Siraha online khabar

Call Directions Website

Siraha online khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siraha online khabar, Media/News Company, SIRAHA, Siraha.

SIRAHA ONLINE KHABAR
This is Our Official page
FOR ANY INFORMATION
Call/Whatsaap/Viber CONTACT +9779819721554 ,9828838103
E-mail :- [email protected]

पशुपतिनाथ मन्दिरमा मुस्लिम युवाको गैरकानुनी प्रवेश र टिकटक विवाद: हिन्दू सम्राट सेनाको विरोधपछि साइबर ब्युरोमा उजुरीकाठम...
07/10/2026

पशुपतिनाथ मन्दिरमा मुस्लिम युवाको गैरकानुनी प्रवेश र टिकटक विवाद: हिन्दू सम्राट सेनाको विरोधपछि साइबर ब्युरोमा उजुरी

काठमाडौँ — विश्व प्रसिद्ध पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा र नियम उल्लङ्घन गर्दै एक मुस्लिम युवाले मन्दिरको मूल परिसरभित्र प्रवेश गरी टिकटक भिडियो बनाएको घटना सार्वजनिक भएको छ।

हिन्दू बाहेकका अन्य धर्मावलम्बीहरूलाई प्रवेश निषेध गरिएको संवेदनशील क्षेत्रमा ती मुस्लिम युवा प्रवेश गरेपछि 'हिन्दू सम्राट सेना नेपाल'ले कडा विरोध जनाउँदै पशुपति क्षेत्र विकास कोषलाई ज्ञापनपत्र बुझाएको छ। कोषले उक्त घटनालाई गम्भीरताका साथ लिँदै दोषी मुस्लिम युवामाथि कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ।

घटनाको विवरण
पशुपतिनाथ मन्दिरको मूल परिसरमा हिन्दू बाहेक अन्य धर्मावलम्बीको प्रवेश पूर्ण रूपमा वर्जित छ। प्रवेशद्वारहरूमा सुरक्षाकर्मी तैनाथ भएकै अवस्थामा पनि मुस्लिम युवा मन्दिर परिसरभित्र छिरेर टिकटक भिडियो बनाउन सफल भएका थिए।
उक्त भिडियोहरू सामाजिक सञ्जाल टिकटकका र नामका खाताहरूबाट सार्वजनिक गरिएका छन्। जानीजानी मन्दिरको मर्यादा, परम्परा र कानुनको अवहेलना गरी मुस्लिम युवाले हिन्दूहरूको धार्मिक आस्थामाथि आघात पुर्‍याएको भन्दै तीव्र आक्रोश व्यक्त भइरहेको छ।

हिन्दू सम्राट सेना नेपालका प्रमुख मागहरू
घटनापश्चात् हिन्दू सम्राट सेना नेपालले पशुपति क्षेत्र विकास कोषका अध्यक्षलाई लिखित ज्ञापनपत्र बुझाउँदै निम्न मागहरू अघि सारेको छ:
* तत्काल कानुनी कारबाही: मन्दिरको नियम र धार्मिक मर्यादा उल्लङ्घन गरी भिडियो बनाउने मुस्लिम युवा तथा सम्बन्धित टिकटक खाता सञ्चालकहरूमाथि प्रचलित कानुन बमोजिम कडा प्रशासनिक र कानुनी कारबाही गरियोस्।
* किटानी जाहेरी प्रक्रिया: पशुपति क्षेत्र विकास कोषको तर्फबाट गौशाला प्रहरी वृत्त तथा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दोषी मुस्लिम युवाविरुद्ध आवश्यक कानुनी सिफारिस र किटानी जाहेरी अघि बढाइयोस्।
* सुरक्षा जाँचमा कडाइ: भविष्यमा मुस्लिम युवा वा अन्य गैर-हिन्दूहरूको यस प्रकारको गैरकानुनी प्रवेश र धार्मिक मर्यादा विपरीतका कार्यहरू रोक्न मन्दिरका सबै प्रवेशद्वारहरूमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइयोस्।
पशुपति क्षेत्र विकास कोषको कदम र अनुसन्धान

हिन्दू सम्राट सेना नेपालको ज्ञापनपत्र प्राप्त हुनासाथ पशुपति क्षेत्र विकास कोषले दोषी मुस्लिम युवाको खोजी तथा छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ।

साइबर ब्युरोले भिडियो अपलोड गरिएका टिकटक खाताहरूको विवरण र प्राविधिक अध्ययनमार्फत दोषी मुस्लिम युवाको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु गरिसकेको छ। साथै, कोषले शीघ्र बैठक डाकेर घटनाको आन्तरिक छानबिन गर्ने र गौशाला प्रहरी वृत्तको सहयोगमा मन्दिर परिसरको सुरक्षा व्यवस्थालाई अझ कडा बनाउने प्रतिबद्धता जनाएको छ।

गोलबजारका सुधिर महतो पक्राउसिरहा । ठगीसम्बन्धी कसुरमा फरार रहेका सिरहाको गोलबजारका सुधिर महतो पक्राउ परेका छन्।इलाका प्र...
06/10/2026

गोलबजारका सुधिर महतो पक्राउ
सिरहा । ठगीसम्बन्धी कसुरमा फरार रहेका सिरहाको गोलबजारका सुधिर महतो पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजारको फरार प्रतिवादी सूचीमा रहेका महतोलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका महतोलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।
प्रहरीका अनुसार महतो ठगीसम्बन्धी कसुरमा फरार रहेका थिए। उनको पक्राउपछि घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। District Police Office, Siraha इलाका प्रहरी कार्यालय लहान जिल्ला प्रहरी कार्यालय सिरहा गृह सञ्चार तथा कानुन मन्त्रालय , मधेश प्रदेश Pradip Adhikari

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प...
05/10/2026

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेलगत्तै काठमाडौंको टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको र त्यसको केही समयमै घटनासम्बन्धी सूचना सार्वजनिक भएको विषयलाई लिएर सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।
सुरक्षा निकायका उच्च पदस्थ अधिकारीमाथि संवेदनशील सूचना चुहावटको आरोप लागेपछि सरकारले चालेको यो कदमले सुरक्षा संयन्त्रभित्रको गोपनीयता, अनुशासन र सूचनाको सुरक्षासम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ।
राज्यको सुरक्षा व्यवस्था सुदृढ बनाउने, संवेदनशील सूचनाको गोपनीयता कायम राख्ने र संस्थागत मर्यादा जोगाउने जिम्मेवारी बोकेका उच्च अधिकारी नै सूचना चुहावटको आरोपमा निलम्बनमा पर्नुले सुरक्षा निकायभित्रको सूचना व्यवस्थापन र जवाफदेहितामाथि बहस सुरु गराएको छ।विशेषगरी, पूर्वप्रधानन्यायाधीशजस्तो उच्च संवैधानिक पदमा रहिसकेका व्यक्तिसँग सम्बन्धित घटनाको सूचना सार्वजनिक हुने क्रम र त्यसमा सुरक्षा निकायका अधिकारीको सम्भावित संलग्नताको विषयले राज्यका गोप्य सूचनाहरू कति सुरक्षित छन् भन्ने प्रश्न उठाएको छ। हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal District Police Office, Siraha Nepal Police जिल्ला प्रहरी कार्यालय सिरहा इलाका प्रहरी कार्यालय लहान

सिरहामा सशस्त्र प्रहरीको सक्रियता, एकैदिन साढे ७ लाखभन्दा बढीका अवैध सामान बरामदलहान, असोज १९ गते । सीमा क्षेत्रमा हुने ...
05/10/2026

सिरहामा सशस्त्र प्रहरीको सक्रियता, एकैदिन साढे ७ लाखभन्दा बढीका अवैध सामान बरामद
लहान, असोज १९ गते । सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले निगरानी तथा गस्तीलाई थप सक्रिय बनाएको छ।
सशस्त्र प्रहरीले असोज १८ गते मात्रै सिरहाका विभिन्न सीमा क्षेत्रबाट ७ लाख ५९ हजार ४ सय ६० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ।
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका विभिन्न टोलीले लत्ताकपडा, मोटरसाइकल, किराना सामान, कस्मेटिक सामग्री, हार्डवेयरका सामान, मोबाइल पार्ट्स, रंगलगायतका सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गण प्रमुख सुमन जंग थापाका अनुसार बरामद गरिएका सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित निगरानी, गस्ती तथा चेकजाँचलाई निरन्तरता दिइरहेको गणले जनाएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत निगरानी थप प्रभावकारी बनाउने जनाएको छ। District Police Office, Siraha इलाका प्रहरी कार्यालय लहान
जिल्ला प्रहरी कार्यालय सिरहा

04/10/2026

अब कांग्रेसले देश बनाउछ भन्ने विश्वास दिलाएर विदेशिएका केटाकेटी फर्काउनुपर्छ - सभापति गगन थापा

श्रवण कुमार यादव नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचितनेपाली कांग्रेसको १५औँ म...
04/10/2026

श्रवण कुमार यादव नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेश प्रतिनिधिमा युवा नेता तथा समाजसेवी श्रवण कुमार यादव सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

पार्टीको महाधिवेशनअन्तर्गत उहाँ मधेस प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका यादवको निर्विरोध चयनले पार्टी संगठनमा युवा नेतृत्वको भूमिका थप सशक्त हुने अपेक्षा गरिएको छ।

नवनिर्वाचित मधेस प्रदेश प्रतिनिधि यादवलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको संगठन सुदृढीकरण, जनताको सेवासहित विकास र समृद्धिका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!🇳🇵 💞🎉🎉🎈🎈

04/10/2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बोल्दै पार्टी भित्रकचकच गर्ने नेताहरूलाई फकाउनुभन्दा छोडेकै राम्रो’ : रवि लामिछाने

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछानेकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि ...
04/10/2026

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन खुलामञ्च पुगेका छन्।
काठमाडौंको खुलामञ्चमा आइतबार कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र जारी छ। सोही कार्यक्रममा सहभागी हुन लामिछाने खुलामञ्च पुगेका हुन्।
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।
उद्घाटन समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेललगायतका नेताहरू सहभागी छन्।
कांग्रेसको महाधिवेशनलाई नेपाली राजनीतिक दलहरूबीचको संवाद, सहकार्य र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ।

धनगढीमाई–८ मा नेपाल कम्युनिस्ट पार्टीको वडा भेला सम्पन्नसिरहा । नेपाल कम्युनिस्ट पार्टी धनगढीमाई नगरपालिका–८ को वडा भेला...
04/10/2026

धनगढीमाई–८ मा नेपाल कम्युनिस्ट पार्टीको वडा भेला सम्पन्न
सिरहा । नेपाल कम्युनिस्ट पार्टी धनगढीमाई नगरपालिका–८ को वडा भेला सम्पन्न भएको छ।
वडाका संयोजक कमरेड प्रेम यादवको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख कमरेड हरिनारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, पार्टीका केन्द्रीय सदस्य कमरेड उत्तरबहादुर मगर विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
भेलामा धनगढीमाई नगरपालिका–८ का पार्टीका नेता, कार्यकर्ता तथा वडा समितिका सदस्यहरूको उल्लेख्य तथा बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टीको संगठन विस्तार, वडा तहमा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने तथा स्थानीयस्तरमा पार्टीलाई सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।
भेलामा सहभागी नेताहरूले पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै संगठनलाई थप मजबुत बनाउन कार्यकर्ताहरूलाई सक्रिय भएर लाग्न आग्रह गरेका थिए।
वडा भेलाले आगामी दिनमा पार्टीका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न गरेको बताइएको छ।

वर्षौंदेखि अलपत्र सरे खोलाको पुल निर्माणले गति लिँदैसिरहा । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सिरहाको धनगढिमाई नगरपालिका ...
03/10/2026

वर्षौंदेखि अलपत्र सरे खोलाको पुल निर्माणले गति लिँदै
सिरहा । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सिरहाको धनगढिमाई नगरपालिका क्षेत्रअन्तर्गत पर्ने सरे खोलाको पुल निर्माण प्रक्रिया अघि बढेसँगै स्थानीयमा आशा जागेको छ।
लामो समयदेखि पुल निर्माणको माग हुँदै आए पनि विभिन्न कारणले काम अघि बढ्न नसकेको सरे खोलाको पुल निर्माणका लागि पछिल्लो समय आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ। धनगढिमाई नगरपालिकाका नगर सभापति अनिल यादवको पहल तथा सिरहा क्षेत्र नं. २ का सांसद शिव यादवले निर्वाचनका क्रममा गरेको प्रतिबद्धताअनुसार पुल निर्माणको कामलाई गति दिन पहल भइरहेको बताइएको छ।
सरे खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। खोलामा पानीको बहाव बढेका बेला आवतजावत प्रभावित हुनुका साथै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
पुल निर्माणको माग लामो समयदेखि उठ्दै आए पनि पटक–पटक आश्वासन पाउँदा पनि काम अघि नबढेको स्थानीयवासीको गुनासो छ।
एक स्थानीयवासीले भने, “कति नेता आए, कति गए, तर पुल बन्न सकेन। यसपटक नयाँ पार्टी र नयाँ पुस्ताका जनप्रतिनिधि आएपछि निर्वाचनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयनतर्फ काम अघि बढेको देखिएको छ।”
स्थानीयवासीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनु सकारात्मक भएको भन्दै अब पुल निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन्। उनीहरूले निर्माण सुरु भएपछि निर्धारित समयभित्रै काम सम्पन्न गरी वर्षायाममा हुने आवतजावतको समस्या अन्त्य गर्नुपर्ने बताएका छन्।
सरे खोलामा पुल निर्माण सम्पन्न भएपछि धनगढिमाई नगरपालिका क्षेत्रका स्थानीयको आवतजावत सहज हुने, बजार तथा आसपासका क्षेत्रसँगको सम्पर्क थप प्रभावकारी बन्ने र वर्षायाममा खोलाबाट आवतजावत गर्दा हुने जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।
स्थानीयको भनाइमा, अब आश्वासन होइन, समयमै सम्पन्न भएको पुल हेर्न चाहेका छन्। पुल निर्माणले गति लिएको खबरसँगै वर्षौंदेखिको समस्या समाधान हुने अपेक्षा स्थानीयमा बढेको छ।

Address

SIRAHA
Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Siraha online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share