09/10/2025
सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार दिउँसो करिब ३ बजेर २० मिनेटको समयमा शारदा नगरपालिका–९ को ज्वालापुरमा दुर्घटना भएको हो ।
भागाचौरबाट थापाचौरतर्फ गइरहेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
जीप चालक वनगाड कुपिण्डे नगरपालिका–१२ का करिब २६/२७ वर्षका हरीबहादुर बुढा फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक हेमबहादुर केसीको कमाण्डमा ट्राफिक सहित ११ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहकार्यमा घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको हो।
घाइतेहरूको विवरण
१. गुमी कवर (६० वर्ष, भागाचौर) — टाउको, छाती र ढाडमा चोट, अवस्था गम्भीर।
२. सोभा कवर (१४ वर्ष) — पेट, कम्मर र दायाँ खुट्टामा चोट, अवस्था गम्भीर।
३. हरीकला कवर (१४ वर्ष) — दायाँ खुट्टा भाँचिएको, अवस्था मध्यम।
४. कमला गिरी (२० वर्ष, दुलही) — नाक, पेट र ढाडमा चोट, अवस्था मध्यम।
५. प्रविन कवर (१८ वर्ष) — बायाँ हातमा चोट, अवस्था सामान्य।
६. रेनुका कवर (१४ वर्ष) — दायाँ हातमा भित्री चोट, अवस्था सामान्य।
७. हेमराज कवर (१७ वर्ष) — ढाडमा चोट, अवस्था सामान्य।
८. कुमारी बुढाथोकी (२६ वर्ष) — छातीमा चोट, अवस्था सामान्य।
९. प्रमिला गिरी (४२ वर्ष) — टाउको र घाटीमा चोट, अवस्था सामान्य।
१०. चेतराम गिरी (२४ वर्ष, दुलहा) — पेटमा चोट, अवस्था सामान्य।
११. बिमला गिरी (१५ वर्ष) — बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
१२. रुपराल गिरी (३३ वर्ष) — टाउकोमा चोट, अवस्था सामान्य।
घटनामा घाइतेहुने सबै भागाचौरकै हुन ।
दुर्घटनाग्रस्त जीप विवाहका लागि जन्ती लिएर जाँदै गरेको खुलेको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सल्यानबाट करिब ९ किलोमिटर पश्चिमतर्फ पर्छ।
प्रहरीका अनुसार घाइतेहरू सबैको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ भने चालक फरार रहेकाले थप अनुसन्धान अघि बढाइएको छ।