News of nawalparasin

News of nawalparasin सयपत्री मिडिया प्रा.लि.द्वारा संचालित न्युज अफ नवलपरासीमा तपाईं सम्पूर्णलाई हार्दिक स्वागत अभिबादन छ

15/06/2023

नोट:
यो पेजबाट भविष्यमा कुनै पनि पोस्ट आउने छैन, अनिश्चितकालीन बन्द गरिएको छ । साथै यश पेजबाट सबै admin हटाइएको छ जानकारी गराउदै छु । पू:नश्च यश पेजबाट लोगो साभार गरेको पाइएमा कानुन बमोजिम दन्दनिय गरिनेछ ।

01/06/2023

सूचना

बडहरा दुबौलिया देखि परासी जाने क्रममा बिलबुक र अन्दाजी ४०-५० ओटा सिमकार्ड रहेको जनगणनाको कालो रंगको ब्याग सहित हराएको हुँदा उक्त तोकेको स्थानमा आवातजावत गर्दा फेला पार्नुहुने महानुभावले निम्न ठाउँमा उपलब्ध गराईदिनु हुन हार्दिक अनुरोध गर्दछौ । बिलबुकमा टंक पाण्डे नाम रहेको छ ।
पु:नश्च उक्त समान फेला पार्नुहुने महानुभावलाई प्रोत्साहन स्वरुप स-सम्मान गरिनेछ ।

अनुरोधक
कपिल देव यादव
मो.980-4495256

टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी आज कारागारमुक्तभएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार...
29/05/2023

टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी आज कारागारमुक्तभएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी आज छुटेका हुन् ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज जेलमुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त भएपछि उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा पुगेका छन् ।

टीकापुर नरसंहारमादोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायधिसद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औं दिनमा चौधरीलाई आममाफी दिइएको हो ।

कति राम्राे दिवा खाजाःचाउचाउ र जङ्कफूड छाडाै ।फलफूललाइ खाजा बनाअाै ।। हुप्सेकोट २, गुहेरी नवलपरासी बर्दघाट सुस्ता पूर्वक...
21/05/2023

कति राम्राे दिवा खाजाः
चाउचाउ र जङ्कफूड छाडाै ।
फलफूललाइ खाजा बनाअाै ।।
हुप्सेकोट २, गुहेरी नवलपरासी बर्दघाट सुस्ता पूर्वकाे श्री जनता माबिका साना साना बालबालिकालाई खाजाका रूपमा फलफूल दिइदै ।
तस्बिर : सपना भण्डारी ।

आज बैशाख २६ गते । कानुन दिवसको शुभकामना ।
09/05/2023

आज बैशाख २६ गते । कानुन दिवसको शुभकामना ।

कक्षा १२ को परीक्षा मंगलरबार (आज)बाट सुरू हुँदै छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा...
09/05/2023

कक्षा १२ को परीक्षा मंगलरबार (आज)बाट सुरू हुँदै छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभएको छ।

कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

नेपाल प्रेस युनियन नवलपरासी पश्चिमको ११ औं जिल्ला अधिवेशनमा अध्यक्षमा उमेश कुमार विक चयन ।वैशाख २३ पश्चिम नवलपरासीको नेप...
06/05/2023

नेपाल प्रेस युनियन नवलपरासी पश्चिमको ११ औं जिल्ला अधिवेशनमा अध्यक्षमा उमेश कुमार विक चयन ।

वैशाख २३

पश्चिम नवलपरासीको नेपाल प्रेस युनियनको अध्यक्षमा उमेश कुमार विक एक कार्यक्रम विच चयन हुनु भएको छ । आज सरावलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनले अध्यक्षमा विक सहित १७ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्ष खुल्लामा सञ्चिव कोइराला र समावेशी उपाध्यक्षमा सद्दाम हुसैन अन्सारी, सचिवमा अनिल यादव, महिला सहसचिवमा शुशिला पाण्डे, कोषाध्यक्ष मा श्याम बुचा मगर र सह कोषाध्क्षमा नन्दु यादव सर्व सहमत चयन हुनु भएको छ । यस्तै सदस्य हरुमा पुजा लम्साल, राज चौधरी, श्याम बन्दन हरिजन, सिकेन्द्र साहनी, सहमान् मिया, ज्ञानेश्वर साहनी, रञ्जित कोहार, सञ्जय कुशवाह, हृदेश गुप्ता रहनु भएको छ ।

प्रेश युनियन मा जिल्ला अध्यक्ष पुरुषोत्तम सुवेदीको अध्यक्षता तथा संविधान सभा सदस्य एबम् प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यता रहेको उद्दघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलवारले इमान्दारी र निष्ठा पूर्वक पत्रकारिता गर्न आग्रह गर्नु भयो। कार्यक्रममा प्रेश युनियन प्रदेश सदस्य रवीन्द्र चापागाईं, पूर्व अध्यक्ष अनिल यादव,आर पि उपाध्याय,प्रदेश महासचिव नवीन गिरि, जिल्ला शाखा अध्यक्ष हरि शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सुनवलमा छैठौ मेयर कप फुटबल प्रतियोगिता यहि जेठ ६ गते देखी २० गतेसम्म संचालन हुनेबैशाख २३नव बर्ष जस्तै यस बर्ष पनि छैठो म...
06/05/2023

सुनवलमा छैठौ मेयर कप फुटबल प्रतियोगिता यहि जेठ ६ गते देखी २० गतेसम्म संचालन हुने

बैशाख २३
नव बर्ष जस्तै यस बर्ष पनि छैठो मेयर कप फुटवल प्रतियोगिता २०७९ हुने भएको छ । यहि जेठ ६ गते देखी २० गतेसम्म उक्त प्रतियोगिता हुँने आयोजक कमिटीले जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै गएको वर्ष विविध कारण यो खेल नभएकोले यो वर्ष जेठमा खेल सन्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी बताएको हो ।

सुनवललाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गरार्ई राष्ट्रिय एकतालाई खेल मार्फत मजवूत बनाउने, खेल मार्फत सुनवलको पर्यटन विकासमा टेवा पूर्याउने उदेस्यका साथ हरेक बर्ष यो प्रतियोगिता हुने गरेको छैठौ मेयर कप फुटबल प्रतियोगिता समितिले पत्रकार सम्मेलन मार्फत जनकारी दिएका छन् ।

सुनवल नगरपालिकाको आयोजनामा सुनवल १० गैडाखालको मनकामना रंगशाला खेलमैदानमा प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रथम पुरस्कारको राशी रु.१,४०,००० ,द्धितीयको पुरस्कार राशी रु. ८० हजार र तेस्रोमा प्रोत्साहन स्वरुप दुईवटा टिमलाई पुरस्कार र. २५ -२५ हजार रहने भएको छ । खेलमा उत्कृष्ठ हुनेलाई मेडल, ट्रफि, प्रमाण पत्र सबैलाई प्रदान गरिने भएको छ । त्यस्तै खेल क्षेत्रमा उल्लयख्य भुमिका निर्बाह गर्ने ब्यक्तिलाई पुरस्कार उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाइ समेत पुरस्कारको ब्यबस्था गरिने आयोजकले जनाएको छ । खेल समयावधि भर खान र बस्नको व्यवस्थापन स्वयम खेल टिमले नै पर्ने छ ।

छैठौं मेयर कप फुटवल प्रतियोगीता उपभोत्ता समितिका अध्यक्ष जित वहादुर पुनको अध्यक्षता र वडा नम्वर १० का वडाध्यक्ष दिलबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी, वडा नम्वर ३ का वडाध्यक्ष पविन गुरुङ लगाएत जनप्रतिनिधिहरु, र पुर्व ववडाध्यक्षहरु समेतको उपस्थीति रहेको थियो । त्यस्तै पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघका अध्यक्ष धन प्रसाद गुरुङ लगाएत पदाधिकारी , फुटवल खेलाडीहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।

रेडियो सन्देश ८९.८ मेगाहर्जद्वारा २०८० सालको भित्तेपात्रो विमोचन ।आदित्य खवास,सुनवल / पश्चिम नवलपरासीको रेडियो सन्देश ८९...
06/05/2023

रेडियो सन्देश ८९.८ मेगाहर्जद्वारा २०८० सालको भित्तेपात्रो विमोचन ।

आदित्य खवास,सुनवल / पश्चिम नवलपरासीको रेडियो सन्देश ८९.८ मेगाहर्जले २०८० सालको भित्तेपात्रो बिमोचन गरेको छ ।

बाबा बर्दगोरिया मिडिया प्रा.लि.द्वारा सञ्चालित रेडियो सन्देशले प्रकाशन गरेको भित्तेपात्रो बिहीबार एक कार्यक्रमका बिच विमोचन गरिएको हो ।

पात्रो बिमोचन गर्दै रेडियो सन्देशका अध्यक्ष नन्दलाल कवरले समाज विकासमा संचारमाध्यमको महत्वपुर्ण भुमिका रहने बताउनुभएको छ ।

उहाँले नवलपरासीको सम्भाबना नै सम्भावनाको क्षेत्र रहेको बताउदैं स्थानीय सरकारले संचार सबलिकरणको लागि प्रयाप्त लगानी गरि सुनवलका सम्भाबनालाई प्रचारप्रसार गर्नुपर्ने समेत बताउनुभएको थियो ।

रेडियो सन्देशले २०८० सालमा संचालन हुने सस्थागत कार्ययोजना तथा गतिबिधीहरु, विज्ञापनदातासंगको सुदृढ सम्बन्ध समेटेर भित्तेपात्रो प्रकाशन गरेको हो ।

कार्यक्रम रेडियो सन्देशका अध्यक्ष नन्दलाल कँवरको अध्यक्षता तथा सुनवल नगरपालिकाका संस्थापक मेयर भिम बहादुर थापा क्षेत्री प्रमुख आतिथ्यता एवम् उधाेग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यकाे विशिष्ट आतिथ्यता र रेडियो सन्देश ८९.८ मेगाहर्जका सभापति नन्दलाल कँवरको स्वागत र पत्रकार कल्पना खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि थापाले आफु नगर प्रमुख हुदा नगरपालिकामा १ कराेड बराबरको स्वास्थ्य सामाग्री हुदा हुदै पनि त्यतिकै लथालिङ्ग अवस्थामा रहेकाेले नगरपालिकाकाे त्यसतर्फ ध्यानाकर्षण गराउदै १५ बेडकाे नगर भित्र अस्पताल सञ्चालन गर्न सकिने बताउनुभयो । समाजमा गलत काम गर्नेहरुले पत्रकारहरुसँग डराउनु पर्छ साथै देशमा पत्रकारहरुकाे एकदम जरजर अवस्था रहनुपर्छ । पत्रकारले नै हो पिछडिएका कामहरु क्रियाशिल गराउने महत्त्वपूर्ण पाटा तसर्थ देश र जनताको विकासका कामहरु स्थानीय निकायहरुलाई उतिकै आवश्यकता रहेको र पत्रकारहरुलाई कुनै पनि अवस्थामा आफुले साथ सहयाेग गर्न तत्पर रहने बताउनुभयो ।

सो कार्यक्रममा सुनवल प्रेस क्लबका अध्यक्ष रमेश भुसाल, पत्रकार राज चाैधरी,सुरेश यादव,रन्जित शर्मा र रेडियाे सन्देशका सम्पूर्ण कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

"भष्टाचार अनुसन्धान गर्ने बुँदा हटाइएको र अधिकांस जनताको इच्छा प्रतिपक्षमा बस्ने हुँदा जनभावनाको कदर गर्दै हामी सरकारबाट...
06/05/2023

"भष्टाचार अनुसन्धान गर्ने बुँदा हटाइएको र अधिकांस जनताको इच्छा प्रतिपक्षमा बस्ने हुँदा जनभावनाको कदर गर्दै हामी सरकारबाट बाहिरिने निर्णय गरेका हौं ।" - रास्वपा सभापति Rabi Lamichhane

Amazing:- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले रास्वपा ले समर्थन फिर्ता लिएसँगै फेरि तेस्रो पटक विश्वासको मत लिनुपर्न...
05/05/2023

Amazing:- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले रास्वपा ले समर्थन फिर्ता लिएसँगै फेरि तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।

05/05/2023

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना थप बिवरण आउन बाकि

Address

Sunwal

Alerts

Be the first to know and let us send you an email when News of nawalparasin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News of nawalparasin:

Share

Category