Karnali Today

Karnali Today Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karnali Today, News & Media Website, Birendranagar, Surkhet.

चरी न्युज रिसर्च प्रालिद्वारा सञ्चालित
www.karnalitoday.com
प्रबन्धक निर्देशक : कुलेन्द्र शाही 'कुले' 9858084244
कार्यकारी सम्पादक : बिक्रान्त चालिसे 9848150824

17/09/2026

भूमि प्रशासन कार्यालय सुर्खेतमा कर्णाली टुडेको छड्के : बिचौलियाको भागाभाग, कार्यालयको फाइल बोकेर डुलाउँछन् सेवाग्राही, के भन्छन् कार्यालय प्रमुख जनकबहादुर हमाल ?

‘सत्ताबाट बाहिरिएको भोलिपल्ट कालकोठरीमा हुनेछन्’ : रविकिरण हमाल !जेन-जी आन्दोलनका अगुवा रविकिरण हमालले भन्छन् -"प्रधानमन...
17/09/2026

‘सत्ताबाट बाहिरिएको भोलिपल्ट कालकोठरीमा हुनेछन्’ : रविकिरण हमाल !
जेन-जी आन्दोलनका अगुवा रविकिरण हमालले भन्छन् -"प्रधानमन्त्री बालेन शाह, रवि लामिछानेसहित वर्तमान राजनीतिक नेतृत्व अहिले सत्तामा छन्, बाहिर निस्केको भोलिपल्ट सदाका लागि कालकोठरीमा हुनेछन्। त्यो समय नजिकिँदै छ।"

लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता तथा पासपोर्ट लिएको दाबी गर्दै हमालले आफ्नो देशको नागरिकता त्यागेर अर्को देशको नागरिकता रोज्ने व्यक्तिको हातमा देशको सबैभन्दा ठूलो राजनीतिक दलको नेतृत्व पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

ब्रेक फेल हुँदा सुर्खेतमा मिनी ट्र्याक्टर दुर्घटना, चालक घाइते !सुर्खेतको लेकवेशी नगरपालिका-४ गमखोला घोगेडाँडा नजिक दशरथ...
16/09/2026

ब्रेक फेल हुँदा सुर्खेतमा मिनी ट्र्याक्टर दुर्घटना, चालक घाइते !
सुर्खेतको लेकवेशी नगरपालिका-४ गमखोला घोगेडाँडा नजिक दशरथपुर–नेटा सडकखण्डमा मिनी ट्र्याक्टर दुर्घटना भएको छ। बुधबार साँझ ब्रेक फेल भई अनियन्त्रित भएको मिनी ट्र्याक्टर सडकबाट करिब १४० मिटर तल खसेको हो। दुर्घटनामा चालकको टाउकोमा चोट लागेको छ भने उनी बेहोस अवस्थामा रहेको जनाइएको छ। घाइते चालकलाई उपचारका लागि दशरथपुर नगर अस्पताल पुर्‍याइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

16/09/2026

सुर्खेतको राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी र सेवाग्राहीबिच लफडा !

16/09/2026

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र आज तीनवटा शवहरू फेला परेको छ।

जाजरकोटमा सशस्त्र प्रहरीका सवारी चालक भेरी पुलबाट हाम फालेर बेपत्ता !सशस्त्र प्रहरी बल, हेक्वाटर जाजरकोटमा कार्यरत वरिष्...
16/09/2026

जाजरकोटमा सशस्त्र प्रहरीका सवारी चालक भेरी पुलबाट हाम फालेर बेपत्ता !
सशस्त्र प्रहरी बल, हेक्वाटर जाजरकोटमा कार्यरत वरिष्ठ हवल्दार तथा सवारीचालक नवराज शाही भेरी नदीमा हाम फालेर बेपत्ता भएका छन्। जुम्ला घर भएका शाही बुधबार बिहान करिब १० बजे कार्यालयबाट बजारतर्फ निस्किएका थिए। त्यसपछि करिब दुई घण्टासम्म कार्यालयको सम्पर्कमा नआएपछि उनको खोजी सुरु गरिएको थियो। खोजीका क्रममा शाही भेरी नगरपालिका–१ स्थित वडा कार्यालय नजिकैको भेरी पुलबाट भेरी नदीमा हाम फालेको आशंका गरिएको छ। घटनापछि सशस्त्र प्रहरी बल जाजरकोटको टोलीले भेरी नदीमा खोजी कार्य जारी राखेको छ। शाहीको अवस्था हालसम्म अज्ञात रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ।बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँ...
16/09/2026

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ।
बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको हो।
मुद्दा फाँटका २० र २१ नम्बरमा आगलागी भएको हो।
आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्। बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

वि.स २०८० कार्तिक १७ गते जाजरकाेट बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर आएको भूकम्पले छेडागाडमा चर्काएको घर । भूकम्प गएक...
16/09/2026

वि.स २०८० कार्तिक १७ गते जाजरकाेट बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर आएको भूकम्पले छेडागाडमा चर्काएको घर । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणले गति लिन नसक्दा नागरिकहरू भत्किएको तथा अस्थायी टहरामा बस्न बाध्य छन्।

मुगुको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबा...
16/09/2026

मुगुको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४.५ र ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित मेहेलीबाट लामिडाँडा जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको छ। सोमवार राति जिप दुर...
15/09/2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित मेहेलीबाट लामिडाँडा जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको छ। सोमवार राति जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेको छ।
तस्बिर : नबिन खड्का

Address

Birendranagar
Surkhet

Alerts

Be the first to know and let us send you an email when Karnali Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share