Kanchan Khabar

Kanchan Khabar स्थानिय समाचारहरु प्रकाशन र प्रसारण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न परिषद्हरूको नियमित कामकारबाही तथा विद्यमान अन्योलता सम...
03/06/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न परिषद्हरूको नियमित कामकारबाही तथा विद्यमान अन्योलता समाधानका विषयमा छलफल गरिएको छ। माननीय मन्त्री, मन्त्रालयका सचिव तथा अन्य अधिकारीहरूको उपस्थितिमा भएको छलफलमा नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद, आयुर्वेद चिकित्सा परिषद तथा प्राकृतिक चिकित्सकहरूका प्रतिनिधिहरू सहभागी भएका थिए।

छलफलमा परिषद्हरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउने, देखिएका समस्याहरू समाधान गर्ने तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।😮😮

नेपाल सरकार अन्तर्गतका सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर...
03/06/2026

नेपाल सरकार अन्तर्गतका सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरी सञ्‍चालनमा ल्याउने गरी समन्वय र सहकार्य गर्ने सम्बन्धमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यू र माननीय महावीर पुनज्यूबिच छलफल भएको छ।😮😮

03/06/2026

गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकलाई वातावरणमैत्री स्थानीय तह बनाइदै
fansDream Satyawati

https://kanchankhabar.com/detail/16958
03/06/2026

https://kanchankhabar.com/detail/16958

२० जेठ, काठमाण्डौ 'कमेडी नाइट विथ च्याम्पियन्स' को मंगलबारको एपिसोड रोचक र मनोरञ्जनात्मक रहेको छ । विश्वचर्चित क्....

https://kanchankhabar.com/detail/16957
03/06/2026

https://kanchankhabar.com/detail/16957

२० जेठ, काठमाण्डौ सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री बालेन शाहले संसदमा नेपालले पनि भारतको भूमि मिच...

https://kanchankhabar.com/detail/16956
02/06/2026

https://kanchankhabar.com/detail/16956

१९ जेठ, बुटवल/मनु गुरुङ्ग यही जेठ २२ गते शुक्रवार बुटवलमा लुम्बिनी प्रदेशका ६ जिल्लाका सांस्कृतिक लोक नृत्यहरू ए.....

सरकारले भूमि आयोग विघटन गरेर भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि नयाँ भूमि समस्या समाधान स...
02/06/2026

सरकारले भूमि आयोग विघटन गरेर भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि नयाँ भूमि समस्या समाधान समिति गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार समितिको नेतृत्व बलभद्र बास्तोला ले गर्नेछन् । सरकारको अपेक्षा छ कि नयाँ समितिले लामो समयदेखि थाँती रहेका भूमि सम्बन्धी समस्याहरू समाधान गर्न प्रभावकारी भूमिका खेल्नेछ ।

नयाँ समितिले जग्गा वितरण, स्वामित्व विवाद, अभिलेख व्यवस्थापन र नापीसम्बन्धी कामलाई प्राथमिकता दिनेछ । साथै, अब जिल्लास्तरमा छुट्टै राजनीतिक आयोग गठन नगरी प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा नियमित प्रशासनिक संयन्त्रमार्फत काम अघि बढाइने सरकारको निर्णय छ ।😮😮

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री Sasmit Pokharel ले प्रधानमन्त्री B***n Shah को सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार...
02/06/2026

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री Sasmit Pokharel ले प्रधानमन्त्री B***n Shah को सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार्दै नेपालले भारतको भूमि मिचेको भन्ने कुरा प्रधानमन्त्रीले नबोलेको बताएका छन् ।

मन्त्री पोखरेलका अनुसार प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी छलफलका क्रममा अर्को पक्षबाट आउने दाबीबारे आफू अचम्मित भएको प्रसङ्ग उल्लेख गरेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस चर्किएसँगै सरकारले यसको स्पष्टीकरण दिएको हो ।😮😮

चीनका लागि नेपालस्थित राजदूत महामहिम चाङ माउ मिङ्गले आज काठमाडौँस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री न...
01/06/2026

चीनका लागि नेपालस्थित राजदूत महामहिम चाङ माउ मिङ्गले आज काठमाडौँस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री निशा मेहतासँग शिष्टाचार भेट गर्नुभयो। भेटघाट मन्त्रीको कार्यकक्षमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको हो।

भेटमा दुवै पक्षबीच स्वास्थ्य तथा खाद्य स्वच्छता क्षेत्रमा आपसी सहयोग र आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको छ। यसले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।😮😮

प्रधानमन्त्री B***n Shah ले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिपछि प्रतिपक्षी दलहरू एकजुट भएका छन् । उनीहरूले प्रधानमन...
01/06/2026

प्रधानमन्त्री B***n Shah ले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिपछि प्रतिपक्षी दलहरू एकजुट भएका छन् । उनीहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिनुका साथै संसद्मार्फत सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइलाई विवादास्पद भन्दै संसद्को अभिलेखबाट हटाउनुपर्ने माग समेत गरेका छन् । माग पूरा नभएसम्म संसद्को बैठक अवरुद्ध गर्ने चेतावनी पनि विपक्षी दलहरूले दिएका छन् ।😮😮

Address

Kanchan Rural Municipality
Rupandehi
32912

Alerts

Be the first to know and let us send you an email when Kanchan Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kanchan Khabar:

Share