Madhya Pahad

Madhya Pahad http://Madhyapahad.Com is one of the leading online digital media in Nepal with a World Latest Breaking Headlines.....

सुर्खेत -१ बाट सिफारिस भएका नेपाली काँग्रेस नेता पूर्णबहादुर खड्काले फागुन २१ को चुनाव नलड्ने भएका छन्।  Madhya Pahad
19/01/2026

सुर्खेत -१ बाट सिफारिस भएका नेपाली काँग्रेस नेता पूर्णबहादुर खड्काले फागुन २१ को चुनाव नलड्ने भएका छन्।

Madhya Pahad

ड्रोनबाट यस्तो देखियो नेपाली कांग्रेसकि विशेष महाधिवेशन तस्वीर : Social media Madhya Pahad
11/01/2026

ड्रोनबाट यस्तो देखियो नेपाली कांग्रेसकि विशेष महाधिवेशन
तस्वीर : Social media
Madhya Pahad

वनबाट स्याउला लिएर घरतिर फर्किदै ठाटिकाध गाउपालिका १ कि महिला ।सामुदायिक वनले केहि दिनका लागि सामुदायिक बनबाट स्याउला लि...
08/01/2026

वनबाट स्याउला लिएर घरतिर फर्किदै ठाटिकाध गाउपालिका १ कि महिला ।सामुदायिक वनले केहि दिनका लागि सामुदायिक बनबाट स्याउला लिनको लागि खुल्ला गरेपछि आजभोलि बिहान देखि बेलुका सम्म बन बाट स्याउला ल्याउन महिलालाई सजिलो भ्याईनभ्याई छ ।
तस्बिर : Bhakta Bahadur Shahi
Madhya Pahad

हिउँले सेताम्मे बन्यो साङ्ता क्षेत्रमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्रमा सेताम्मे...
06/01/2026

हिउँले सेताम्मे बन्यो साङ्ता क्षेत्र
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्रमा सेताम्मे हिउँ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भीरपाखा सबै हिउँले सेताम्मे भएको हो । सदरमुकाम जोमसोमबाट पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँसम्म जाने सडक आसपासका क्षेत्रमा यतिबेला बाक्लो हिउँ जमेको छ ।
तस्बिरः सुशीलबाबु थकाली/रासस

Madhya Pahad

कांग्रेसको कार्यसम्पादन समिति बैठक स्थगित, तालमेल टुङ्गिन बाँकीकाठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति...
06/01/2026

कांग्रेसको कार्यसम्पादन समिति बैठक स्थगित, तालमेल टुङ्गिन बाँकी
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक राष्ट्रियसभा निर्वाचनको तालमेल टुङ्गिन नसकेपछि स्थगित भएको छ। बैठक आज फेरि बस्ने जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिएका छन्।

माघ ११ गते राष्ट्रियसभा निर्वाचनका १८ सिटमा दलहरूले साझा तालमेल गर्ने प्रयास गरिरहेका छन्। कांग्रेसका नेता रमेश लेखकका अनुसार कांग्रेस र एमालेलाई सात–सात सिट, नेपाली कम्युनिस्ट पार्टीलाई ३ सिट र जसपा नेपाललाई १ सिट दिने सहमति भए पनि कुन क्लस्टरमा कुन पार्टीको उम्मेदवार उठाउने भन्ने टुङ्गिन बाँकी छ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तालमेलबारे ब्रिफिङ गरेका थिए।
Madhya Pahad
Madhya Pahad

प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरिन्काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ, बब्...
06/01/2026

प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरिन्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन आग्रह गरेकी छिन्। प्रधानमन्त्रीले मन्त्रीहरू हाल राजनीतिक गतिविधिमा अत्यधिक सक्रिय रहेको भन्दै यस विषयमा प्रश्न उठाएकी छिन्। सरकार भित्रको स्थायित्व र जिम्मेवारीपूर्ण नेतृत्व कायम राख्न प्रधानमन्त्रीले उनीहरूलाई राजीनामा दिन सुझाव दिएकी हुन्।

Madhya Pahad

06/01/2026

So sad :

वीरेन्द्रनगरको रेडियो नेपाल नजिक जीप र मोटरसाइकल ठक्कर हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेलाई उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल पठाइएको छ।

Madhya Pahad

https://madhyapahad.com/?p=19121
02/01/2026

https://madhyapahad.com/?p=19121

काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९०१ नम्बरको विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर ग्रास एरियामा ...

02/01/2026

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो। काठमाडौं–भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ ।
भिडियो :- सामाजिक सञ्जाल
Madhya Pahad

गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रत्यक्षतर्फको उम्मे...
02/01/2026

गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले चुनावी मैदानमा उतार्ने तयारी गरेको हो।
गुरुङले उम्मेदवारी सिफारिस आफ्नो व्यक्तिगत चाहनाभन्दा पनि आम नागरिक, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण आएको बताएका छन्।

Madhya Pahad

अन्तिम भिड"न्त : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिन...
13/12/2025

अन्तिम भिड"न्त : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन् । यस फाइनलपछि एनपीएलले नयाँ विजेता पाउनेछ ।
कसले ट्रफी लग्ला त ?

मार्क वाटको शतकको सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ। कर्णाली...
22/11/2025

मार्क वाटको शतकको सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ। कर्णालीका लागि मार्क वाटले ११४ रनको शतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरे
Madhya Pahad

Address

Birendranagar
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Madhya Pahad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhya Pahad:

Share