09/09/2025
देश यत्रो ठूलो भ्रष्टाचारको भुमरीमा फसेर डुब्दै छ, गाउँदेखि सहरसम्म युवाहरूले न्यायको आवाज उठाइरहेका छन् । Gen-Z का सपुतहरू सडकमा पसिना र रगत बगाउँदै, आक्रोशलाई आवाज बनाउँदै आफ्नो भविष्य मात्र होइन सम्पूर्ण देशको भविष्य जोगाउन संघर्षरत छन् ।
तर रुकुम पुर्वका युवाहरू… हामी किन मौन छौं ?
अघिपछि सानो–सानो विषयमा हातमा माइक लिएर धाउने, फोटो खिचेर क्यामेरामा देखाउने, नाम कमाउन आतुर हामी… आज साच्चै देशलाई आवश्यक परेको बेला किन टाढा बाट हेरिरहेका छौं ?
यो आन्दोलन कुनै दलको होइन, यो आन्दोलन हाम्रो भविष्यको लागि हो । हाम्रो जीवनलाई बेच्ने भ्रष्टाचारविरुद्धको जंग हो ।
आज हामी मौन बस्यौं भने भोलि इतिहास मौन बस्दैन ।
आज हामी Gen-Z लाई साथ दिन डरायौं भने भोलि आफ्नै सन्ततिले हामीलाई coward भनेर हेला गर्नेछन् ।
रुकुम पुर्वका युवाहरू, समय आएको छ—
मौनता भत्काएर सडकमा आवाज बन्ने,
Gen-Z को आँखा रस्न नदिने,
देशलाई लुट्ने हात काटेर देशलाई बचाउने ।
किनकि यो देश हाम्रो हो, यो भविष्य हाम्रो हो।
पुर्वी रुकुमका Gen-z एकजुट हौ Gen-z लाई full support गरौं 🙏🙏