Routine Of Rukumkot

Routine Of Rukumkot Namaste Rukumkot.

माओवादीमा अब मुख्यत प्रचण्ड मात्र बाकी । जनयुद्धको कमान्ड सम्हालेर पुष्पकमल दाहाललाई प्रचण्ड बनाएका सबै नेता बाहिर ।
24/01/2026

माओवादीमा अब मुख्यत प्रचण्ड मात्र बाकी । जनयुद्धको कमान्ड सम्हालेर पुष्पकमल दाहाललाई प्रचण्ड बनाएका सबै नेता बाहिर ।

सन्दिप पुन लेख्नु हुन्म सुर्यप्रकाश पुन 'सन्तोष' र परम्परा गौतम "वृक्षा" को छोरा, गर्वका साथ भन्नु पर्दा शहिदको सन्तान। ...
22/01/2026

सन्दिप पुन लेख्नु हुन्

म सुर्यप्रकाश पुन 'सन्तोष' र परम्परा गौतम "वृक्षा" को छोरा, गर्वका साथ भन्नु पर्दा शहिदको सन्तान। समाजले बुझ्ने भाषामा आमाको माया र बुबाको सहरा नपाएको एउटा टुहुरो- सन्दिप पुन। मेरो अध्यनको हिसाबले म B.tech in Biotechnology पढेको एक जना Biotechnologist, रुकुमको माटोमा जन्मेको रुकुम कै छोरो।

यस पटक, जनताको दैलोमा भोट माग्न आउने प्रतिनिधि सभाको निर्वाचनमा होमिएको एउटा उम्मेदवार।

म सँग बनिबनाउ बाटोमा हिडेर सरल जीवन रोज्ने? अथवा, नयाँ बाटो हिडेर चुनौतीहरु सामना गर्ने? भन्ने- दुई बाटाहरु थिए। मैले हाम्रा आदरणीय शहिदहरुले जस्तै चुनौतीपूर्ण जीवन रोज्ने निर्णय लिएको छु । जहाँसम्म कम्युनिस्ट पार्टीको झन्डा र विरासतको चिन्ता छ! म यो विचार र झन्डालाई आवरणमा चिप्काउने स्टिकर हैन, जीवन व्यवहारमा खोजी गर्ने बाटो हिडेको छु। यहाँ, घरी भावनाले राजनीति हुँदैन भनिन्छ, त घरी झन्डा र नाममा राजनीति गर्न खोजिन्छ! तर, मलाई सबै भन्दा पीडा हुने भनेको नेताहरुले लगाएको आरोप छ- 'शहिदको व्याज खान आयो' । मेरो र म जस्ताका आमाबुबालाई सहिद कसले बनायो? उनीहरूको बलिदान के का लागि थियो? आज यो बलिदान, रगतबाट... मुठ्ठी भर नेताको राजकीय जीवन , परिवारिक विलासिता, देश विदेशमा सम्पत्तिको थुप्रो, पैसाको खरानी दुनियाले देखिसके पछि पनि- स्पष्ट भयो ब्याज कसले खाएको छ? मेरो जस्तै हजारौं आमाबुबाको रगतमा को मोटाएको छ?

मैले थप भनि'राख्न पर्छ?

म शहिदको सन्तति हुनु मेरो जीवनको छनौट होइन! यो मेरो जीवनको संयोग हो- जुन प्रति अलिकति पनि पीडा छैन, गर्व छ। त्यसैले मेरो परिचय दिँदा आफ्नो आमाबुबाको नाम लिने गरेको छु। र, शहिद पुत्र हुनु मात्रै मेरो राजनीतिक योग्यता हुन सक्दैन भन्ने कुरामा म सचेत छु।

रोल्पा, किर्तिपुर, सिरहा, गोर्खा... आदि आदि का सोझा जनतालाई झुटा आस्वासन बाँड्दै ढाट्ने, फेरि त्यही निर्वाचन क्षेत्र जान नसक्ने र फेरि ढाट्न ठग्न नयाँ ठाउँ चाहिने? रुकुमलाई फेरि ठग्ने ? त्यो मलाई, रुकुमेली जनतालाई मान्ने छैन। यो मेरो आरोप होइन। राष्ट्रिय/ अन्तरास्ट्रिय सबै क्षेत्रमा बोली/व्यवहारको चर्चा छ! रुप फेर्दै, ढाट्दै छल्दै हिड्ने भएर उपनाम पनि के'पो छ? मैले भनेर होइन।

म सचेत गराउन चहान्छु, पूर्वी रुकुमका आदरणीय जनसमुदायलाई!!

जहाँसम्म, मेरो उम्मेदवारीको सवाल छ! म आफै जनतासामु कुनै रहरले छैन। म जस्तै जीवन भोगेका ती- बोल्न नसक्ने आवाजको प्रतिनिधितब गर्न उम्मेदवारको रुपमा उभिएको छु। शहिद पुत्र मात्रै मेरो योग्यता हुन सक्दैन, त्यसैले म नियुक्ति माग्दै कुनै महामानव नेताको दैलोमा होइन, जनता कै दैलोमा जाने निर्णय गरेको हुँ। समाज परिवर्तनका लागि गरिएको आन्दोलन खोसेर/ हाइज्याक गरेर, हाम्रो हातमा अरु केही थमाउन फेरि लाइनमा बस्न आदेश भयो! जस्लाई मैले स्विकार गर्न सकिन। किनकि, माओवादी आन्दोलन कै झण्डा बोकेर, हिँडेर- त्यहि झण्डा बोकेर बिदा हुने सपना म र म जस्ता कयौं साथीहरूले देखेका थियौँ। समाजवादी सपना देखेको रुकुमले आज, साम्राज्यवादी अमेरिकालाई आफ्नो सपनाको देश ठानी राखेको छ। पार्टी र आन्दोलनको लागि ज्यान दिएको रुकुमको पार्टी र आन्दोलन किन व्यक्तिको अस्तित्वको लागि विसर्जन गरियो? यस्ता अनेकन प्रश्नहरुले मलाई नवीन बाटोमा उभिएर प्रश्नहरुको उत्तर खोज्न उद्देलित गरिरहेको छ।

म धेरै नजान्न सक्छु! तर, जनतालाई ढाँट्न जान्दैन। म इमानदार बनेर रुकुम पूर्वका जनसमुदाय, हजुरहरुसँग रहेर, हजुरहरुले भनेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

हाम्रो जिल्लाको विकास निर्माणको आधार- हेलिकप्टरबाट डोजर बोकेर, रुकुम उज्यालो अभियान सुरु गरेर, लुटिएको सदरमुकामलाई हाम्रै जिल्लामा फिर्ता ल्याउन ठूलो विरोधको सामना खपेर- 'कमरेड प्रभाकर'ले सुरु गरेको सबैले बुझेकै कुरा छ। त्यसैको जगमा, मैले जिल्लाको समग्र विकासको अभियान अगाडि बढाएर नयाँ ठाउँमा पुर्‍याउने वचन व्यक्त गर्दछु।

शहिद मार्गको स्तरउन्नति गर्दै डोल्पा पुर्याउने कार्य, सिस्ने गाउँको विकटता, पेल्माको विकटता लगायत सडको पहुँच नभएका गाउँहरुको पनि सडक योजना बनाउने, भेरी-उत्तरगंगा-पेल्लागाडमा जलविद्युत आयोजनाको(हाइड्रोपावर) बिकास सँगै स्थानीय जनताको लगानी सुनिश्चित गरि स्थानीयलाई मुनाफाको हकदार बनाउने, पुथा-सिस्ने-भूमे गाउँपालिकाहरुमा स्याउ, जडिबुटी, मसलाबाली र मौलिक नगदि उत्पादनका केन्द्रहरु स्थापना गर्ने, फलाम-तामा खानीको उत्खनन र प्रशोधन लगायत... सानो जनसंख्या भएको हाम्रो जिल्लामा युवा रोजगार र समृद्धिको नयाँ अभियान थालनी गर्नेछु। लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला जहाँ प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक युद्ध स्थल लगाएतको पर्यटन प्रवर्द्धन मेरो मुख्य लक्ष्य रहेको छ। अरुजस्तै: धेरै ठूला ठूला सपना देखाउने, झुक्याउने भन्दा- सिधा सिधा जनताको दैनिक जीवनमा परिवर्तन ल्याउनु र रुकुमको समृद्धिको लागि ईट्टा थप्ने मेरो प्रमुख योजना हो।

शहिद परिवार, वेपत्ता पारिएका योद्धाहरु, घाइते योद्धाहरुको संरक्षणको जिम्मा लिनेछु। विगतमा हाम्रो अभिभावकहरुको क्रान्तिको पूरा गर्न- समृद्धि, सामाजिक न्याय र समाजबाद प्रति प्रतिवद्धता जनाउँदछु।

हामीले- आश्वासनमा होइन, कर्ममा विश्वास गर्ने हो। गरिबी, भ्रष्टचार र विभेद विरुद्ध "आँखा" चिह्नमा मतदान गरि आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्!

धन्यवाद!🙏

सन्दिप पुन

प्रतिनिधि सभा उमेदवार, रुकुम पूर्व

प्रगतिशील लोकतान्त्रिक पार्टी।

चुनावका लागि आयोगमा दर्ता भएका दलहरु
26/11/2025

चुनावका लागि आयोगमा दर्ता भएका दलहरु

01/11/2025
28/09/2025

; कपुरकाेटमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाकाे मृत्यु
----
पश्चिम रुकुम बाट दाङ तुलसीपुरतर्फ आउदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे छ, भने दुइजना गम्भीर घाइते भएका छन् । , उद्दार कार्य जारी, सबैको पहिचान खुल्न बाकी रहेकाे प्रहरीले बताएकाे छ ।

Big Breaking: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् 😮
09/09/2025

Big Breaking: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् 😮

Big Breaking: आक्रोशित युवाहरूले नेपालि काङ्ग्रेस का सभापति  शेर बहादुर देउवाको घर घेरेका छन् ।
09/09/2025

Big Breaking: आक्रोशित युवाहरूले नेपालि काङ्ग्रेस का सभापति शेर बहादुर देउवाको घर घेरेका छन् ।

09/09/2025

देश यत्रो ठूलो भ्रष्टाचारको भुमरीमा फसेर डुब्दै छ, गाउँदेखि सहरसम्म युवाहरूले न्यायको आवाज उठाइरहेका छन् । Gen-Z का सपुतहरू सडकमा पसिना र रगत बगाउँदै, आक्रोशलाई आवाज बनाउँदै आफ्नो भविष्य मात्र होइन सम्पूर्ण देशको भविष्य जोगाउन संघर्षरत छन् ।
तर रुकुम पुर्वका युवाहरू… हामी किन मौन छौं ?

अघिपछि सानो–सानो विषयमा हातमा माइक लिएर धाउने, फोटो खिचेर क्यामेरामा देखाउने, नाम कमाउन आतुर हामी… आज साच्चै देशलाई आवश्यक परेको बेला किन टाढा बाट हेरिरहेका छौं ?

यो आन्दोलन कुनै दलको होइन, यो आन्दोलन हाम्रो भविष्यको लागि हो । हाम्रो जीवनलाई बेच्ने भ्रष्टाचारविरुद्धको जंग हो ।
आज हामी मौन बस्यौं भने भोलि इतिहास मौन बस्दैन ।
आज हामी Gen-Z लाई साथ दिन डरायौं भने भोलि आफ्नै सन्ततिले हामीलाई coward भनेर हेला गर्नेछन् ।

रुकुम पुर्वका युवाहरू, समय आएको छ—
मौनता भत्काएर सडकमा आवाज बन्ने,
Gen-Z को आँखा रस्न नदिने,
देशलाई लुट्ने हात काटेर देशलाई बचाउने ।
किनकि यो देश हाम्रो हो, यो भविष्य हाम्रो हो।

पुर्वी रुकुमका Gen-z एकजुट हौ Gen-z लाई full support गरौं 🙏🙏

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अ...
08/09/2025

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्ये एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।


Address

Chhipridaha
Rukumkot

Telephone

+9779745224266

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rukumkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Rukumkot:

Share