Public Voice

Public Voice Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Voice, siliguri, Siliguri.
(1)

भागोप्रमोले गोर्खाल्याण्डको मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्नेभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिक...
01/08/2026

भागोप्रमोले गोर्खाल्याण्डको मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्ने

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ। पार्टी अध्यक्ष अनित थापाकाे मुख्य उपस्थितीमा बसेको बैठकले बर्तमान राजनैतिक स्थितिलाई हेरेर महत्वपूर्ण निर्णयहरु लिएको छ। आज बसेको केन्द्रीय समितिको सभामा लिइएको प्रस्तावहरू यसप्रकार छन्।

+जीटीए परित्याग गरेको मुख्य कारण गोर्खाल्याण्ड प्राप्तिको निम्ति बाटो खुल्ला गर्नु थियो। पार्टीले गोर्खाल्याण्डको मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्नेछ।
+ पार्टीकाे स्थापना दिवस अघि ( सेप्टेम्बर ९) पार्टीले अधिवेशन बोलाउने छ। ४५ वटै समष्टिका प्रतिनिधिहरु अधिवेशनका सहभागी रहनेछन्।
+ पार्टी अध्यक्षको नेतृत्वमा कोर कमिटी गठन गरिनेछ।
+ सांगठनिक विस्तारको कार्यक्रमलाई अघि बढाउन समष्टि स्तरमा सभाहरू राखिनेछ।
+ पार्टी अध्यक्षको समष्टि भ्रमण सुरु हुनेछ।

प्रेस विज्ञप्ति 30 जुलाई 2026पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न भ...
30/07/2026

प्रेस विज्ञप्ति
30 जुलाई 2026
पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न भएको छ। उपाध्यक्ष प्रशासन पीएस लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा उपाध्यक्ष प्रभारी गेजिङ जिल्ला कर्मा वाङ्चुक लेप्चा, दिपेन गुरुङ जिल्ला अध्यक्ष गेजिङ, महेन्द्र लिम्बु जिल्ला अध्यक्ष सोरेङ, इजाक लिम्बु उपाध्यक्ष युवा प्रभारी,विशाल राई महासचिव युवा प्रभारी गेजिङ, मोनाहाङ्मा लिम्बु उपाध्यक्ष प्रभारी चेलीमोर्चा, फुङदिकहाङमा लिम्बु सीएलसी प्रेसिडेन्ट याङथाङको विशेष उपस्थिति थियो।
स्थानीय जनता र पार्टी कार्यकर्ताको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न गर्दै जनताले वर्तमान एसकेएम सरकार कालमा भोग्नुपरेका कठिनाईको व्यापक छलफल भएको थियो। वक्ताहरूले यो एसकेएम सरकारले जनताको खुसीमात्र छिनेको छैन ,हाम्रा हक अधिकार र पहिचानसम्म मासिसकेको कुरा बताउदै सिक्किमको श्रीसम्पत्ति, जमिन,धरोहर ,र राजस्व आउने सरकारको अधिनरहेको इक्विटि सियरसम्म बेचिखाएको कुरा बताए। पुर्व एसडीएफ सरकार कालमा जम्मा ६१ हजार करोडको बजेटले जनतालाई सुखशान्ति र अनेकौं सहुलियत प्रदान गर्नुका साथै भौतिक पुर्वाधारमा पनि अकल्पनीय छलाङ लगाएको थियो। तर यो एसकेएम सरकारले ७ बर्षको सरकार अवधीमा एकलाख करोडभन्दा ज्यादा बजेट पास गरेको छ भने ४० हजार करोडभन्दा ज्यादा ऋण ल्याएर पनि आज सिक्किम आर्थिक सुकौरोमा परेको छ। एसकेएम सरकार गरीब बिरोधि सरकार हो। सिक्किम बिरोधि सरकार हो। त्यसैले यो सरकारलाई जरैदेखि उखेलेर फ्याक्न अब जनता आफै बोल्नुपर्छ ।आफै युद्ध लड्नुपर्छ र आफै आफ्नो सरका बनाउनुपर्छ । अब फ़ेरि एसडीएफ सरकार बनाएर सिक्किमको सह फर्काउनु पर्छ भन्ने शंखघोस गरे। अब धारावाहिक रुपमा पश्चिम सिक्किमका आठैवटा निर्वाचन क्षेत्रमा सभा राखिने जानकारी गराउदै सभा सम्पन्न भयो।

मनुहाङमा लिम्बु
उपाध्यक्ष प्रभारी चेलीमोर्चा गेजिङ जिल्ला

29/07/2026

गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि पार्टीको नाम गरेर पैसा उठाउनेहरु विरुद्ध सिक्किम अनि सिलगढीमा FIR दर्ता !

Home and Hill Affairs राज्य मन्त्री विशाल लामा अनि विधायक भरत छेत्रीलाई गोरुबथान गोजमुमो कार्यालयमा स्वागत जनाउँदै
29/07/2026

Home and Hill Affairs राज्य मन्त्री विशाल लामा अनि विधायक भरत छेत्रीलाई गोरुबथान गोजमुमो कार्यालयमा स्वागत जनाउँदै

27/07/2026

भानु स्मरण तथा पुरस्कार अलङ्करण समारोहमा प्रमुख अतिथिको सम्भाषण राख्दै सिक्किमका वरिष्ठ साहित्यकार एम.एन. दाहाल

26/07/2026
26/07/2026

डुवर्स नेपाली साहित्य विकास समितिको स्वागत गीत

26/07/2026

भानु स्मरण एवं पुरस्कार अलङ्करण समारोह २०२६

  शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
25/07/2026


शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

Address

Siliguri
Siliguri
734429

Alerts

Be the first to know and let us send you an email when Public Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share