05/06/2026
वडा नं. ४, सुनवल नगरपालिकाद्वारा युवा क्रिकेट खेलाडीहरूलाई खेल सामग्री वितरण l
सुनवल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीज्यूको पहलमा वडाभित्रका युवा क्रिकेट खेलाडीहरूलाई खेलकुद सामग्री प्रदान गरिएको छ।
युवा खेलाडीहरूको खेल प्रतिभा विकास तथा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले करिब रु. १२,००० बराबरको क्रिकेट सामग्री वितरण गरिएको हो। प्रदान गरिएको सामग्रीमा २ थान क्रिकेट ब्याट, २ थान विकेट सेट, १ थान ग्लोभ्स तथा १ प्याकेट क्रिकेट बल रहेका छन्।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण पंगेनीज्यूले युवाहरूलाई खेलकुदमार्फत अनुशासित, स्वस्थ र सक्षम नागरिक बन्न प्रेरित गर्दै खेल क्षेत्रको विकासका लागि वडा कार्यालय सधैं सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खेलाडीहरूले प्राप्त सामग्रीले नियमित अभ्यास तथा विभिन्न प्रतियोगितामा सहभागी हुन थप हौसला र उत्साह मिलेको बताएका छन्।
स्थानीय स्तरमै खेलकुदको विकास गर्दै युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यका साथ वडा कार्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। आगामी दिनहरूमा पनि खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको पहिचान तथा प्रोत्साहनका लागि आवश्यक सहयोग जारी रहने वडा अध्यक्ष बालकृष्ण पंगेनीज्यूले बताउनुभयो।