
05/09/2025
तानसेन–१४ अर्गली रनवामा बद्रीनारायण भगवानको वार्षिक उत्सव तथा रथयात्रा सम्पन्न
तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली रनवामा अवस्थित नेपालको पहिलो बद्रीनारायण भगवानको मन्दिरमा बिहिबार विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित वार्षिक उत्सव तथा रथयात्रा सम्पन्न भएको छ।
स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची र रूपन्देहीलगायतका जिल्लाबाट आएका भक्तजनहरूको समेत सहभागिता थियो।
विगत वर्षको तुलनामा भक्तजनको उपस्थिति केही कम भए पनि आगामी कार्यक्रमलाई थप आकर्षक र व्यवस्थित बनाउन सकिने स्थानीयले बताएका छन्।