Birtamode today

Birtamode today समय अनुसार बदलिनु पर्छ

एमाले नेता झापा बिर्तामोडका उपमेयर नगेन्द्र सङ्रौलाले जेन्जी दिवस भदौ २३ को  अवसरमा फेसबुक पोस्ट गरेकाछ्न - आज बिर्तामोड...
08/09/2026

एमाले नेता झापा बिर्तामोडका उपमेयर नगेन्द्र सङ्रौलाले जेन्जी दिवस भदौ २३ को अवसरमा फेसबुक पोस्ट गरेकाछ्न -
आज बिर्तामोड नगरपालिका ब'न्द छ र खाली पनि छ। ढुङ्गा हान्न तोड'फो'ड गर्न ज'लाउन फ्री छ। घण्टे ख'रानेहरु कता छौ। बाकी रहेकोे पनि भवन ज'लाउ।

08/09/2026

भदौ २३ : सम्झना, चेतावनी र जिम्मेवारी

आज भदौ २३। एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी अध्याय लेखिएको थियो। सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै नवयुवाहरूले सडक र डिजिटल सञ्जालमार्फत आफ्नो आवाज उठाएका थिए। तर त्यो आवाज सुन्ने र सम्बोधन गर्ने ठाउँमा दबाउने प्रयास हुँदा निर्दोष युवाहरूले ज्यान गुमाउनुपर्‍यो। कयौँ युवाहरू गम्भीर घाइते भए भने कतिपयले जीवनभर अपांगताको पीडा बोकेर बाँच्नुपर्ने अवस्था आयो।

यस दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। घाइतेहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको स्वास्थ्य, पुनर्स्थापना र सम्मानजनक जीवनका लागि राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।

त्यो आन्दोलन केवल सडकमा उत्रिएका युवाहरूको आक्रोश मात्र थिएन। त्यो राज्य व्यवस्था, राजनीतिक नेतृत्व र शासन प्रणालीप्रति उठेको गम्भीर प्रश्न थियो। जेनजी आन्दोलनले एउटा स्पष्ट सन्देश दिएको छ—सुशासनबिना कुनै पनि राजनीतिक शक्ति वा संसदीय गणितले देशमा वास्तविक स्थिरता कायम गर्न सक्दैन।

संसद्को दुई तिहाइ बहुमतले सरकार बलियो देखाउन सक्छ, तर जनताको विश्वास जित्न सक्दैन। राजनीतिक स्थायित्व संसदीय अंकगणितले मात्र होइन, शासकको चरित्र, कार्यशैली, इमानदारी र जनताप्रतिको उत्तरदायित्वले निर्धारण गर्छ। भ्रष्टाचार नियन्त्रण, विधिको शासन, पारदर्शिता र नागरिकको सम्मान सुनिश्चित हुन सके मात्र लोकतन्त्र बलियो हुन्छ।

त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो। हाम्रा राष्ट्रिय सम्पदा र धरोहरहरूमा समेत अपूरणीय क्षति पुग्यो। राष्ट्रको जीवनमा लागेको त्यो घाउ सजिलै पुरिने छैन। त्यसैले इतिहासको यो पीडादायी दिनबाट सबैले पाठ सिक्नुपर्छ—जनताको आवाजलाई समयमै सुन्ने, समस्या समाधान गर्ने र असन्तुष्टि विस्फोट हुने अवस्था आउन नदिने जिम्मेवारी राज्य र राजनीतिक नेतृत्वको हो।

आज, जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै हामी फेरि भोटेकोसी बाढीको अर्को पीडादायी परिस्थितिबाट गुज्रिरहेका छौँ। प्रकृतिको प्रकोप र राष्ट्रिय पीडाको यस घडीमा हामीलाई आरोप–प्रत्यारोपभन्दा बढी आवश्यक छ—धैर्य, जिम्मेवारी, सहकार्य र एकता।

एकअर्काको सहारा बनौँ। पीडितको घाउमा मल्हम लगाऔँ। विपद्को सामना ऐक्यबद्ध भएर गरौँ। र सबैभन्दा महत्वपूर्ण कुरा, भदौ २३ जस्तो पीडादायी दिन फेरि कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता गरौँ।

सहिदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखौँ। सुशासन, जिम्मेवार राजनीति र नागरिकको सम्मान सुनिश्चित गरेर मात्र उनीहरूप्रति सच्चा श्रद्धाञ्जली दिन सकिन्छ।

07/09/2026

पुर्ब प्रधानमन्त्री केपि ओलिले अन्तर्राष्ट्रिय मिडिया मा दिएको अन्तरबार्ता कस्तो लाग्यो तपाईं लाई ?

07/09/2026

बिर्तामोड भद्रपुर रोड बिजुली अफिस अगाडि अटो र सानो हात्ती पिक अप एक्सिडेन्ट् भएको छ । चालक हरु सकुशल छन प्रहरी ले अनुसन्धान गरिरहेको छ ।

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बिर्तामोड ! बिर्तामोड । बिर्तामोड नगरपालिकाका विभिन्न क्षेत्रमा लामो समयदेखि नियमित...
07/09/2026

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बिर्तामोड !
बिर्तामोड । बिर्तामोड नगरपालिकाका विभिन्न क्षेत्रमा लामो समयदेखि नियमित रूपमा फोहोर नउठाइँदा सहर दुर्गन्धित बन्दै गएको भन्दै स्थानीय नागरिकको आक्रोश बढ्न थालेको छ।
करिब एक महिनादेखि फोहोर व्यवस्थापन प्रभावकारी हुन नसक्दा सडक तथा बस्ती क्षेत्रमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिनुका साथै जनस्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै नगरवासी चिन्तित बनेका छन्।
नगरवासीहरूले फोहोर व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारी भएको र कुनै उपकार नभएको स्पष्ट गर्दै तत्काल समस्या समाधान गर्न बिर्तामोड नगरपालिकासँग माग गरेका छन्।
नागरिकहरूको भनाइ छ—अब ढिलासुस्ती स्वीकार्य छैन। २ दिनभित्र नियमित रूपमा फोहोर उठाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। अन्यथा शान्तिपूर्ण रूपमा सम्बन्धित निकायलाई जवाफदेही बनाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
स्थानीयको प्रश्न छ—“सहरको सरसफाइ र नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले गम्भीर बन्ने?”
बिर्तामोडलाई स्वच्छ, स्वस्थ र व्यवस्थित सहर बनाउने जिम्मेवारीबाट नगरपालिका पन्छिन नहुने भन्दै नागरिकले तत्काल फोहोर व्यवस्थापनको दीर्घकालीन र प्रभावकारी समाधान गर्न माग गरेका छन्।
स्वच्छ बिर्तामोड नागरिकको अधिकार हो।
"फोहोर व्यवस्थापन गरौँ, नागरिकको स्वास्थ्य जोगाऔँ"

देवीघाटमा देखिएको बेली ब्रिज निर्माणको तीव्रता प्रशंसनीय !देवीघाटमा बेली ब्रिज निर्माणका लागि भइरहेको तीव्र प्रयासले काम...
07/09/2026

देवीघाटमा देखिएको बेली ब्रिज निर्माणको तीव्रता प्रशंसनीय !

देवीघाटमा बेली ब्रिज निर्माणका लागि भइरहेको तीव्र प्रयासले काम गर्ने इच्छाशक्ति, तत्परता र परिणाममुखी कार्यसम्पादन भए विकास सम्भव छ भन्ने सन्देश दिएको छ।

यस्तै गति र सक्रियता देश विकासका अन्य क्षेत्रमा पनि निरन्तर देखिनुपर्छ। योजना घोषणा गरेर मात्र होइन, समयमै काम सम्पन्न गरेर जनताले प्रत्यक्ष रूपमा सरकारले काम गरेको महसुस गर्न सक्ने वातावरण बनाउनुपर्छ।

आजको जनअपेक्षा पनि यही हो—तीव्र विकास, प्रभावकारी कार्यसम्पादन र देखिने परिणाम।

देवीघाटको बेली ब्रिज निर्माणमा देखिएको यही द्रुत बिकास को झल्को देशभरका विकास निर्माणका काममा पनि देख्न पाइयोस्।

काम गर्ने सरकार चाहिएको छ, परिणाम देखिने विकास चाहिएको छ।

सुरुङमा फसेकाको उद्धार कार्यमा संलग्न ६२ वर्षीय अष्ट्रेलियाका विख्यात टनेल एक्सपर्ट, जियोलोजिस्ट प्रोफेसर आर्नोल्ड डिक्स...
07/09/2026

सुरुङमा फसेकाको उद्धार कार्यमा संलग्न ६२ वर्षीय अष्ट्रेलियाका विख्यात टनेल एक्सपर्ट, जियोलोजिस्ट प्रोफेसर आर्नोल्ड डिक्सले आज बिहान ३:३० बजे एउटा फेसबुक पोस्ट गरेकाछन उनले सन् २०२३ मा भारतको सिल्क्यारामा सुरुङमा फसेका ४१ जनालाई १७ दिनपछि उद्धार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाएका थिए।

आर्नोल्ड लेख्छन्:

" ७ सेप्टेम्बर २०२६, बिहान ३:३० बजे।
अहिले नेपालमा हामीले यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जुन मैले जीवनमा यसअघि कहिल्यै सामना गरेको थिइनँ। चुनौती के छ भने, यो कुनै एउटा (single) उद्धार अभियान होइन।

एकै समयमा, फरक फरक ठाउँमा, आफ्नै जोखिम, अनिश्चितता र अझै बचाउन सकिने जीवनहरूको आशासहित, धेरै सम्भावित उद्धार अभियानहरू एकैसाथ चलिरहेका छन्।
यसले मलाई केही वर्षअघि भारतको सिल्क्यारा सम्झाइरहेको छ।

त्यहाँ ४१ जना मानिसहरू जमिनमुनि फसेका थिए र हाम्रो अगाडि एउटा लगभग असम्भव देखिने काम थियो , उनीहरूलाई जीवितै घर फर्काउनु !

हामीले त्यो परीक्षा पार गरेका थियौँ। तर जीवनमा एउटा परीक्षा पार गर्नुको अर्थ सबै परीक्षाको समाप्ति नहुने रहेछ। सायद कहिलेकाहीँ त्यसको अर्थ हामीलाई अझ ठूलो परीक्षाको जिम्मेवारी सुम्पिएको हुन्छ।

पश्चिमी परम्पराले यसलाई 'कर्तव्य' भन्न सक्छ, सफलता अनिश्चित हुँदा पनि सही काम गर्नु, किनकि त्यो हाम्रो जिम्मेवारी हो। एसियाली परम्पराले अर्को शक्तिशाली विचार दिन्छ - 'धर्म' ।

मलाई लाग्छ, परीक्षाको अर्थ हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने मात्र होइन।
वास्तविक परीक्षा त तब हुन्छ—परिणाम के हुनेछ भन्ने थाहा हुँदैन, जब बाटो थप कठिन बन्दै जान्छ, जिम्मेवारीहरू बढ्दै जान्छन् र तब पनि हामी काम गरिरहन्छौँ कि गर्दैनौँ?

भारतको सिल्क्यारा टनेल रेस्कयुले मलाई एउटा कुरा सिकायो -
कुनै कार्यको सफलताको सम्भावना ज्यादै थोरै छ भन्दैमा त्यसलाई हामीले असम्भव ठोकुवा गर्नु हुँदैन। Never to confuse unlikely with impossible.

नेपालले आज मलाई अर्को कुरा पनि सिकाइरहेको छ। जब एकै समयमा धेरै जीवनहरू हामीमाथि निर्भर हुन सक्छन्, तब आशा केवल भावना भएर पुग्दैन; त्यो अनुशासन बन्नुपर्छ। करुणा केवल अनुभूति भएर पुग्दैन; त्यो कार्यमा बदलिनुपर्छ। र, 'कर्तव्य' लाई 'धर्म' लाई सफलताको निश्चिततामा मात्र छोडन सकिन्न ।

पूर्वको ‘धर्म’ होस् वा पश्चिमको ‘कर्तव्य’ सिद्धान्त , अन्ततः एउटै देखिन्छ।

हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र हाम्रो मूल्याङ्कन हुँदैन। हामीले पूरा प्रयास नै नगरी आफ्नो कर्तव्य र धर्म त्याग्न अस्वीकार गर्‍यौँ कि गरेनौँ भन्ने कुराले पनि हामी जिउनुको अर्थ मापन हुन्छ। "

ऊ अझै पर्खिरहेको छ....बाढीले उसको घर बगायो…उसको आँगन बगायो…उसले दैनिक देख्ने आफ्ना मानिसहरू पनि खोस्यो… तर पनि ऊ त्यहीँ ...
06/09/2026

ऊ अझै पर्खिरहेको छ....
बाढीले उसको घर बगायो…
उसको आँगन बगायो…
उसले दैनिक देख्ने आफ्ना मानिसहरू पनि खोस्यो…
तर पनि ऊ त्यहीँ छ—त्यही उजाडिएको ठाउँमा, जहाँ कुनै बेला उसको घर थियो, उसको परिवार थियो, उसको संसार थियो।
सायद उसलाई अझै विश्वास छ—“मेरो मान्छेहरू फर्केर आउँछन्…”
सायद हरेक आवाज सुन्दा ऊ उठेर हेर्छ होला…
सायद हरेक अपरिचित अनुहारमा उसले आफ्नो मालिक खोज्छ होला…
मानिसहरू भन्छन्, जनावर बोल्न सक्दैनन्।
तर उसको मौन आँखाले आज धेरै कुरा भनिरहेको छ—
म यहाँ छु… म अझै पर्खिरहेको छु… कृपया मलाई नछोड्नुहोस्।
घर भत्कियो, परिवार हरायो, संसार उजाडियो… तर उसको आशा अझै मरेको छैन।
हामी मानिसहरूले दुःख बिर्सन सक्छौँ, नयाँ ठाउँमा जान सक्छौँ, नयाँ जीवन सुरु गर्न सक्छौँ। तर एउटा वफादार कुकुरले आफ्नो परिवारलाई यति सजिलै बिर्सन सक्दैन। ऊ अन्तिम क्षणसम्म त्यही ढोकाको प्रतीक्षा गर्छ, जहाँबाट उसका प्रिय मानिसहरू फर्केर आउने गर्थे।
यदि उसका आफ्ना मानिसहरू साँच्चै फर्किन सक्दैनन् भने, आशा गरौँ—कसैले उसको हात समाओस्, उसलाई नयाँ घर देओस्, नयाँ परिवार देओस् र फेरि एकपटक माया गर्ने कारण देओस्।
किनकि… उसले आफ्नो परिवार गुमाएको छ, तर मानवताले उसलाई गुमाउन दिनु हुँदैन।

05/09/2026

गफ दिन धेरै सजिलो छ ! परेपछि मात्रै बुझिन्छ माननीय हर्क साम्पाङ ले नि बुझ्दै हुनुहुन्छ !

आजभन्दा ठीक एक वर्षअघि, अर्थात् ४ सेप्टेम्बर २०२५ मा नेपाल सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युबसहित २६ वटा प्रमुख सामाज...
05/09/2026

आजभन्दा ठीक एक वर्षअघि, अर्थात् ४ सेप्टेम्बर २०२५ मा नेपाल सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युबसहित २६ वटा प्रमुख सामाजिक सञ्जाल तथा सञ्चार प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको थियो। जनता ले यस्को बिरोध गरेका थिए तर तत्कालीन कांग्रेस एमाले सरकारले कुरा सुनेन ! यसैलाई लिएर विद्यार्थी हरुले धेरै आवाज उठाए तर पनि केपि ओलि सरकारले कुरै सुनेन विद्यार्थी खासगरी जेन्जी हरुले यो विरुद्ध सोसल मिडिया मा ग्रुप बनाएर अझ ससक्त बिरोध गरे यस्को परिणाम स्वरुप भदौ २३ गते शान्ती पुर्ण र्याली हरु निकाल्ने तयारी गरे यस्लाइ सरकारले दवाउने नियत ले कडा कारबाही गर्न थाल्यो आन्दोन ले उग्ररूप लियो प्रहरी ले विद्यार्थी माथी जथाभावी गोलि चलाउन थाले २० जन विद्यार्थी मरे यो कदम को देशै भरी बिरोध भयो विद्यार्थी मारिएको आबेग मा भदौ २४ गते बिहानै देखि देशै भरी आन्दोन भयो देश तहसनहस भयो धेरै ठाउँमा आगजनी भयो धेरै लाई प्रहरी को गोलि लाग्यो सबै नेताहरू को भागाभाग भयो सिंहदरबार देखि लिएर देशै भर का सरकारी कार्यालय एमाले कांग्रेस माओवादी नेताहरु को घर जल्यो अन्तत आन्दोन थेग्न नसकेर केपि ओलि ले राजिनामा दिएर सेनाको हेलिकप्टर बाट भाग्नु परेको थियो ।

Address

Ranibirta

Website

Alerts

Be the first to know and let us send you an email when Birtamode today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share