DEV MAGAR

DEV MAGAR मेरो फेसबुक पेज मा हजुरलाई स्वागत छ💕🙏💕।

03/09/2025

नेपालमा कन्टेन्ट मनिटाइजेसन सुरु, बैंकबाट सजिलै रकम निकाल्न सकिन्छः मेटा
#सिन्धुली । मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो ।

यसले नेपाली कन्टेन्ट क्रियटरका लागि आम्दानीको नयाँ ढोका खोलेको छ । यस विषयमा प्रविधि क्षेत्रमा सक्रिय राजेन्द्र अर्यालले मेटा टिमसँग सम्पर्क गर्दा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको हो ।

मेटाले आफ्नो जवाफमा भनेको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकमका लागि आफ्नो स्थानीय बैंक खाता प्रयोग गर्न सक्छन । किनभने मेटाले यो सुविधा आधिकारिक रूपमा सुरु गरेको छ र नेपाली बैंक खातामा सिधै भुक्तानी पठाउन थालेको छ ।”

यससँगै अब फेसबुकको मनिटाइजेसनका लागि योग्य भएका नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भर्नुपर्नेछ ।

“यसअघि पनि केही नेपाली फेसबुक कन्टेन्ट क्रिएटरले विभिन्न माध्यमबाट नेपाली बैंक खाता लिंक गरेर आम्दानी गर्दै आएका थिए,” अर्यालले भने, “तर अब कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र आधिकारिक भएको छ । अब ढुक्क भएर नेपाली बैंक खाता लिंक गरी आम्दानी गर्न सकिन्छ ।”

कन्टेन्ट मनिटाइजेसनभन्दा अगाडि फेसबुकले सीमित क्षेत्रका क्रियटरलाई तीन ओटा कार्यक्रम अन्तर्गत भुक्तानी दिने गरेको थियो । पहिलो- ‘इनस्ट्रिम एड्स’ । यो भनेको लामो भिडिओमा देखिने विज्ञापन हो । दोस्रो- ‘एड्स अन रिल्स’ । अर्थात् रिल्समा विज्ञापन देखाए वाफत भुक्तानी दिने । र, तेस्रो हो - ‘पर्फमेन्स बोनस । यो भनेको भिडिओ, फोटो र टेक्स्ट पोस्टका आधारमा फेसबुकले बोनस मार्फत पठाउने रकम ।

३१ अगस्टदेखि मेटाले इनस्ट्रिम एड्स र एड्स अन रिल्सलाई सधाका लागि विस्था‍पित गरेको छ । अर्थात् यसअघि सुरु भएका तीन ओटै मनिटाइजेसन कार्यक्रम अब ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ अन्तर्गत पर्नेछन् ।

कन्टेन्ट मनिटाइजेसनका लागि के छ मापदण्ड ?

मेटाले प्रत्यक्ष रूपमा यो मापदण्ड पूरा गर्ने प्रयोगकर्तालाई कन्टेन्ट मनिटाइजेसनमा राख्ने भन्ने निर्णय गरिसकेको छैन । अहिलेलाई मेटाले योग्य क्रियटरलाई आफैँ छनोट गरिरहेको छ, जसलाई ‘इन्भाइट वन्ली’ भनिएको छ ।

मेटाबाट यस्तो इन्भिटेसन पाउने क्रियटरले मेटा बिजनेस सुइट र प्रोफेसनल ड्याशबोर्डबाट पेआउट सेटअप गर्न सक्नेछन् । यतिबेलासम्म पनि इन्भिटेसन नपाएका प्रयोगकर्ताले भने यहाँ क्लिक गरेर अनुरोध गर्न सक्नेछन् ।

यसरी कन्टेन्ट मनिटाइजेसनका लागि योग्य क्रियटरले पेआउट सेटअप गर्न सक्छन् । त्यस्तै क्रियटरले पार्नर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पूर्ण रूपमा पालना गरेको हुनुपर्छ । यसरी कुनै पनि नीति उलङ्घन नगरी निरन्तर सञ्चालन गर्दै आइरहेका क्रियटरलाई मेटाले रकम उपलब्ध गराउँछ । क्रियटरले राख्ने भिडिओ, रिल्स, स्टोरी र टेक्स्ट फोटोका आधारमा मेटाले कति रकम दिने भन्ने निर्धारण गर्छ । भिडिओबाट आम्दानी गर्नका लागि भने उक्त भिडिओ कम्तिमा पनि १५ सेकेन्डको हुनुपर्छ ।

कपिराइट लाग्यो, ब्रान्डेड कन्टेन्टमा पर्‍यो, अयोग्य भाषामा पर्‍यो, कन्टेन्ट डिलिट भयो, क्रियटरले एड्स डिसेबल गरेको छ, अनाधिकृत तरिकाले इङ्गेजमेन्ट बढाएको छ भने त्यस्ता पेजले रकम कमाउन्ट नसक्ने फेसबुकले स्पष्ट पारेको छ । अरुको कन्टेन्ट राखिएको छ र त्यसमा तेस्रो पक्षले दाबी गरेको छ भने पनि त्यस्तोमा पोस्टबाट हुने आम्दानी तेस्रो पक्षले दाबी गर्न पाउँछ ।

कन्टेन्ट मनिटाइजेसनका लागि पेज योग्य छ कि छैन भन्ने थाहा पाउन मोबाइलमा फेसबुक पेज खोल्नुहोस् । अनि प्रोफेस्नल ड्याशबोर्डमा जानुहोस् । र, मनिटाइजेसनमा गएर कन्टेन्ट मनिटाइजेसन अप्सन छान्नुहोस् ।

त्यसपछि टर्म्स एन्ड कन्डिसन एसेप्ट गरेर भुक्तानीको विवरण भरी ‘कम्प्लिट’ सेटअप गर्न सक्नुहुन्छ । कम्प्युटरमा मेटा बिजनेस सुइटमा गएर यही प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

26/08/2024

"टुडिखेलमा नारावाजी भएपछि आक्रोशित" 🤭🤗

#देबु

26/08/2024

प्रकाश को कथा♥️🙏♥️ हेर्ने कथा ❤️
#हेर्नेकथा
#देबु

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीमा हाइलक्स गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिह...
25/08/2024

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीमा हाइलक्स गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको छ ।

खोटाङ हलेसीबाट काठमाडौंतर्फ फर्कदै गरेका इसुजु हाइलेक्स गाडी मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा हिजो साँझ खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

गाडीबाट हाम्फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । कक्षपतीले नै घटनाबारे प्रहरीलाई जानकारी गराउनुभएको हो ।

सुनकोशी नदीमा खसेर वेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका अविन बडे, सोही ठाउँका प्रनित स्यागु र बलराम घटुवा छन् ।

दुर्घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको थियो ।

रातिका समयमा उद्दारमा कठिनाइ भएको थियो । आज बिहानैबाट खोजी सुरू गरेको गोताखोरले हाइलेक्स गाडी नदीको पानीबाट बाहिर निकालेको छ । गाडीमा कुनैपनि शब फेला नपरेको र नदीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ।

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट -घुर्मी खण्डको गोलान्जोर गाउँपालिका- १ कुडुलेमा हाइलेकस गाडी अनियन्त्रित भई सुनक...
24/08/2024

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट -घुर्मी खण्डको गोलान्जोर गाउँपालिका- १ कुडुलेमा हाइलेकस गाडी अनियन्त्रित भई सुनकोशी नदिमा खस्दा तीन जना बेपता भएका छन् ।

खोटाङको हलेसीबाट भक्तपुर फर्कदै गरेको सुजुकी हाइलक्स गाडी साँझ ५ बजे सुनकोशीमा खस्दा भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका ३२ वर्षिय अबिन बदे, ३० वर्षिय प्रनित स्यागु र ३७ वर्षिय बलराम घटुवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उपरिक्षक काफ्लेका अनुसार गाडीमा सवार चार जना मध्य २७ वर्षिय सुसान्त कक्षपति प्रहरीको सम्पर्कमा रहेको र उनी मध्यम घाईते भएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

23/08/2024

वा छोरा वा 👏😁🤭😁

21/08/2024

Sad News😥😥
नागढुंगामा भीषण पहिरो, गुडिरहेको गाडीमाथि ढुंगाखस्दा दुई जना घाइते भएका छन् ।😥😥
#देबु

प्रकृति ❤️🙏❤️
03/08/2024

प्रकृति ❤️🙏❤️

Sad News😥😥पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटनापोखरा । विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।...
29/07/2024

Sad News😥😥
पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना
पोखरा । विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माका अनुसार बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए । यो विद्यालय बिरौटामा छ । विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

चुँडिएको चप्पल बार बार गाँस्नु भन्दा बाटोमै छोडेर हिंड्नु राम्रो, किनकि गन्तव्य सम्म छिटो पुगिन्छ । ❤️🙏❤️
22/07/2024

चुँडिएको चप्पल बार बार गाँस्नु भन्दा बाटोमै छोडेर हिंड्नु राम्रो, किनकि गन्तव्य सम्म छिटो पुगिन्छ । ❤️🙏❤️

20/07/2024

आज शनिबार यसरी नै वित्यो । मौरी पालन गर्ने युवाहरू 🤗🤭🤭♥️🙏♥️

Address

Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when DEV MAGAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DEV MAGAR:

Share

Category