Sajha Bisaunee Daily

Sajha Bisaunee Daily News, Views & In-depth Analysis

28/08/2026

प्रधानमन्त्री राहत कोषमा शुक्रवार साँझसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ सङ्कलन भएको छ। यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो । यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली ) जम्मा भएको छ ।

28/08/2026


#बाढी
जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन: बाढी बढेकोले त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।

- बाढी पुर्वानुमान महाशाखा

28/08/2026

भोटेकोशी बाढी : प्रधानमन्त्री बालेनले के भने ? Rasuwa Flood News

28/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो।

28/08/2026

रसुवाको भोटेकोसी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

28/08/2026

भोटेकोशी बाढीका कारण सुरुङभित्र थुनिएकाहरुको उद्वार गर्दै नेपाली सेना ।
भिडियो : नेपाली सेना

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारि...
28/08/2026

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै, बैठकले गत बुधबार नेपाल-चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।

रसुवा जिल्लामा आएको बाढी अपडेट (मितिः २०८३/०५/१२ गते १२:०० बजेसम्म)स्रोत : नेपाल प्रहरी
28/08/2026

रसुवा जिल्लामा आएको बाढी अपडेट
(मितिः २०८३/०५/१२ गते १२:०० बजेसम्म)
स्रोत : नेपाल प्रहरी

27/08/2026

भोटेकोशी बाढीको ताण्डप, ठूलो युद्धझै विध्वंश । Rasuwa Flood Update

27/08/2026

कर्णालीमा अझै कर्मचारी अभाव । Nepali News

Address

Birendranagar-6
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Sajha Bisaunee Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Bisaunee Daily:

Shortcuts

Share