Radio Sarokar FM 98.5 MHz

Radio Sarokar FM 98.5 MHz SAROKAR FM is committed to give priority to news and informative programs making the local issue etc.....

कर्णालीको पिडा: कालिकोटको जनताले नुनको लागि निकै कष्ट भोग्दै आइरहेका छन् । लामो यात्रा तय गरि समय र पैसा खर्च गरेर कालिक...
29/12/2024

कर्णालीको पिडा: कालिकोटको जनताले नुनको लागि निकै कष्ट भोग्दै आइरहेका छन् । लामो यात्रा तय गरि समय र पैसा खर्च गरेर कालिकोटका जनताहरु सिमित मात्रामा पाइने नुनको लाइनमा बस्न बाध्य छन् । त्यो नुन पनि छोटो समयमै सकियो भने तत्काल सोही व्यक्तिले नुन पाउदैनन् अनि एकै परिवारका एक भन्दा बढी सदस्यले दोहोराएर नुन लिन पनि नपाइने । कर्णालीको दु:ख कर्णालीबासी लाई थाहा हुन्छ, त्यही दु:ख बिसाउन र जनताले खेप्नु परेको सास्तीको बारेमा सम्बन्धित निकाय सम्म पुराउनको लागि कालिकोटकै vlogger Mb Kamal ले बनाएको भिडियो लाखौंले हेरेका छन् भने वहाँको भिडियो मार्फत कालिकोटको दु:ख प्रष्ट देख्न सकिन्छ! 🥹

मधेस प्रदेश सरकारले ल्याउन लागेको मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन १०८१ सम्बन्धि पहिलो संशोधन अध्यादेशको विरो...
29/12/2024

मधेस प्रदेश सरकारले ल्याउन लागेको मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन १०८१ सम्बन्धि पहिलो संशोधन अध्यादेशको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा कर्मचारीहरूको माग र समस्या सम्बोधन नगरी गरिएको निर्णयले समग्र स्वास्थ्य सेवा प्रभावित हुने खतरा छ। सरकारले स्वास्थ्यकर्मीहरूको आवाज सुनेर न्यायपूर्ण समाधान खोजोस्।

#मधेसप्रदेश #स्वास्थ्यकर्मीआन्दोलन #न्यायकोमाग

सखुवा पर्सौनी गाउँपालिकामा भव्य पार्टी प्रवेश कार्यक्रम   सखुवा पर्सौनी गाउँपालिकाको औराहा पाचगावामा आज भव्य पार्टी प्रव...
29/12/2024

सखुवा पर्सौनी गाउँपालिकामा भव्य पार्टी प्रवेश कार्यक्रम

सखुवा पर्सौनी गाउँपालिकाको औराहा पाचगावामा आज भव्य पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थिति रहेको छ।

आयोजित कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ, जसमा विभिन्न राजनीतिक दल र क्षेत्रका नेताहरू सहभागी भएका छन्। यो पार्टी प्रवेश कार्यक्रमलाई ऐतिहासिक मानिँदैछ, किनभने यसले स्थानीय राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा आफ्नो सम्बोधन दिने क्रममै पार्टीका भावी योजना र स्थानीय विकासका प्राथमिकताबारे धारणा राख्ने विश्वास गरिएको छ। कार्यक्रमस्थलमा ठूलो संख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको छ, जसले कार्यक्रममा थप उत्साह थपेको छ।

यस ऐतिहासिक कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्न विशेष तयारी गरिएको छ। प्रधानमन्त्री ओलीको सम्बोधनले पार्टीको आगामी दिशा र उद्देश्य स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

काठमाडौँका मेयर बालेन साहविरुद्ध कवाड व्यवसायीहरूको विरोध प्रदर्शन ।
29/12/2024

काठमाडौँका मेयर बालेन साहविरुद्ध कवाड व्यवसायीहरूको विरोध प्रदर्शन ।

महोत्तरी जिल्लाको एक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने छात्रासँग यौन दुर्व्यवहार गरेको भन्दै विद...
29/12/2024

महोत्तरी जिल्लाको एक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने छात्रासँग यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रधानाध्यापक झामाथि कानुनी कारबाहीको मागसहित आन्दोलन सुरु गरेका छन् ।

तस्बिर: सञ्जीतकुमार मण्डल/रासस

बाराका अनिल शाह अगामी पौष २१ गतेदेखि हुने जय ट्रफी (Elite Cup) नखेल्ने भएका छन्। एनपीएलमै हातमा चोट लागेर घाइते भएका अनि...
29/12/2024

बाराका अनिल शाह अगामी पौष २१ गतेदेखि हुने जय ट्रफी (Elite Cup) नखेल्ने भएका छन्। एनपीएलमै हातमा चोट लागेर घाइते भएका अनिल सेमिफाइनल र फाइनल गुमाएका थिए।

Update : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो !! 😳💔
29/12/2024

Update : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो !! 😳💔

आज हाम्रा स्वर्गीय राजा वीरेन्द्रको ७९ औं जन्मजयन्ती । ❤️🇳🇵
29/12/2024

आज हाम्रा स्वर्गीय राजा वीरेन्द्रको ७९ औं जन्मजयन्ती । ❤️🇳🇵

इलामको पानीटार चिया बगानइलामको देउमाई नगरपालिका -३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी  । पछिल्लो समय पर्यटकको ...
29/12/2024

इलामको पानीटार चिया बगान

इलामको देउमाई नगरपालिका -३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन् ।

तस्बिरः रामकुमार लिम्बू/रासस

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर करिब १८१ जना यात्रु सवार विमान ...
29/12/2024

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर करिब १८१ जना यात्रु सवार विमान दुर्घटना भएको छ । यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।😭

शुभ_प्रभात : आज आइतबार गढिमाताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️ 🙏
29/12/2024

शुभ_प्रभात : आज आइतबार गढिमाताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️ 🙏

28/12/2024

🙏

को हुन यी महिला ? यिनि संग के भएको हो ? राजबिराज नगरपालिका वडा नम्बर ६ घर बताउदै गरेको लाग्यो । कसैसङ केही जानकारी भए पाउ न !

📸 :- Madhesh people


゚viralシ

त्रिभुवन विश्वविद्यालयको आजको ५० औँ दीक्षान्त समारोहमा उत्तीर्ण हुनुहुने सबैलाई हार्दिक बधाई 💗🎓
28/12/2024

त्रिभुवन विश्वविद्यालयको आजको ५० औँ दीक्षान्त समारोहमा उत्तीर्ण हुनुहुने सबैलाई हार्दिक बधाई 💗🎓

त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीको सम्बोधन- कुनै शक्तिसँग नझुक्ने स्वाभिमानी नागरिक हौं ।उनले भने, ‘तपाईंहर...
28/12/2024

त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीको सम्बोधन- कुनै शक्तिसँग नझुक्ने स्वाभिमानी नागरिक हौं ।

उनले भने, ‘तपाईंहरु कहिल्यै पनि कुनै पनि शक्तिको अगाडि विश्वमा उपनिवेशवादले दुनियाँमा राज गरेको बेलामा स्वाधीन रहन सकेको सानो मुलुक, जसले हार्न जानेन- त्यस देशका स्वाभिमानी नागरिक हौं हामी । त्यसैले देशभक्तिको भावना छाड्न हुँदैन । हामी बुद्धको देशका मान्छे हौं । हामी शान्ति चाहन्छौं ।’

28/12/2024

दुई तिहाईको सरकार हुँदा पनि काम भएन भन्दै ग र्जिए बालेन, भन्छन् अब त यो देश बन्नुपर्छ ढिलाभइसक्यो

भिडियो : सामाजिक सञ्जाल

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई महामेलाको लागि गत असारमा बाँधिएको 'सिवान' हिजो शुक्रबार पुजाआजा गरेर खोलिएको छ। सिमाना ब...
28/12/2024

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई महामेलाको लागि गत असारमा बाँधिएको 'सिवान' हिजो शुक्रबार पुजाआजा गरेर खोलिएको छ। सिमाना बाँधिएपछि आफन्तकहाँ कोसेली, नयाँ वस्त्र लगायतका समानहरु लैजान पाईदैन भने सिमाना खोलिएपछि अब सबै कार्य गर्न सकिने छ। 🙏

ट्रम्पको शपथअघि विदेशी विद्यार्थीलाई चाँडै फर्कन बिश्वबिध्यालयहरुले  आग्रह गरेका छन् । ट्रम्पको शपथग्रहण अघि कर्नेल विश्...
27/12/2024

ट्रम्पको शपथअघि विदेशी विद्यार्थीलाई चाँडै फर्कन बिश्वबिध्यालयहरुले आग्रह गरेका छन् । ट्रम्पको शपथग्रहण अघि कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले आफ्नो वेबसाइटमा नयाँ राष्ट्रपति प्रशासनअन्तर्गत आप्रवासन परिदृश्य परिवर्तन हुने सम्भावना रहेको जनाउँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आगामी वर्ष जनवरी २१ बाट सुरु हुने अर्को सेमेस्टर सुरु हुनुअघि फर्कन वा ‘यात्रा योजनाबारे सल्लाहकारसँग कुरा गर्न र ढिलाइका लागि तयार रहन’ सल्लाह दिएको छ। Source:-

नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य घटाएको छ । संघका अनुसार अण्डाको मूल्य १४० रुपैयाँले घटेको हो । शनिब...
27/12/2024

नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य घटाएको छ । संघका अनुसार अण्डाको मूल्य १४० रुपैयाँले घटेको हो । शनिबारबाट मध्यम अण्डाको मूल्य ३५० रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६० रुपैयाँ पुगेको छ।

Address

Prasauni Ward-2 (Bara)
Simara
44413

Alerts

Be the first to know and let us send you an email when Radio Sarokar FM 98.5 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sarokar FM 98.5 MHz:

Videos

Share