Purwakhabar

Purwakhabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Purwakhabar, News & Media Website, Ranibirta.

16/07/2025
झापामा महिला हराउने क्रम बढ्दो, सन्तानको आशमा परिवारको भावुक अपिलबिर्तामोड, साउन १ । पूर्व खबरझापा जिल्लामा महिला र बालब...
16/07/2025

झापामा महिला हराउने क्रम बढ्दो, सन्तानको आशमा परिवारको भावुक अपिल

बिर्तामोड, साउन १ । पूर्व खबर
झापा जिल्लामा महिला र बालबालिका हराउने घटना बढ्दै गएका छन् । पछिल्लो घटनाको रूपमा, अजित राजबंशीले आफ्नी पत्नी सङ्गिता राजबंशी हराएको जानकारी दिँदै समुदाय र सुरक्षाकर्मीहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

गोरो वर्णकी २८ वर्षीया सङ्गिता गत असार २९ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएकी हुन् । उनीसँग सम्पर्क हुन नसकेको र हालसम्म कुनै पत्तो नलागेको भन्दै श्रीमान् अजित राजबंशीले "आफ्नो सन्तानको लागि भए पनि फर्केर आउ," भन्ने भावुक अपिल सार्वजनिक रूपमा गरेका छन्।

हराएको देख्ने वा जानकारी हुने व्यक्तिलाई ९८१–७९४८९६१ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ।

किन हराउँछन् महिलाहरू र बालबालिका?

सामाजिक विज्ञहरूका अनुसार महिलाहरू र बालबालिका हराउनुका पछाडि धेरै तहका कारणहरू छन्:

घरेलु हिंसा र मानसिक तनाव: समाजमा अझै पनि महिलाले पीडालाई गुम्स्याएर सहनुपर्ने संस्कार छ। यस्तो पीडा लामो समयसम्म सहन नसक्दा आत्मघाती कदम वा घरबाट पलायन हुने अवस्था आउन सक्छ।

वैवाहिक असमझदारी: परिवारमा पति–पत्नीबीचको विवाद, आरोप–प्रत्यारोप, वा असहज सम्बन्धका कारण महिलाहरू घर छाड्न विवश हुने गर्छन्।

मानसिक स्वास्थ्यका समस्या: मानसिक अशान्ति, डिप्रेशन, वा अन्य स्वास्थ्य समस्या भएका महिला तथा किशोरीहरू बिना जानकारी घरबाट निस्कने वा हराउने घटनाहरू उल्लेख्य छन्।

प्रलोभनमा परेर भाग्ने: सामाजिक सञ्जालको बढ्दो प्रयोग र अनलाइन सम्बन्धहरू पनि अहिलेका युवती तथा किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारेर हराउने घटनामा योगदान दिइरहेका छन्।

मानव तस्करी: विशेषगरी सीमावर्ती क्षेत्रहरूमा मानव तस्करी पनि एक संवेदनशील मुद्दा हो। कतिपय महिलाहरू रोजगारी वा विवाहका नाममा विदेश तानिने गर्दछन्।

---

के गर्न सकिन्छ?

1. समयमै संवाद र सहारा: परिवारभित्र संवाद, सन्तुलन र सहानुभूति महत्वपूर्ण हुन्छ। महिलाले आफ्ना समस्या सहज रूपमा भन्न सक्ने वातावरण बनाउनु आवश्यक छ।

2. सामाजिक चेतना अभिवृद्धि: समुदायस्तरमा महिला हिंसा, आत्महत्या रोकथाम र सम्वेदनशीलतामूलक कार्यक्रमहरू आवश्यक छन्।

3. सुरक्षा संयन्त्र सुदृढीकरण: प्रहरी र स्थानीय निकायले यस्ता घटनामा शीघ्र प्रतिक्रिया दिने प्रणाली विकास गर्नु आवश्यक छ।

4. मानसिक स्वास्थ्य सेवामा पहुँच: महिलाहरूलाई लक्षित गर्दै सहज र गोप्य रूपमा परामर्श लिन सकिने मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने देखिन्छ।

"हामीले मात्रै होइन, समाजले पनि गुमाउँछ जब कोही असुरक्षित भएर हराउँछ," स्थानीय सामाजिक अभियन्ता भन्छन्।

सङ्गिता राजबंशीको खोजी जारी छ । उनको सकुशल फिर्तीका लागि सम्बन्धित निकाय, समुदाय र सम्पूर्ण जनसमुदायले सक्रिय भई सहकार्य गर्नुपर्ने देखिएको छ।

'मेरो भ्वाइस युनिभर्स' सिजन २ की चम्किलो ताराकाठमाडौँ, साउन १ ।नेपाली संगीत प्रेमीहरूको मन जितिरहेको गायन रियालिटी शो ‘म...
15/07/2025

'मेरो भ्वाइस युनिभर्स' सिजन २ की चम्किलो तारा

काठमाडौँ, साउन १ ।
नेपाली संगीत प्रेमीहरूको मन जितिरहेको गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ ले नयाँ प्रतिभाहरूलाई उजागर गरिरहेको छ । यही मञ्चमा विशेष चर्चा बटुल्न सफल प्रतिभाशाली गायिका जुनु प्रसाई यतिबेला दर्शकको भोटको भरमा प्रतियोगितामा अघि बढिरहेकी छिन्।

किन भोट गर्ने जुनु प्रसाईलाई?
पूर्वी नेपालकी स्वाभाविक गायन क्षमता भएकी जुनुले परिश्रम, लगनशीलता र मौलिक प्रस्तुतिहरूको आधारमा दर्शकको मन जित्दै आएकी छिन्। उनको स्वरमा नेपालीपन, आत्मीयता र साङ्गीतिक गहिराइ स्पष्टै झल्कन्छ। ‘मेरो भ्वाइस युनिभर्स’को मञ्चमा उनले प्रस्तुत गरेका गीतहरूले न केवल निर्णायकहरूको वाहवाही पाएका छन्, हजारौँ दर्शक–श्रोता सामाजिक सञ्जालमा उनको गायकीको खुलेर प्रशंसा गरिरहेका छन्।

उनको विशेषता:

शास्त्रीयदेखि आधुनिक, लोकदेखि फिल्मी गीतमा समेत पकड

प्रस्तुति शैलीमा आत्मविश्वास र सुरिलोपन

हरेक राउन्डमा उचाइ बढाउँदै सशक्त दाबीदार बनेकी छिन्

समर्थनकै खाँचोमा छिन् उनी:
जुनुले सामाजिक सञ्जालमार्फत आफूलाई माया र साथ दिने सबैलाई धन्यवाद दिँदै लेखेकी छन् —
“हजुरहरूकै माया र साथले म आज यहाँसम्म आइपुगेकी हुँ। भोटिङ लाइन हरेक शुक्रबार बेलुका ९ बजे देखि सोमबार साँझ ५ बजेसम्म खुला हुन्छ। कृपया मलाई भोट गरिदिनुहोस्।”

भोट कसरी गर्ने?
– एप डाउनलोड गरेर
– वेबसाइटमार्फत
– वा सिधै SMS बाट भोट दिने व्यवस्था रहेको आयोजक Intra Foundation ले जनाएको छ।

दोमुखा पर्यटक गन्तव्यमा विदेशी आकर्षण बढ्दो राजकुमार ओली, दोमुखाप्राकृतिक सुन्दरताले भरिपूर्ण झापाको शिवसताक्षी नगरपालिक...
14/07/2025

दोमुखा पर्यटक गन्तव्यमा विदेशी आकर्षण बढ्दो
राजकुमार ओली, दोमुखा

प्राकृतिक सुन्दरताले भरिपूर्ण झापाको शिवसताक्षी नगरपालिका–१० मा अवस्थित दोमुखा क्षेत्र आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै आएको छ । पछिल्लो समय यहाँ स्तरीय सेवा र सुरक्षित वातावरणसहितका होटल तथा होमस्टे सञ्चालनमा आएपछि विदेशी पर्यटकको आकर्षणसमेत बढ्न थालेको छ ।

नेपालकै पूर्वी तराईमा पर्ने यो क्षेत्र माई नदीको छङछङ बग्ने पानी, झुलुङ्गे पुल, हरियालीले ढाकिएको वन क्षेत्र र शान्त वातावरणका कारण यात्रुहरुलाई लोभ्याउने प्रमुख कारण बनेको छ । यहाँ विशेषगरी सप्ताहान्तमा झापा, इलाम, मोरङ, सुनसरी लगायतका जिल्लाबाट आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

दुमुखा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सक्रिय होटल व्यवसायी सङ्घ शिवसताक्षीका अध्यक्ष किरण ओलीका अनुसार अहिले यहाँ युरोप र अमेरिका लगायत विभिन्न देशका पर्यटकहरु पनि आउन थालेका छन् । उनले भने, “पहिले आन्तरिक पर्यटक मात्रै आउँथे, अहिले भने केही विदेशी पाहुना पनि यहाँको शान्ति र सौन्दर्यमा रमाउन आउने गरेका छन् ।”

दोमुखा आसपासका क्षेत्रमा सुन्दर झरना, हरित वनजङ्गल, चिडीच्याहा आवाजले भरिएको प्रकृति र सुरम्य माई नदी पर्यटकका लागि रमणीय गन्तव्य बनेको छ । साथै, स्थानियको आतिथ्यता र मौलिक परिकारले समेत पाहुनालाई आकर्षित गर्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

शिवसताक्षी नगरपालिकाले पनि दुमुखालाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजनासहित पूर्वाधार विस्तारमा जोड दिएको छ । स्थानीय स्तरमा पदमार्ग निर्माण, सार्वजनिक शौचालय, संकेत चिह्न र फोहर व्यवस्थापनका काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

दोमुखाको समग्र पर्यटन विकासका लागि राज्य, निजी क्षेत्र र स्थानीयवासीको संयुक्त पहल आवश्यक रहेको व्यवसायीहरुको जोड छ । उचित प्रचार–प्रसार, पूर्वाधार विस्तार र सांस्कृतिक कार्यक्रममार्फत यो क्षेत्र निकट भविष्यमा अझै बढी पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको पर्यटन विज्ञहरु बताउँछन् ।

14/07/2025

बुद्धशान्तिमा भूमिहीनलाई धनीपुर्जा वितरण : “देश बिस्तारै बन्छ, आत्तिनु पर्दैन” – महामन्त्री शर्मा
राजकुमार ओली (रासस)

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले “देश बिस्तारै बन्छ, आत्तिनु पर्दैन” भन्ने धारणा राख्दै जनतालाई सकारात्मक सोचका साथ विकासमा सहभागिता जनाउन आग्रह गरेका छन्।

सोमबार झापा क्षेत्र नं १ अन्तर्गत बुद्धशान्ति गाउँपालिका–४ मा आयोजित भूमिहीन नागरिकलाई जग्गाको धनीपुर्जा वितरण कार्यक्रममा बोल्दै उनले विकासका थुप्रै काम भइरहेका भए पनि नकारात्मक मानसिकता हावी भएकोप्रति चिन्ता व्यक्त गरे।

“गाउँमा बाटो आयो? भन्छन्, आयो। खानेपानीको समस्या समाधान हुँदैछ भन्छन्। तर देश चाहिँ बन्दैन भन्छन्,” उनले भने, “देशमा आत्तिहाल्नुपर्ने अवस्था छैन। बिस्तारै हुन्छ, हुनैपर्छ।”

कार्यक्रममा उनले महँगो करका कारण लामो समयदेखि रोकिएको धनीपुर्जा वितरण प्रक्रिया सहज बनाउन आफूले पहल गरेको उल्लेख गरे। उनका अनुसार अघिल्लो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक–पटक आग्रह गरेपछि सरकारले जग्गा धनीपुर्जामा लाग्ने करको दर ५० प्रतिशतले घटाएको हो।

“भूमिहीनहरूको ढाड नभाँचिने गरी करको व्यवस्थापन गरिदिनु भएकोमा म प्रधानमन्त्रीज्यू, सरकार र सुकुम्बासी समस्या समाधान आयोगप्रति आभार प्रकट गर्न चाहन्छु,” शर्माले भने।

गाउँ समाजको समुन्नति र जनजीविकाको सुधारका लागि सबै तह र तप्काले आ–आफ्नो भूमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने उनको धारणा थियो। उनले ढिलासुस्ती, कमजोरी र असक्षमता जहाँ छन्, त्यहाँ खबरदारी हुनुपर्नेमा जोड दिँदै “तर केही भएको छैन भन्नु भने अन्याय हुन्छ” भने।

सो अवसरमा बुद्धशान्ति गाउँपालिका–४ का १९५ भूमिहीन नागरिकलाई जग्गाको धनीपुर्जा वितरण गरिएको छ। यसअघि गत शनिवार प्रधानमन्त्री ओलीले कनकाई नगरपालिकाका १५७ जनालाई धनीपुर्जा हस्तान्तरण गरेका थिए।

सरकारको पछिल्लो निर्णयअनुसार जग्गा धनीपुर्जामा लाग्ने राजस्व ५० प्रतिशतले घटाइएको छ, जसबाट भूमिहीन तथा विपन्न वर्गले प्रत्यक्ष राहत पाउने अपेक्षा गरिएको छ।

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल स...
14/07/2025

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच आज भेटवार्ता भएको छ। सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो | उहाँले भेटघाटमा
मध्यपहाडी जिल्लाहरुमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपद जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिनुभयो।
कोशी प्रदेश सरकार जलबायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले
कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेको छ त्यसैले पनि यहाँ जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो।
'प्रदेश सरकार यी विषयहरुमा कसरी अगाडी बढ्ने भन्ने गहन छलफल गर्नु पर्ने अवस्थामा छौ, मुख्यमन्त्री कार्कीले भन्नुभयो ' यी र यस्ता प्रभावहरुका बारेमा सबै सरोकारवालाहरु सग छलफल गर्न हामि चाहन्छौ | ,
आगामी आर्थिक वर्ष विश्व रामसार दिवसका अवसरमा जलबायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको समेत उहाँले जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो | संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठनको प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो। उहाँले थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिनुभयो ‌। प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो। संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ।

14/07/2025
काठमाडौँबाट दाङ आउदै गरेको बस दुर्घटना, २९ जना घाइतेकपिलवस्तु, २९ असार  । काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुबाहक बस कपिल...
14/07/2025

काठमाडौँबाट दाङ आउदै गरेको बस दुर्घटना, २९ जना घाइते

कपिलवस्तु, २९ असार । काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौँदेखि दाङ आउँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।

लुम्बिनी प्रदेश ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय "हुलाकी राजमार्ग (NH-05) गौरीगञ्...
13/07/2025

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय "हुलाकी राजमार्ग (NH-05) गौरीगञ्ज-आमबारी सडक खण्ड रत्नपुलको समुद्घाटन

मदनडांगी - तारावारी - डिपु सडक स्तरोन्नति आयोजना समुद्घाटन समारोह _दमक, झापा
13/07/2025

मदनडांगी - तारावारी - डिपु सडक स्तरोन्नति आयोजना समुद्घाटन समारोह _दमक, झापा

Address

Ranibirta

Telephone

+9779851003305

Website

Alerts

Be the first to know and let us send you an email when Purwakhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purwakhabar:

Share