29/10/2025
मनाङको तिलिचो तालमा आन्तरिक पर्यटकको उद्धार
मनाङ । मनाङको तिलिचो ताल घुम्न गएका एक आन्तरिक पर्यटकलाई लेक लागेर बेहोस भएपछि उद्धार गरिएको छ।
उक्त पर्यटकलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा खटिएको सशस्त्र प्रहरी बलको सुरक्षा फौजले उद्धार गरेको हो। पर्यटक उच्च हिमाली क्षेत्रमा श्वासप्रश्वासमा समस्या आएपछि अचेत बनेका थिए।
सशस्त्र प्रहरी टोलीले समयमै उद्धार गरी सुरक्षित स्थानमा पु-याई उपचारका लागि व्यवस्था गरेको जनाएको छ।