Mithila Ratna

Mithila Ratna मिथिला रत्न दैनिक पत्रिका,बिष्णुपुर गा.पा-१ सिरहा द्वारा सन्चालित आधिकारिक फेसबुक पेज(MITHILA RATNA)
(2)

26/08/2026

बाढी-पहिरोको जोखिम तराई-मधेशमा पनि असर देखिने सम्भावना भएकोले सतर्क रह्न सरोकारबाला समक्ष अवगत गराएका छन : मा.ई तपेस्वर यादब

24/08/2026

जेनजी आ'न्दो'लनपछि भएको सम्झौता सरकारले कार्यान्वयन नगरे सडकमा उत्रिन्छौं : शिव यादव, सांसद- रास्वपा

24/08/2026

‘मिटरब्याजको नाममा मधेशमा ९० प्रतिशत साहु पीडित छन्, छोरी बिहे गर्न र मर्न लाग्दा ५० हजार सापटी दिने अवस्था छैन’ ।

23/08/2026

साहु पीडितका माग सम्बोधन गर्न सांसद यादवको पहल

काठमाडौंको माइतीघर मण्डलामा साहु पीडितहरूले आफ्ना माग सम्बोधनको माग गर्दै जारी राखेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सभापति तथा सांसद इन्जिनियर तपेश्वर यादवले ऐक्यबद्धता जनाउँदै आन्दोलनरत पक्षका जायज माग सम्बोधन गराउन पहल गरेका छन्।

सांसद यादवले पीडितहरूको समस्या तथा मागबारे जानकारी लिँदै सम्बन्धित निकायसँग समन्वय गरी जायज माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

धनुषामा राजकिशोर रोहिताको रास्वपा प्रवेशले विदेहनगरको राजनीतिमा नयाँ तरंगजनकपुरधाम । धनुषाका युवा नेता राजकिशोर रोहिता य...
22/08/2026

धनुषामा राजकिशोर रोहिताको रास्वपा प्रवेशले विदेहनगरको राजनीतिमा नयाँ तरंग

जनकपुरधाम । धनुषाका युवा नेता राजकिशोर रोहिता यादवले एक हजारभन्दा बढी नेताकार्यकर्तासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि विदेहको राजनीतिमा नयाँ चर्चा सुरु भएको छ ।

विभिन्न दलमा आबद्ध रहेका युवाहरूको एकैपटक रास्वपामा प्रवेशलाई रास्वपाको संगठन विस्तारसँग जोडेर हेरिएको छ ।

शुक्रबार विदेह नगरपालिका–६ स्थित तिनकौरिया बजारमा आयोजित कार्यक्रममा रोहितासहित विद्यार्थी जनमत संघ धनुषाका पूर्वअध्यक्ष धिरज कुमार मण्डललगायत एक हजारभन्दा बढी नेताकार्यकर्ताले रास्वपाको सदस्यता लिएका हुन् । कार्यक्रम रास्वपाका सहमहामन्त्री पुरुषोत्तम यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

पार्टी प्रवेशपछि रोहिताले परम्परागत दलहरू जनताका अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानबाट प्रभावित भएर रास्वपामा आबद्ध भएको बताए ।

पछिल्लो समय मधेशमा नयाँ राजनीतिक विकल्पको खोजी भइरहेका बेला ठूलो संख्यामा युवाहरूको रास्वपातर्फ आकर्षणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य शिवशंकर यादव (शिव), प्रमोद महतो, रामबिनोद यादव र राजकिशोर महतोलगायतको उपस्थिति रहेको थियो ।

22/08/2026
सिरहाबाट रास्वपामा दुई महत्वपूर्ण जिम्मेवारीमा पुरुषोत्तम यादव र डा. नमिता यादव मनोनीत।
21/08/2026

सिरहाबाट रास्वपामा दुई महत्वपूर्ण जिम्मेवारीमा पुरुषोत्तम यादव र डा. नमिता यादव मनोनीत।

रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनीत ।
21/08/2026

रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनीत ।

21/08/2026

सिरहाको भगवानपुर गाउँपालिका-२, गम्हरियाका अशोक भगतका दुई छोरालाई एकसाथ सर्पले टोकेको छ। ओछ्यानमा सुतेका बेला अशोकका ११ वर्षीय छोरा प्रियान्सु र अर्का ८ वर्षीय छोरा दिब्यान्सुलाई सर्पले टोकेको हो ।

दिब्यान्सुको खुट्टा र प्रियान्सुको कानमा सर्पले टोकेको बुझिएको छ। उनी दुबै दाई-भाईलाई तत्कालै लहानस्थित कामना नर्सिङ होममा लगियो । तर त्यहां उपचार सम्भव नभएपछि दुवैलाई विराटनगरस्थित विराट नर्सिङ अस्पताल लगियो । दुबै भाईको उपचार भेन्टिलेटरमा राखेर भइरहेको छ ।

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध
20/08/2026

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध

Address

Siraha

Alerts

Be the first to know and let us send you an email when Mithila Ratna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mithila Ratna:

Shortcuts

Share