Siddhababa Tv II शिद्धबाबा टेलिभिजन

  • Home
  • Nepal
  • Sindhuli
  • Siddhababa Tv II शिद्धबाबा टेलिभिजन

Siddhababa Tv II शिद्धबाबा टेलिभिजन SiddhababaHD TV. Sindhuli's first HD channel.

12/12/2025

सिन्धुलीको कमलामाई नगरपालिकामा शुरु गरिएको बाल कला तथा साहित्य महोत्सव आज शिद्धबाबा मावि पानिट्याङकीमा गरियो, बालबालिकामा रहेको अन्तर निहित क्षमताको विकास गर्ने महोत्सवको उद्धेश्य ।

सिन्धुलीको कमलामाई नगरपालिकामा शुरु गरिएको बाल कला तथा साहित्य महोत्सव  शिद्धबाबा मावि पानिट्याङकी।@followers
12/12/2025

सिन्धुलीको कमलामाई नगरपालिकामा शुरु गरिएको बाल कला तथा साहित्य महोत्सव शिद्धबाबा मावि पानिट्याङकी।
@followers

12/12/2025

आत्मा हत्या समेत गराउँछ घरको वास्तु मिलेन भने-ज्योतिषाचार्य तुलसी भारद्वाज

11/12/2025

लालिगुराँस उपभोक्ता सहकारी संस्था लिमिटेड बाट श्रष्टा सम्मान, रक्तदान, सरसफाई कार्यक्रम गर्दै संस्थाको १७ औ वार्षिक साधारण सम्पन्न।

लालिगुराँस उपभोक्ता सहकारी संस्था लिमिटेड बाट श्रष्टा सम्मान, रक्तदान, सरसफाई कार्यक्रम गर्दै संस्थाको १७ औ वार्षिक साधा...
11/12/2025

लालिगुराँस उपभोक्ता सहकारी संस्था लिमिटेड बाट श्रष्टा सम्मान, रक्तदान, सरसफाई कार्यक्रम गर्दै संस्थाको १७ औ वार्षिक साधारण सम्पन्न।

11/12/2025

नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा बाट स्थानिय दुई विद्यालयमा सरसफाई सामाग्री वितरण, दुवै बिद्यालयमा युवा तथा जुनियर रेडक्रस सर्कल समिति पनि गठन ।।

10/12/2025

भदौ २३ र २४ गते भएको जेनजी आन्दो"लनलाई सरकारले 'जनआन्दोलन' को मान्यता दिनेभएको छ ।

10/12/2025

सिन्धुलीको तिनपाटन गाउँपालिकामा नगर अस्पताल सञ्चालनमा आए सँगै सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

10/12/2025

जेनजेड युवा समूहबाट आगामी फागुन २१ गते तोकिएको प्रतिनिधी सभा चुनावका लागि राष्ट्रिय परिवर्तन पार्टी सँग जोडिएको जानकारी।

10/12/2025

अबैध काठ सहितको गाडी नियन्त्रणमा लिई डिभिजन बन कार्यालयमा बुझाइयो
सिन्धुली, मंसिर २४ २०८२, बुधबार ।
सिन्धुलीको दुधौली नगरपालिका २ बसनिया बोलेनटार बाट बुधबार अवैध काठ सहितको गाडी नियन्त्रणमा लिई डिभिजन बन कार्यालयमा बुझाइएको छ । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, डकाहा र प्रहरी चौकी हत्पतेबाट खटिएको प्रहरी टोलीले अवैध काठ सहितको गाडी नियन्त्रणमा लिएको हो ।
मदन भण्डारी राजमार्ग बाट लङगुरखोला तर्फ जाने भित्री सडक खण्डमा अबैध चिरान काठ लोड गरिरहेको अवस्थामा मधेश प्रदेश ०४–००१ च ०३५१ नम्बरको योध्दा पिक अप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अन्दाजी ६ फिट लम्बाई र ८ ईन्च चौडाई भएको ३९ थान अबैध साल जातको चिरान काठ सहितको गाडी नियन्त्रणमा लिएको कार्यालयको भनाई छ । काठ सहितको गाडी आवश्यक अनुसन्धान पश्चात् कानूनी कारवाहीको लागि डिभिजन बन कार्यालय सिन्धुलीमा बुझाइएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीको भनाई छ ।

10/12/2025

सिन्धुलीको पिपल भञ्याङमा दुई वटा मोटरसाईकल ठक्कर खादा ४ जना घाईते
सिन्धुली, मंसिर २४ २०८२, बुधबार ।
बि.पि राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका २ पिपल भञ्याङमा बुधबार दुई वटा मोटरसाईकल ठक्कर खादा ४ जना घाईते भएकाछन् । खुर्कोटबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्रदेश .०२–०६० प ६३०३ नम्वरको पल्सर मोटरसाईकललाई बिपरित दिशा सिन्धुलीबाट खुर्कोटतर्फ जादै गरेकोे प्रदेश ३–०२–०१२ प ६३६० नं. पल्सर मोटरसाईकलले ओभरट्रयाक गर्ने क्रममा एक आपसमा ठक्कर खाँई दुर्घटना हुदा चार जना घाईते भएकाहुन् । घाईते हुनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ७ का ४२ बर्षिय लोक बहादुर कार्की, सोही ठाउँका ३८ बर्षिय राम बहादुर कार्की रहेकाछन् । लोक बहादुरको दाहिने हात फ्याक्चर, टाउकोमा सामन्य चोट लागेको र राम बहादुर को निधारमा चोट लागि अवस्था मध्यम रही सिन्धुली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यसैगरी बागमती प्रदेश ०२–०६० प ६३०३ नम्वरको मोटर साईकलमा सवार सर्लाहीको मलंगवा नगरपालिका ६ खुटैना का २२ बर्षिय अर्मान अलाम मिक्रानि र महोत्तरीको सोनमा गाउँपालिका २ का २१ बर्षिय समिर राज यादव घाईते भएकाछन् । उनीहरुले रिफर माग गरेकाले थप उपचारका लागि काठमाण्डौ पठाइएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

10/12/2025

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका कार्यक्रम बुधबार बाट सकिएकाछन् । जिल्लाका स्थानिय तह तथा विभिन्न संघ संस्था मार्फत भएको कार्यक्रमको समिक्षा गर्दै साँझ दिप प्रज्वोलन लगायतका कार्यक्रम गरी अभियानका कार्यक्रम सकिएका हुन् ।

Address

Kamalamai/4
Sindhuli

Alerts

Be the first to know and let us send you an email when Siddhababa Tv II शिद्धबाबा टेलिभिजन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddhababa Tv II शिद्धबाबा टेलिभिजन:

Share