Our Sunsari .Com

Our Sunsari .Com Offcial facebook Page of
www.OurSunsari.com

04/11/2025

सुनसरीको कोशी गाउँपालिका–३, नहर चोकमा “कृषि विकास तथा संरक्षण केन्द्र” नामक गैह्र सरकारी संस्था स्थापना गरी सर्वसाधारणलाई मोटर पम्प उपलब्ध गराउने नाममा रकम उठाएर ठगी गरेको घटना बाहिर आएको छ।

स्थानीयका अनुसार उक्त संस्थाको कानुनी दर्ता र वैधानिकता नै नभएको पाइएको छ।
तर पनि संस्थाको उद्घाटन कार्यक्रममा कोशी प्रदेशसभा सांसददेखि वडा अध्यक्ष र स्थानीय सामाजिक अगुवासम्मलाई निमन्त्रणा दिइएको खुलेको छ।

हाल संस्था सञ्चालनमा संलग्न भनिएका केही व्यक्तिहरू रकम असुलीपछि सम्पर्कविहीन भएको बताइएको छ।
यसबारे स्थानीयवासीले प्रशासनिक निकायको ध्यानाकर्षण गराएका छन्।
भिडियो : ब्रहमदेव यादव

04/11/2025

सुनसरीकाे कोशी गाउँपालिका–३, नहर चोकमा “कृषि विकास तथा संरक्षण केन्द्र” नामक गैह्र सरकारी संस्था स्थापना गरी सर्वसाधारणलाई मोटर पम्प उपलब्ध गराउने नाममा रकम उठाएर ठगी गरेको घटना बाहिर आएको छ।

स्थानीयका अनुसार उक्त संस्थाको कानुनी दर्ता र वैधानिकता नै नभएको पाइएको छ।
तर पनि संस्थाको उद्घाटन कार्यक्रममा कोशी प्रदेशसभा सांसददेखि वडा अध्यक्ष र स्थानीय सामाजिक अगुवासम्मलाई निमन्त्रणा दिइएको खुलेको छ।

हाल संस्था सञ्चालनमा संलग्न भनिएका केही व्यक्तिहरू रकम असुलीपछि सम्पर्कविहीन भएको बताइएकाे छ।
यसबारे स्थानीयवासीले प्रशासनिक निकायको ध्यानाकर्षण गराएका छन्।

उर्लाबारीकी १५ वर्षीया रोशनी राजवंशी बेपत्ता — परिवारको खोजी अनुरोधउर्लाबारी–४, बिशाल चौककी १५ वर्षीया रोशनी राजवंशी मित...
04/11/2025

उर्लाबारीकी १५ वर्षीया रोशनी राजवंशी बेपत्ता — परिवारको खोजी अनुरोध
उर्लाबारी–४, बिशाल चौककी १५ वर्षीया रोशनी राजवंशी मिति २०८२ कार्तिक १७ गते बिहान विद्यालय गएकी तर घर फर्केकी छैनन्।
उनी राधिका स्कूलको भेस्ट र ट्र्याकसुट लगाएकी थिइन्।
यदि कसैलाई उनीबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनुहोस् वा
उनका बुबा डिसिराम राजवंशी (मो. ९८२००२५०७५) लाई सम्पर्क गरिदिनुहोला।
परिवारले छोरीको खोजीमा सबैको सहयोगको अपिल गरेका छन्।
कृपया यस सूचना सेयर गरी सहयोग गरिदिनुहोस्।

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मूर्ति काठमाडौँ महानगरपालिका– ८ जयवागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहा...
03/11/2025

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मूर्ति

काठमाडौँ महानगरपालिका– ८ जयवागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मूर्ति । उक्त मूर्ति सोमबार ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिँदै छ ।

तस्बिरः विमलबहादुर विष्ट/रासस

जनता युवा क्लबद्वारा जेष्ठ नागरिककाे उपचारका लागि आर्थिक सहयोगइनरुवा  । जनता युवा क्लबले एक जना विपन्न वर्गका जेष्ठ नागर...
03/11/2025

जनता युवा क्लबद्वारा जेष्ठ नागरिककाे उपचारका लागि आर्थिक सहयोग
इनरुवा । जनता युवा क्लबले एक जना विपन्न वर्गका जेष्ठ नागरिकको उपचारका लागि रु १६००० सहयोग रकम सोमबार निजका आफन्तलाई हस्तान्तरण गरेको छ।
क्लबका पदाधिकारीहरूले उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सहयोग रकम प्रदान गरेका हुन्।

03/11/2025

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाको संक्रमण भयावह बन्दै गएको छ।

आगजनीपछिको मर्मत कार्यमा अनियमितता आराेप स्थानीय युवाहरुले गरे राेकथामइनरुवा । जेन जी आन्दोलनकाे क्रममा आगजनीमा परेकाे भ...
01/11/2025

आगजनीपछिको मर्मत कार्यमा अनियमितता आराेप
स्थानीय युवाहरुले गरे राेकथाम

इनरुवा । जेन जी आन्दोलनकाे क्रममा आगजनीमा परेकाे भाेक्राहा नरसिंह गाउँपालिकाकाे प्रशासनीक भवन पुनः सञ्चालनमा ल्याउने क्रममा अनियमितता भएको आराेप लागेको छ ।

आगजनीपछि मर्मत तथा रंगराेगन, ढोका–झ्याल, अलमुनियम क्याबिन निर्माणलगायतका काम गाउँपालिकाले सुरु गरेपछि स्थानीय युवाहरूले साे कार्यमा आपत्ति जनाएका छन् ।
युवाहरूका अनुसार गाउँपालिकाले करिब ६० लाख रुपैयाँ बराबरकाे मर्मत कार्यलाई टुक्रा टुक्रा पारेर १०–१० लाखकाे दरले आफ्ना नजिकका व्यक्तिहरूलाई काेटेसनमार्फत् दिइएकाे आराेप छ ।
सूचनापत्र, टेन्डर वा काेटेसन प्रकृया सार्वजनिक नगरी नजिकका व्यक्तिहरूलाई काम बाँडिएको आराेपमा स्थानीय युवाहरूले कार्यस्थलमै पुगेर साे काम स्थगित गर्न माग गरेका थिए ।

उनीहरूकाे भनाइमा“गाउँपालिकाले कसरी, कुन प्रक्रियाबाट, कति रकममा र कसलाई काम दिएको भन्ने कुरा सार्वजनिक गरिएको छैन। पारदर्शिता नहुने काममा हामी मौन बस्दैनौं।”

यस घटनापछि गाउँपालिकाको निकट मानिएका केही व्यक्तिहरूले विरोध गर्ने युवामाथि राजनीतिक प्रतिशोधका बहानामा फसाउने प्रयास गरिरहेको युवाहरूकाे दाबी छ ।गाउँपालिकामा भैरहेकाे निर्माण कार्यकाे तस्बिर,भिडियो लिनका लागि गाउँपालिका भित्र प्रवेश गर्दा सुरक्षा गार्डले राेकेकाे स्थानीय सञ्चारकर्मी तजमुल हुसेनले जानकारी दिए ।

यस विषयमा गाउँपालिकाकाे तर्फबाट भने आधिकारिक प्रतिक्रिया आउन बाँकी छ, गा.पा अध्यक्षसंग यश बिषयमा प्रतिक्रिया लिनका लागि फाेन सम्पर्क गर्दा उनिसंग फाेन सम्पर्क सफल हुन सकेन ।

01/11/2025

नेपाल तरुण दल सुनसरीका जिल्ला सदस्य बासिद अन्सारीले आफ्नो संगठनभित्र देखा परेका केही गलत बुझाइहरूबारे धारणा सार्वजनिक गर्नुभएको छ।
उहाँले नेतृत्व तहमा भएका केही तथ्यविहीन जानकारीहरूले भ्रम सिर्जना गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभएको बताइएको छ।
अन्सारीका अनुसार संगठनभित्र पारदर्शिता र आपसी संवाद आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षबीच सहकार्य र स्पष्टता रहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

01/11/2025

नेविसंघ र तरुण दलको विज्ञप्ति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीले आफ्नो धारणा सार्वजनिक गरेको छ।
भोकाहा क्षेत्रमा भएको विवादबारे गलत बुझाइ फैलिएको भन्दै नेविसंघका जिल्ला उपसभापति सेराज हुसेन लक्षित पत्रकार सम्मेलन गरिएको जनाइएको छ।
सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य हैदर मन्सुरीले आफूले उठाएका प्रश्नहरू पारदर्शिता र सुशासनका पक्षमा भएको बताए।
उनले सबै पक्षबीच स्पष्टता ल्याउन निष्पक्ष अध्ययन र छानबिनको माग पनि राखे।
पार्टीका तर्फबाट सत्य तथ्य उजागर हुनेमा आफू विश्वस्त रहेको उनले बताए।

भाेक्राहा कुटपिट घटनामा रास्वापाले जारी गर्याे विज्ञप्ति । आफ्ना सदस्यकाे नाम बदनाम गर्न खाेजिएकाे भन्दै जनायाे आपत्ति ।...
01/11/2025

भाेक्राहा कुटपिट घटनामा रास्वापाले जारी गर्याे विज्ञप्ति । आफ्ना सदस्यकाे नाम बदनाम गर्न खाेजिएकाे भन्दै जनायाे आपत्ति । निस्पक्ष छानबिनकाे माग ।

कुसुम गाछी❣️
31/10/2025

कुसुम गाछी❣️

Address

Inaruwa Sunsari
Sunsari

Alerts

Be the first to know and let us send you an email when Our Sunsari .Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Sunsari .Com:

Share