Star Khabar

Star Khabar News Reporting

मिर्चैया नगरपालिका–३ बालुवा टोलस्थित चन्द्रबती नहरमा सोमबार बिहान करिब ९:२० बजे मिर्चैया–२ मल्हनिया टोलका ४५ वर्षीय रामस...
06/10/2025

मिर्चैया नगरपालिका–३ बालुवा टोलस्थित चन्द्रबती नहरमा सोमबार बिहान करिब ९:२० बजे मिर्चैया–२ मल्हनिया टोलका ४५ वर्षीय रामसागर ठाकुरले अज्ञात कारणले नहरमा हाम फालेका छन्।
स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयालाई फोनमार्फत खबर गरेका थिए।
खबर पाएलगत्तै #नेपाल_आर्मीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ।
#सिरहा #मिर्चैया #दुःखदघटना #जीवनअमूल्यछ #समाजसन्देश

सिरहा कल्याणपुर नगरपालिका–१२ वेल्हामा पानिको चाप थाम्न नसकी बाटो भत्किँदा आसपासका बस्ती डुबानमा परेका छन्। वेल्हा, सारश्...
05/10/2025

सिरहा कल्याणपुर नगरपालिका–१२ वेल्हामा पानिको चाप थाम्न नसकी बाटो भत्किँदा आसपासका बस्ती डुबानमा परेका छन्। वेल्हा, सारश्वर र बसबिट्टा क्षेत्रका घरमा पानि पस्न थालेपछि नेपाली सेनाले तत्काल उद्धार कार्य सञ्चालन गरेको छ। 🙏🇳🇵

04/10/2025

चट्याङबाट कसरी जोगिने ?...
हेरौं यो भिडियो ...

मिति २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु बाहेक नेपाल राज्यभर सार्वजन...
04/10/2025

मिति २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने गृह मन्त्रालयले निर्णय।

सावधान रहौं...
04/10/2025

सावधान रहौं...

04/10/2025

कसैको घरमा आक्रमण कानुनमाथिको प्रहार हो, न्यायमाथिको धक्का हो।प्रहरी दर्शक बनेर हेर्दा कानुनी राज्य लाजले झुक्छ।
कल्याणपुर–५ का पीडित दलित परिवारका लागि न्याय चाहिन्छ, सहानुभूति होइन — कारवाही चाहिन्छ!

04/10/2025

“शान्ति सुरक्षाका लागि कल्याणपुरबाट प्रहरी बोलाएका थियौँ, तर ईलाका प्रहरी कार्यलय कल्याणपुरका इन्चार्ज संजय शर्मा कै अगाडि तोडफोड र लुटपाट भयो,”
https://sstarkhabar.com

 #सहयोग_गरौं......भदौ २४ गते विष्णुपुर गाउँपालिकामा Gen-Z आन्दोलनका क्रममा गोली लागी घाइते भएका कृष्ण यादवलाई र आर्थिक ब...
04/10/2025

#सहयोग_गरौं......
भदौ २४ गते विष्णुपुर गाउँपालिकामा Gen-Z आन्दोलनका क्रममा गोली लागी घाइते भएका कृष्ण यादवलाई र आर्थिक बिपन्न भएका परिबारहरुलाइ सहयोग गर्नका लागि विष्णुपुर गाउँपालिकाका Zeng-Youth बीच आपसी विचार–विमर्श सम्पन्न भएको छ।

यस सन्दर्भमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सानो सहयोगका लागि हार्दिक अपिल गर्दछौँ।
बिष्णुपुर गा.पा.स्वतन्त्र युवा समाज (Gen Z)

💠 सहयोग गर्न सकिने खाता नम्बर:
Account No.: 08705050252683
Account Name: Upendra Kumar Yadav
Bank: NIMB

सिरहा :"बिष्णुपुरमा पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु"सिरहा, असोज १६। सिरहाको बिष्णुपुर गाउँपालिका–३ रजोखैरस्थित ब...
02/10/2025

सिरहा :"बिष्णुपुरमा पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु"

सिरहा, असोज १६।
सिरहाको बिष्णुपुर गाउँपालिका–३ रजोखैरस्थित बडकि पोखरीमा डुबेर चार वर्षीया बालिकाको ज्यान गएको छ।

मृतक बालिका श्रीराम पासमान (भुला) की छोरी आशा कुमारी पासमान रहेको स्थानीयहरूले जानकारी दिएका छन्।
घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ कार्य अघि बढाइरहेको जनाइएको छ।

अचानक घटेको यस घटनाले गाउँमा शोकको वातावरण सिर्जना भएको छ।

02/10/2025

#जिल्ला_प्रशासन_कार्यालप_सिरहाको_अनुरोध
जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
यही असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमश: सर्ने र त्यसको प्रभावले नेपालमा वर्षा गराउने छ ।
यी जिल्लाहरुमा नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले विशेष बुलेटिन जारी गरेर अनुरोध गरेको छ । यसर्थ यस अवधिमा खोला तथा नदि किनारमा नजान , पोखरी तया नदिमा पौडि नखेल्न, अत्यावश्यक काम नपरी लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ। #

सिरहा :घाँस काट्न गएकी वृद्धा मृत फेला https://sstarkhabar.com
02/10/2025

सिरहा :घाँस काट्न गएकी वृद्धा मृत फेला
https://sstarkhabar.com

असोज-१६ सिरहा।स्टार खबर।

Address

Siraha
Bishunpur
56500

Alerts

Be the first to know and let us send you an email when Star Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company in Bishunpur?

Share