Sanjeev Kumar Yadav

Sanjeev Kumar Yadav Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanjeev Kumar Yadav, Digital creator, Siraha.

04/03/2026

#मधेस #नेपाल

05/02/2026

सिरहा धनुषा जोड्ने कमला नदीमा बनेको डाइभर्सनमा ठुला तथा साना सवारी साधनको चाप बढ्दै गएको छ। #मधेस #नेपाल

बसन्त पञ्चमी तथा सरस्वती पूजा शुभकामना।🙏
24/01/2026

बसन्त पञ्चमी तथा सरस्वती पूजा शुभकामना।🙏

19/01/2026

जनकपुरमा मैथिलीमा गरेको बालेनको भाषणको नेपाली अनुवाद:

तपाईँहरू आज भाषण सुन्ने मुडमा हुनुहुन्छ होइन ? दिऊँ कि नदिऊँ ? म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछ । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?

डेढ महिनाअघि हामी राम–जानकी विवाह महोत्सवमा आउँदा एउटा कुरा खट्कियो । विश्वको सबैभन्दा प्रसिद्ध राम–जानकी विवाह यहाँ भयो । तर, मधेसी, नेपाली सबै ‘डेस्टिनेसन’ वेडिङ गर्न जयपुर जान्छौँ । मिथिलामा किन आउँदैनन् ? राम जानकीको प्रसिद्ध विवाह जनकपुरमा हुन्छ भने डेस्टिनेसन वेडिङका लागि बालीमा किन जाने ? मिथिलाको सरसफाइ, सुन्दरता र आकर्षण बढाउन सरकारको नीति, नियम खोइ ?

दुई वटा कुरा प्रष्ट भएको छ । पहिलो मधेसमा पहिलो पटक सबै पार्टीका मान्छे आएका छन् । यहाँ एउटा मात्रै पार्टीको मान्छे छैन । दोस्रो, जनकपुर एउटा कुराका लागि एक वर्षअघि निकै खुसी भयो । एनपीएलको उपाधि जित्दा मधेसमा एउटा पार्टी होइन, सिंगो मधेसले खुसी मनाए । यसैगरि सबै मानिसहरू खुसी हुनुपर्छ । देशको विकास जनकपुर फैलिनुपर्छ ।

मलाई काठमाडौं र मधेसमा पनि धेरैले सोधिरहेका छन् । प्रदेशको विषयमा रास्वपाको धारणा के हो ? म जवाफ दिन्छु । रास्वपा प्रदेशलाई अझै बलियो बनाउने पक्षमा छ । प्रदेश सरकारको काम एउटा वडामा ५० हजार धारा जोड्ने होइन । ३÷४ पालिकामा जोड्ने हो । जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन ? जनकपुर प्रदेशको राजधानी होइन ? हो भने काठमाडौं किन जानुपर्‍यो ? यहीँबाट किन हुँदैन ?

पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौं जाने व्यवस्था बदल्नुपर्छ । अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौं । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन ।

करिब ४ वर्ष मैले काठमाडौको मेयरका रूपमा काम गर्दा दैनिक माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितहरू धर्नामा बस्नुहुन्थ्यो । म मूकदर्शक भएर बस्नुपर्‍यो । मेयरका रूपमा केही गर्न सकिनँ । अब तपाईँहरू सोच्नुस्, मेयर भएर ३५ पालिकाकालाई एम्बुलेन्स दिन सकेँ भने संघ सरकारमा गएर के गर्छु ?

सबैले समाजवादको कुरा गर्छन् । लोकतन्त्रको कुरा गर्छन् । काठमाडौ महानगरले हरेक वर्ष २० हजार विद्यार्थीलाई फ्रिमा पढाइरहेको छ । महँगा कलेजमा पढ्न फ्री भिसा, फ्री टिकट बिना ढेउवाके । विदेश जान होइन, कलेज पढ्न । महँगा स्कुल र कलेजमा वार्षिक २० हजार विद्यार्थी फ्रिमा पढ्न पाउनु समाजवाद हो । काठमाडौका महँगा हस्पिटलमा २० प्रतिशत बेड फ्रिमा मिल्छ । हामीले पार्टी, पौवा, पोखरी, फाल्चाहरु निर्माण गरेका छौं काठमाडौमा । मिथिलामा, जनकपुरमा पनि मन्दिर, पार्टीपौवाहरुले प्रतीक्षा गरेर बसिरहेका छन् कसले आएर संरक्षण गरिदेला भनेर । त्यो अब काम रास्वपाले गर्छ । यसैले संरक्षण गर्छ । यसका लागि हामीलाई काम गर्न दिनुपर्छ । अवसर दिनुपर्छ ।

म आज पहिलो पटक भाषण दिँदैछु । मेयर पदमा राजीनामा दिएर फुर्सद भएँ । ४ वर्ष फुर्सद नै थिएन कसरी भाषण दिनु ?

नेपालमा टुरिस्ट १० लाख आउँछन् । जबकि भारतको अयोध्यामा मात्रै १० करोड टुरिस्ट आउँछ । हाम्रो जानकी माताले मात्रै एक करोड टुरिस्ट ल्याउनुपर्ने हो ।

एउटा मधेसीया केटो प्रधानमन्त्री बन्छ भनेर घण्टीमा भोट हाल्ने होइन । सही मान्छे, ल्याउनका लागि, सही सरकार आउनका लागि घण्टीमा भोट हाल्नुस् ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजिनामा ।🇳🇵
17/01/2026

महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजिनामा ।🇳🇵

17/01/2026

#मधेस #नेपाल
🇳🇵

16/01/2026

#मधेस #नेपाल

धनुषाको कुन ठाउँको मन्दिर हो?
15/12/2025

धनुषाको कुन ठाउँको मन्दिर हो?

हाम्रो पार्टी नेपालको उपाध्यक्ष हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।  💐
15/12/2025

हाम्रो पार्टी नेपालको उपाध्यक्ष हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। 💐

Address

Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Sanjeev Kumar Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share