Birtamode Jhapa

Birtamode Jhapa सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:४११३
प्रेस काउन्सिल नेपाल दर्ता नम्बर:४१११
birtamodejhapa.com office:
9703301616 Call & WhatsApp

विर्तामोड नेपालको मेची अञ्चल को झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्वपूर्ण वाणिज्य केन्द्र हो । बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ । पहिले अनारमनी गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो ।

नेपाली चलचित्र 'पार्वती' को प्रचारप्रसार तथा दर्शकहरूसँगको साक्षात्कारका लागि चलचित्र टोली बिर्तामोड आइपुगेको छ। अभिनेत्...
14/09/2026

नेपाली चलचित्र 'पार्वती' को प्रचारप्रसार तथा दर्शकहरूसँगको साक्षात्कारका लागि चलचित्र टोली बिर्तामोड आइपुगेको छ। अभिनेत्री निता ढुङ्गाना र चर्चित कलाकार अशोक दर्जी लगायतको टोलीले बिर्तामोडस्थित सिनेमा हलहरूमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको हो।

14/09/2026

झापाको बिर्तामोडका हलमा 'पार्वती', निता र अशोकले दर्शकलाई यसरी भने धन्यवाद ゚

14/09/2026

जिल्ला प्रशासन कार्यालय झापाले आज हरितालिका तिज पर्व परेको भएता पनि सम्पुर्ण सेवा सुचारु रहेको जनाएको छ।

14/09/2026

बिर्तामोडको मन्दिर चोरी गरेर सीसीटीभी हेर्दै ३ बजे सडकमा कुदेका चोर: फुटेज सार्वजनिक चिन्नु हुनेले बिर्तामोड प्रहरी लाई जानकारी दिनुहोला। (भिडियोसहित)

14/09/2026

बिर्तामोडको मन्दिरमा चोरी: चाँदीका सामान र मुकुट गायब, सिसिटिभीमा कैद भए चोरहरु ゚

झापाको हुलाकी राजमार्ग सडकमा पर्ने कन्काई पुल निर्माण १४ वर्षसम्म अलपत्र पारेको भन्दै सरकारले निर्माण व्यवसायीलाई १९९ कर...
13/09/2026

झापाको हुलाकी राजमार्ग सडकमा पर्ने कन्काई पुल निर्माण १४ वर्षसम्म अलपत्र पारेको भन्दै सरकारले निर्माण व्यवसायीलाई १९९ करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको समाचारहरु सार्वजनिक भएको छ।

12/09/2026

बिर्तामोडका युवाहरूको लोभलाग्दो प्रयास, महिनामा एकपटक १५-२० वटा बुलेटको लस्कर! पूर्वका पर्यटकीय गन्तव्य चिनाउने मुख्य उद्देश्य रहेको बताएका छन । ゚

12/09/2026

भर्खरै परेको केही समयको पानीका कारण बिर्तामोडको मुक्तिचोक आसपासका पसलहरू जलमग्न बनेका छन्। पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिको क्रममा जताततै बाटो खनिएकाले पानीको उचित निकास हुन नसक्दा सोझै पसलभित्र पानी छिरेको हो। जसका कारण यहाँका व्यवसायीहरू निकै मारमा परेका छन् र उनीहरूले आक्रोश तथा गुनासो व्यक्त गरिरहेका छन्। एकछिन पानी पर्दा त मुक्तिचोकका पसलहरूमा पानी पस्ने यस्तो दुर्दशा हुन्छ भने, लगातार १ दिन पानी परेमा बिर्तामोड क्षेत्रका अधिकांश पसलहरू पूर्ण रूपमा डुबानमा पर्ने अनुमान गर्न सकिन्छ। त्यसैले सम्बन्धित निकायले बेलैमा पानीको उचित निकासको व्यवस्था गरेर मात्र निर्माण कार्य अगाडि बढाउन स्थानीय व्यवसायीहरूले जोडदार माग गरेका छन्। आउनुहोस् हेरौँ यो दृश्य ゚

12/09/2026

झापाको बिर्तामोड लगायत आसपासका क्षेत्रमा वर्षा भैरहेको छ। वर्षाका कारण सडकमा सवारी साधन सञ्चालन र पैदल यात्रीलाई समस्या परेको छ। वर्षासँगै हावाहुरी चलेकाले सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

Address

Birtamode Jhapa
Ranibirta
57204

Alerts

Be the first to know and let us send you an email when Birtamode Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birtamode Jhapa:

Shortcuts

Share