Mithila Ratna

Call Directions Website Contact the business

Mithila Ratna मिथिला रत्न दैनिक पत्रिका,बिष्णुपुर गा.पा-१ सिरहा द्वारा सन्चालित आधिकारिक फेसबुक पेज(MITHILA RATNA)

25/09/2026

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा अन्त्यमा नेपाली भाषाको प्रयोग गरेका छन् ।

करिब १४ मिनेट सभालाई सम्बोधन गरेका उनले अन्त्यमा केही शब्द नेपालीमा उच्चारण गरेका हुन् । प्रधानमन्त्री बालेनले भगवान पशुपतिनाथले विश्वको कल्याण गरून् भनेर काम गरेन । त्यति मात्र होइन उनले विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भनेर पनि कामना गरे ।

‘भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धेरै धेरै धन्यवाद ! नमस्ते !’, प्रधानमन्त्री शाहले सम्बोधनको अन्त्यमा भने ।

22/09/2026
नेपाली कांग्रेस सिरहाका ७ जना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ ।केन्द्रीय अनुशासन समितिले गत फागुनम...
22/09/2026

नेपाली कांग्रेस सिरहाका ७ जना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ ।

केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

३१ भदौमा बसेको केन्द्रीय अनुशासन समिति बैठकले उनीहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्नेमा औरही गाउँपालिका–५ का शुभाषकुमार दास, औरही गाउँपालिका–३ का महादेव यादव, सुखीपुर नगरपालिका–६ का क्षेत्रीय सदस्य शत्रुध्नप्रसाद यादव, धनगढीमाई नगरपालिका–१० का जिल्ला सदस्य निलकुमार राउत, गोलबजार नगरपालिका सभापति राजदेव साह(लालबाबु), गोलबजार नगरपालिका–९ का सभापति प्रेमशरण यादव र विष्णुपुर गाउँपालिका–५ का प्रदेश अधिवेशन प्रतिनिधि मुरली रायमाझी रहेका छन् ।

तपाईको आजको राशीफल ।मेष : छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलाप...
21/09/2026

तपाईको आजको राशीफल ।

मेष : छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

बृष : धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ ।

मिथुन : नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

कर्कट : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ ।

सिंह : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

कन्या : परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । , धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।

तुला : मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

वृश्चिक : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् ।

धनु : परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

मकर : सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ ।

कुम्भ : ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन ।


मीन : तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ मा...
21/09/2026

सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ मार्फत पत्रपत्रिकाले प्राप्त गरिरहेको विज्ञापनबापतको रकममा भारी कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघले विज्ञापन बोर्डमा धर्ना दिएको छ।

News Detail in comment
21/09/2026

News Detail in comment

रसुवा बाढी प्रभावित क्षेत्रमा
21/09/2026

रसुवा बाढी प्रभावित क्षेत्रमा

उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा सम्बन्धित आयोजनाहरूको व्यवस्थापन, का...
21/09/2026

उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा सम्बन्धित आयोजनाहरूको व्यवस्थापन, कार्यसम्पादन र गतिविधिको मूल्यांकन गरी आवश्यक टिप्पणी तथा सिफारिससहित समितिसमक्ष प्रतिवेदन पेस गर्नेछ।

Address

Siraha

Alerts

Be the first to know and let us send you an email when Mithila Ratna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mithila Ratna:

Shortcuts

Share