Karnali Media

Karnali Media सत्य, तथ्य, निष्पक्ष समाचार र विश्लेषण...
(7)

09/10/2026

सार्वजनिक सवारीसाधनको स्वरूप परिवर्तन गरी सञ्चालन गर्ने चालकलाई सचेत गराउँदै कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्दप्रसाद रिजाल।

#

चाडपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ। कर्णालीका १० वटै जिल्लामा चाडपर्वका ...
09/10/2026

चाडपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ। कर्णालीका १० वटै जिल्लामा चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती र सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रदेश प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको हो। उक्त योजना असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी र मातहतका कार्यालयबाट प्रहरी परिचालन गरिनेछ।

योजनाअनुसार २८ स्थानमा मोबाइल गस्ती, ९८ स्थानमा मोटरसाइकल गस्ती, ६० द्रुत प्रतिकार्य टोली र १४८ स्थानमा पैदल गस्ती परिचालन गरिनेछ। त्यस्तै, लामो तथा छोटो दूरीका २०४ गस्ती सञ्चालन हुनेछन्।

08/10/2026

विकास हुनका लागि सरकारसँगै पार्टी पनि गम्भीर हुनुपर्छ। यसका लागि रास्वपा लागिपरेको छ।” — रास्वपा केन्द्रीय सदस्य विनिता कठायत

08/10/2026

विकास हुनका लागि सरकारसँगै पार्टी पनि गम्भीर हुनुपर्छ। यसका लागि रास्वपा लागिपरेको छ।” — रास्वपा केन्द्रीय सदस्य विनिता कठायत

08/10/2026

सुर्खेतमा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानका लागि रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू सुर्खेतमा।

08/10/2026

सुर्खेतमा आएर रास्वपा केन्द्रिय सदस्य हेमराज थापाले भने, ‘रास्वपा पार्टी सुशासन कायम गर्न सक्षम छ।’

08/10/2026

सुर्खेतमा आएर रास्वपा सांसद ज्वाला संग्रौलाले भनिन्, - ‘६८ दिनमा हामीले ४० वटा विधेयक संसदमा दर्ता गर्‍यौँ।’

08/10/2026

रास्वपा नेता हेमराज थापाले कर्णाली र सुदूरपश्चिमको हवाई भाडा घटाउनुपर्ने माग गरेका छन्। चाडपर्वको समयमा हवाई भाडा बढाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले दुर्गम क्षेत्रका नागरिकमाथि थप आर्थिक भार पार्ने गरी भाडा वृद्धि गर्न नहुने बताएका छन्। उनले कर्णाली र सुदूरपश्चिमको हवाई भाडा तत्काल पुनरावलोकन गरी घटाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

आईजीपीलाई खगेन्द्रको चुनौती : दम छ भने बर्दी खोलेर चुनाव लड्नुस्, पदमा बसेर राजनीति नगर्नू
07/10/2026

आईजीपीलाई खगेन्द्रको चुनौती : दम छ भने बर्दी खोलेर चुनाव लड्नुस्, पदमा बसेर राजनीति नगर्नू

07/10/2026

सुनको सिक्री हराएको सूचना!
सुर्खेतदेखि नेपालगञ्जसम्म उपचारका लागि जाने क्रममा करिब २ तोला बराबरको सुनको सिक्री हराएको छ। असोज १७ गते सुर्खेतको वीरेन्द्रनगरबाट नेपालगञ्जस्थित वागेश्वरी मन्दिर नजिकै रहेको अस्पतालसम्म जाने क्रममा उक्त सुनको सिक्री हराएको हो। हराएको सुनको सिक्री फेला पार्नुहुने महानुभावले कृपया तल दिइएको सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन अनुरोध छ।

सम्पर्कः 9748726771

फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।

Address

Karnali Pradesh
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Karnali Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali Media:

Shortcuts

Share