Vk media & ads

Vk media & ads तपाईंको आवाज, हाम्रो समाचार। सत्य तथ्य र निष्पक्ष सूचनाका लागि Vk Media।"

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१, भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले ...
26/08/2026

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१, भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नौजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १४ वर्षीय र १६ वर्षीय दुई नाबालकसहित जितपुरसिमरा-१ का २४ वर्षीय प्रोग्रेस चौधरी, ५० वर्षीय इन्जित चौधरी, २४ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हुस्सुदिन आलम, ४० वर्षीय टेकबहादुर थापामगर, जितपुरसिमरा-२ का ३३ वर्षीय नवीन विक रहेका छन्।

घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये दुईजनालाई २ भदौ, ६ जनालाई ६ भदौ र एकजनालाई ७ भदौमा नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले भने, 'पक्राउ परेका सबैलाई बारा जिल्ला अदालतबाट पहिलोपटक चार दिन र त्यसपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।'

प्रहरीका अनुसार गरिमा भक्तिनगरस्थित एक खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान, उनीहरूको भूमिका तथा घटनाको सम्पूर्ण पाटोबारे अनुसन्धान अघि बढाएको थियो।

हरिद्वारको कावड मेलामा गरिएको एक सामाजिक प्रयोग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। युट्युबर पुरुशोत्तम वशिष्ठ ...
22/08/2026

हरिद्वारको कावड मेलामा गरिएको एक सामाजिक प्रयोग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। युट्युबर पुरुशोत्तम वशिष्ठ र उनका साथी सचिनले धार्मिक मेलामा भिख मागेर एक व्यक्तिले दिनमा कति कमाउन सक्छ भन्ने जान्न गरेको प्रयोगको भिडियो भाइरल बनेपछि यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्।

प्रयोगका क्रममा सचिनले आफ्नो पहिचान लुकाउँदै भिखारीको रूप धारण गरेका थिए। उनले च्यातिएको कपडा लगाए, अनुहारमा धुलो पोते र हातमा सानो भाँडो बोके। अझ डिजिटल माध्यमबाट पैसा प्राप्त गर्न उनले घाँटीमा UPI QR कोडसमेत झुन्ड्याएका थिए।

प्रयोग सुरु गर्नुअघि उनीहरूले एक दिनमा करिब १ हजारदेखि २ हजार रुपैयाँसम्म कमाइ हुने अनुमान गरेका थिए। तर वास्तविक परिणाम उनीहरूको अनुमानभन्दा निकै फरक निस्कियो।

सुरुवाती केही घण्टामा भने कमाइ निकै कम थियो। श्रद्धालुहरूसँग सहयोग माग्दा सचिनले करिब १३० रुपैयाँ मात्र संकलन गरेका थिए। कतिपयले सहयोग गर्न अस्वीकार गर्दै ‘नहीँ है बोला ना’ भन्दै फर्काएका थिए भने केही श्रद्धालुले उनलाई पैसा दिएका थिए।

मेलामा हिँड्दै गर्दा सचिनले पसले तथा व्यवसायीहरूसँग समेत कुराकानी गरे। एक सनग्लास विक्रेताले उनलाई एउटा चस्मासमेत उपहार दिए। त्यसपछि उनले मजाक गर्दै आफूलाई ‘प्रोफेसनल भिखारी’ भन्न थाले। घाँटीमा झुन्ड्याइएको QR कोडमार्फत पनि करिब ४० रुपैयाँ डिजिटल भुक्तानी प्राप्त भएको थियो।

प्रयोगका क्रममा सचिन एक वास्तविक भिखारीको छेउमा समेत बसेका थिए। ती व्यक्तिले आफूलाई आफ्नै नाम र पहिले कहाँ बस्ने गरेको भन्ने कुरा समेत याद नरहेको बताएका थिए। उक्त भेटले प्रयोगलाई केवल कमाइको विषयभन्दा बाहिर मानवीय पक्षसँग पनि जोडेको देखियो।

करिब चार घण्टापछि सचिनले ८०० रुपैयाँ संकलन गरिसकेका थिए। त्यसपछि पनि उनीहरूले प्रयोगलाई निरन्तरता दिए। कहिले सहयोग पाए, कहिले खाली हात फर्किनुपर्‍यो। कतिपय स्थानमा सुरक्षाकर्मीले उनीहरूलाई त्यहाँबाट हटाएका थिए।

लगातारको वर्षा, घण्टौँसम्म हिँडडुल र मानिसहरूसँग सहयोग मागिरहनुपर्ने अवस्थाले प्रयोग क्रमशः कठिन बन्दै गएको थियो। अन्ततः दिनको प्रयोग सकिँदा वशिष्ठ र सचिनले करिब ४ हजार रुपैयाँ संकलन गरेको बताए।

उनीहरूले यही दरमा दैनिक कमाइ हुने हो भने एक महिनामा करिब १ लाख २० हजार रुपैयाँसम्म आम्दानी हुन सक्ने हिसाबसमेत निकाले। यही गणनाले भिडियो सामाजिक सञ्जालमा थप चर्चामा आएको हो।

तर प्रयोगको अन्त्यमा दुवैले भिख मागेर पैसा कमाउनु सहज नभएको स्पष्ट पारे। उनीहरूका अनुसार दिनभर मानिसहरूसँग पुगेर सहयोग मागिरहनु शारीरिक र मानसिक रूपमा निकै थकाउने काम हो।

भिडियो सार्वजनिक भएपछि X लगायत सामाजिक सञ्जालमा प्रयोगबाट भएको ४ हजार रुपैयाँको कमाइलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले धार्मिक तथा पर्यटकीय स्थलमा भिख माग्ने काम जीविकोपार्जनभन्दा अगाडि बढेर संगठित व्यवसायजस्तै बनेको हो कि भन्ने प्रश्न उठाएका छन्।

यद्यपि, केहीले एक दिनको यस्तो प्रयोगलाई वास्तविक भिखारीहरूको जीवनसँग तुलना गर्न नमिल्ने बताएका छन्। वास्तविक रूपमा भिख मागेर जीवन गुजार्ने मानिसहरूले भोग्ने दीर्घकालीन गरिबी, असुरक्षा, शारीरिक कठिनाइ र सामाजिक समस्यालाई एक दिनको प्रयोगले पूर्ण रूपमा देखाउन नसक्ने उनीहरूको तर्क छ।

प्रयोगको अन्त्यमा वशिष्ठ र सचिनले दर्शकहरूलाई भिख माग्ने कामलाई रोजगारीको विकल्पका रूपमा नलिन आग्रह गरेका छन्। उनीहरूले कठिन भए पनि इमानदार श्रमबाट आम्दानी गर्नुपर्ने सन्देश दिएका छन्।

उक्त भिडियो भाइरल भएपछि भने एउटा दिनको कमाइभन्दा पनि भिख माग्ने मानिसहरूको वास्तविक जीवन, धार्मिक स्थलमा बढ्दो भिक्षावृत्ति र यसलाई जीविकोपार्जनका रूपमा हेर्ने प्रवृत्तिबारे नयाँ बहस सुरु भएको छ।

जापानको Fukuoka मा फेरि दुःखद खबर सार्वजनिक भएको छ२०२६ अगस्ट १९ को राति करिब १ बजेदेखि २ बजेको बीचमा फुकुओका県福岡市中央区清川मा ...
20/08/2026

जापानको Fukuoka मा फेरि दुःखद खबर सार्वजनिक भएको छ

२०२६ अगस्ट १९ को राति करिब १ बजेदेखि २ बजेको बीचमा फुकुओका県福岡市中央区清川मा एउटा अत्यन्तै अस्वाभाविक घटना घटेको भनिएको छ।

रुम पार्टनरको भनाइअनुसार, कोठाको ढोका भित्रबाटै लक भएको अवस्थामा उनले ढोका खोलेर हेर्दा आफ्नी साथी त्यहाँ नभएको देखिन्। त्यसपछि उनले तत्काल साथीहरूलाई खबर गरिन्। मलाई पनि फोनमार्फत जानकारी भएपछि मैले तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गर्दै आफू पनि घटनास्थलतर्फ गएँ।

प्रहरीसहित घर वरिपरि खोजी गरियो। घरपछाडिको 那珂川 (नकागावा) मा समेत खोजी गरियो, तर तत्काल कुनै जानकारी प्राप्त हुन सकेन। त्यसपछि प्रहरीले रुम पार्टनर र उनका साथीहरूलाई अनुसन्धानका लागि साथमा लग्यो र म घर फर्किएँ।

तर भोलिपल्ट बिहान त्यही क्षेत्रमा एक अज्ञात महिलाको शव नदीमा भेटिएको समाचार सार्वजनिक भयो। समाचारअनुसार २०–३० वर्ष उमेरकी देखिने महिलाको शव 那珂川 मा भेटिएको थियो र प्रहरीले घटनालाई दुर्घटना वा अन्य कुनै घटनाको सम्भावनाबाट अनुसन्धान गरिरहेको छ।

यही समाचार देखेपछि मनमा एउटा प्रश्न उठ्यो—के त्यो शव हराएकी भनिएकी त्यही युवतीको हुन सक्छ?

प्रहरीलाई सम्पर्क गरेर कम्तीमा उनको राष्ट्रियता वा पहिचानसँग सम्बन्धित सामान्य जानकारी मात्र माग्दा पनि परिवारबाहेक अन्य व्यक्तिलाई त्यस्तो जानकारी दिन नमिल्ने जवाफ प्राप्त भएको छ। यो कानुनी र अनुसन्धानसम्बन्धी संवेदनशीलताको विषय हुन सक्छ, त्यसैले प्रहरीको सीमालाई पनि बुझ्न आवश्यक छ।

मलाई यति जानकारी मात्र प्राप्त भएको छ कि उनी 専門学校愛心国際ビジネスカレッジ की विद्यार्थी हुन्।

तर कहिलेकाहीँ जीवनले यस्ता प्रश्नहरू छोडेर जान्छ, जसको उत्तर समयले मात्र दिन सक्छ। एउटा बन्द कोठा, हराएकी एउटी युवती, रातको केही घण्टाको रहस्य र त्यसको केही घण्टापछि नदीमा भेटिएको अज्ञात शव—यी घटनाहरू संयोग मात्र हुन् कि एउटै कथाका अलग–अलग अध्याय?

सत्य नखुलेसम्म निष्कर्ष निकाल्नु न्याय होइन।
तर सत्यको खोजी गर्नु भनेको शंका फैलाउनु पनि होइन।

अन्ततः एउटा परिवार आफ्नी छोरीको खबरको प्रतीक्षामा हुन सक्छ, एउटा साथी आफ्नो अन्तरात्मासँग प्रश्न गरिरहेको हुन सक्छ, र एउटा अनुसन्धानले धेरै अनुत्तरित प्रश्नहरूको उत्तर खोजिरहेको हुन सक्छ।

समयले सत्य लुकाउन सक्छ, तर सधैँका लागि होइन।
सत्य ढिलो आउन सक्छ, तर सत्यको आफ्नै बाटो हुन्छ।
Source:-Yahoo

ताप्लेजुङको फुङलिङ नगरपालिका–९, हाङदेवाकी युना मादेन (युना लिम्बू)  परिवारकी एक्ली र लाडिली छोरी थिइन्। जनता माध्यमिक वि...
18/08/2026

ताप्लेजुङको फुङलिङ नगरपालिका–९, हाङदेवाकी युना मादेन (युना लिम्बू) परिवारकी एक्ली र लाडिली छोरी थिइन्। जनता माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत यी होनहार किशोरीले कहिल्यै कल्पना समेत गरेकी थिइनन् होला आफ्नै घरमा पालेको मायालु बिरालोले एक दिन उनको 'का'ल'लाई बोकेर घरसम्मै ल्याउनेछ भनेर।

तर, नियतिको क्रू'र खेल यस्तै भयो। हिजो साँझतिर बिरालोले मुखमा च्यापेर एउटा स'र्प घरमा ल्यायो। स'र्प देखेपछि युनाको मनमा दया पलायो र उनी त्यो 'सर्पलाई ब'चाउनुपर्छ सोचेर अघि सरिन्। उनलाई के थाहा, जसको प्राण रक्षाका लागि उनी जाँदै थिइन्, त्यही नै उनको अन्त्यको कारण बनिदिनेछ। बिरालोबाट स'र्प छुटाउने युनालाई क्रममा स'र्पले ड'स्यो र उ'पचारका क्रममा आज युनाको अका'लमै ज्या'न गयो।😥

एउटी निर्दो'ष किशोरीले अर्काको भलो चाहँदा–चाहँदै आफ्नै अमूल्य जीवन गु'माउनुपरेको यो हृ'दयवि'दारक घ'टनाले सिङ्गो गाउँ र समाजलाई स्त'ब्ध बनाएको छ।

अल्पा'युमै हामीमाझबाट बिदा हुनुभएकी दि'वङ्गत न्युना मादेनको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्र द्धा_ञ्ज-ली अर्पण गर्दछौँ। साथै, सन्तानको यो अकल्पनीय र असैह्य वि"योगमा पर्नुभएका शो"कसन्तप्त परिवारजनप्रति गहिरो स"मवेदना व्यक्त गर्दछौँ।
दि"वङ्गत आ"त्माले शान्ति पाओस्।

करदाता प्रोत्साहन कार्यक्रमले बढायो नगद बिल रसिद प्रयोगकर्ताकाठमाडौं । नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रम लागू भए...
17/08/2026

करदाता प्रोत्साहन कार्यक्रमले बढायो नगद बिल रसिद प्रयोगकर्ता

काठमाडौं । नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रम लागू भएपछि नगद बिल रसिद प्रयोग गर्ने ग्राहकहरूको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। साउन महिनाको अन्तिमतिर आइपुग्दा सामान खरिद गर्दा नगद बिल रसिद लिने ग्राहकको सहभागिता तीव्र रूपमा बढेको सरकारी तथ्याङ्कले देखाएको हो।

उपलब्ध तथ्याङ्कअनुसार साउनको पहिलो १५ दिनमा नगद बिल रसिद प्रयोग गर्ने ग्राहकको संख्या ७,०७७ रहेकोमा दोस्रो १५ दिनमा यो संख्या बढेर ३,५७,१४९ पुगेको छ।

यसले करिब ४,९५० प्रतिशत वृद्धि भएको देखाउँछ, जुन केवल दुई साताको अवधिमा नगद रसिद कारोबारमा आएको ठूलो परिवर्तन हो।

सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत बिल लिने ग्राहकलाई पुरस्कारको व्यवस्था गरेपछि उपभोक्ताहरूमा बिल लिने बानीको विकास हुँदै गएको देखिन्छ। यस कार्यक्रमले कर प्रणालीलाई थप पारदर्शी बनाउनुका साथै कर छलि नियन्त्रण, व्यवसायलाई औपचारिक अर्थतन्त्रमा ल्याउने र उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

तथ्याङ्कले करदाता प्रोत्साहन कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै गएको र नगद रसिद प्रणालीमा ग्राहकको सहभागिता उल्लेखनीय रूपमा विस्तार भइरहेको स्पष्ट संकेत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ डिजिटल प्रणालीमा रहेका गम्भीर सुरक्षा कमजोरीहरू पहिचान गर्दै साइबर सुर...
17/08/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ डिजिटल प्रणालीमा रहेका गम्भीर सुरक्षा कमजोरीहरू पहिचान गर्दै साइबर सुरक्षा इन्जिनियर सन्दीप ओली एक विशेष लाइभ ह्याकिङ प्रतियोगितामा विजेता बनेका छन् । नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ताहरूको समूह 'पेन्टेस्टर नेपाल' को १३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित यस प्रतिस्पर्धामा सरकारी प्रणाली सार्वजनिक हुनुपूर्व नै त्यसको सुरक्षा अवस्था परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयले सर्वसाधारणका लागि आफ्नो नयाँ प्रणाली सञ्चालनमा ल्याउनुअघि त्यसमा रहेका प्राविधिक त्रुटिहरू पत्ता लगाउन पेन्टेस्टर नेपाललाई आफ्नो सिस्टम उपलब्ध गराएको थियो । सरकारी डाटाको संवेदनशीलता र गोपनीयतालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी सबै सुरक्षा अनुसन्धानकर्ताहरूलाई कडा गोपनीयताको सम्झौता (NDA) मा हस्ताक्षर गराएर तोकिएको परिधिभित्र मात्र परीक्षण गर्न दिइएको थियो । प्रणाली सार्वजनिक भएपछि साइबर आक्रमण वा डाटा चोरी हुने जोखिमलाई कम गर्न सरकारी तवरबाटै यो 'भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम' (Vulnerability Disclosure Program) चलाइएको हो ।

देशभरका ५० भन्दा बढी डिजिटल सुरक्षा अनुसन्धानकर्ताहरू सहभागी भएको उक्त प्रतिस्पर्धामा भैरव टेकमा कार्यरत एसोसिएट साइबर सुरक्षा इन्जिनियर सन्दीप ओली प्रथम हुन सफल भए । उनले सो नयाँ प्रणालीभित्र लुकेका दुई वटा 'क्रिटिकल' (अत्यन्तै संवेदनशील र गम्भीर) सुरक्षा कमजोरीहरू फेला पारेका थिए । ती गम्भीर त्रुटिहरू पत्ता लगाएबापत ५५ अङ्क र अन्य प्राविधिक मूल्यांकनसहित कुल ६५ अङ्क प्राप्त गर्दै उनी प्रतियोगिताको शीर्ष स्थानमा रहे । विजेता बनेबापत उनलाई नगद पुरस्कार र डिजिटल प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

यस लाइभ ह्याकिङ परीक्षणका क्रममा विभिन्न अनुसन्धानकर्ताहरूले बुझाएका ५२ वटा रिपोर्टमध्ये १२ वटा महत्वपूर्ण सुरक्षा कमजोरीका रिपोर्टहरू स्वीकृत भएका छन् । प्रतियोगितामार्फत प्रणाली सार्वजनिक हुनुभन्दा अगाडि नै यी कमजोरीहरू पहिचान भएकाले प्रधानमन्त्री कार्यालयले यिनलाई तत्कालै पूर्ण रूपमा सुधार (Patch) गरेर मात्र सिस्टम सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय स्तरको महत्त्वपूर्ण प्रणालीलाई सुरक्षित बनाउन योगदान दिने उत्कृष्ट अनुसन्धानकर्ताहरूको नाम प्रणालीको 'हल अफ फेम' (Hall of Fame) र लिडरबोर्डमा समेत समावेश गरिने जनाइएको छ । सरकारी निकायले आफ्ना डिजिटल प्रणालीहरू सुरक्षित राख्न नेपाली इथिकल ह्याकरहरूको सहयोग लिएको यो अभ्यासलाई नेपालको साइबर सुरक्षा क्षेत्रमा एक सकारात्मक कदम मानिएको छ ।

कुटपिटबाट घाइते दैलेखका थापाको मृत्युभेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते दिपककुमार था...
16/08/2026

कुटपिटबाट घाइते दैलेखका थापाको मृत्यु
भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते दिपककुमार थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका औषधि व्यवसायी ३२ वर्षीय दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैलेखको नारायण नगरपालिका-२ स्थायी घर भएका थापा हाल भेरी-११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए । जाजरकोट जिल्ला प्रहरीका अनुसार भेरी नगरपालिका ८ का ३३ वर्षीय वीरेन्द्र खत्रीसहितको समूहले कुटपिट गरेपछि थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई सुरुमा रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन २९ गते पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्र खत्री, निरज रोकाय, शिशिर योगी गोसाई, लक्ष्मण रोकाय र बिनोद गोसाई छन्। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा जाजरकोट जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अमेरिकामा नेपाली आविष्कारको तहल्का! 😮🔥महावीर पुनको आविष्कार केन्द्रको ‘न्यानो नानी’ले जित्यो People’s Choice Award! 🏆नेप...
16/08/2026

अमेरिकामा नेपाली आविष्कारको तहल्का! 😮🔥

महावीर पुनको आविष्कार केन्द्रको ‘न्यानो नानी’ले जित्यो People’s Choice Award! 🏆

नेपालमा पर्याप्त चर्चा र पहिचान पाउन नसकेको नेपाली मौलिक प्रविधि ‘न्यानो नानी (Nyano Nani)’ ले अमेरिकामा आयोजित कार्यक्रममा People’s Choice Award जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नवप्रवर्तनको झण्डा फहराएको छ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गत सञ्जयले विकास गरेको ‘न्यानो नानी’ नेपालमै विकास तथा उत्पादन गरिएको प्रविधि हो।

आयातित महँगा उपकरणको तुलनामा किफायती विकल्पका रूपमा अघि आएको यस प्रविधिले स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट नेपालमै उपयोगी उपकरण निर्माण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

अझ रोचक कुरा, चर्चित विश्वव्यापी क्रिएटर MrBeast ले समेत ‘न्यानो नानी’प्रति चासो देखाउँदै यसको प्रयोग तथा स्थापना गरेको उल्लेख गरिएको छ।

मलेसियामा ठूलो हवाई दुर्घ'टना: सुबाङ विमानस्थलका सबै उडान अनिश्चितकालका लागि स्थगित! 🚨🚁मलेसियाको सुबाङस्थित सुल्तान अब्द...
15/08/2026

मलेसियामा ठूलो हवाई दुर्घ'टना: सुबाङ विमानस्थलका सबै उडान अनिश्चितकालका लागि स्थगित! 🚨🚁

मलेसियाको सुबाङस्थित सुल्तान अब्दुल अजीज शाह विमानस्थलको 'कारबोन एमआरओ' क्षेत्रमा इन्जिन परीक्षणको क्रममा 'कामोभ का-३२' हेलिकप्टरमा भीषण आग'लागी।

हेलिकप्टरमा सवार ४ जना नै समयमै बाहिर निस्कन सफल (सबै सकुशल), बाहिर रहेका १ जना सामान्य घाइ'ते।
सुरक्षाका कारण नागरिक उड्डयन प्राधिकरण (CAAM) द्वारा रनवे पूर्ण रूपमा बन्द, सयौँ यात्रुहरू अलपत्र।
हवाई दुर्घ'टना अनुसन्धान ब्युरो (AAIB) द्वारा घट'नाको विस्तृत छानबिन सुरु।

यात्रुहरूका लागि विशेष सूचना: यदि तपाईं वा तपाईंको कोही आफन्त मलेसियाबाट उडानको तयारीमा हुनुहुन्छ भने विमानस्थल जानुअघि आफ्नो उडानको ताजा अवस्था अवश्य चेक गर्नुहोला!

👇 तपाईंको विचारमा मर्मत सम्भार (Maintenance) का क्रममा यस्ता गम्भीर लापरबाही रोक्न कस्तो क'डा नियम बनाउनुपर्छ? तल कमेन्ट गर्नुहोस्!

आधिकारिक स्रोत: स्थानिय मिडिया।

15/08/2026

I got over 4,150 reactions on my posts last week! Thanks everyone for your support! 🎉

Address

बिरेन्द्रनगर नगरपालिका 6
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Vk media & ads posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share