

💔 माइतीघरमा GenZ सहिदहरूलाई सामूहिक भाइटीका
GenZ आन्दोलनमा ज्यान गुमाएका सहिदहरूलाई सम्झना गर्दै आज माइतीघरमा नागरिकहरूले सामूहिक भाइटीका लगाइदिएका छन्।
www.nagarkokhabar.com

22/10/2025

!! षड्यन्त्र कारी माथि षड्यन्त्र ...!!

मैले उसको सिमान पनी मिचया छैन, किन दुश्मनी गरेको हो!
मलाई गम्भीर आशंका छ, सरकार म माथि केही गर्न थप योजना बनाई राखेको छ।
सरकारले जिन्जिहरुलाई आफै बोलाएर दबाब सिर्जना गर्न भन्छन्, गाली गर्न सिकाउँछन् र जेन जीको दबाबमा हामी कारवाही गर्नेछौं भनी ममाथि गरिएको षड्यन्त्र हो।

Address

Pradesh No 1
Rangeli

Alerts

Be the first to know and let us send you an email when Nagar Ko Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagar Ko Khabar:

Share