09/05/2021
फेदीखोला गाउँपालिका र गाउँपालिकावासीलाई बधाई तथा सफल कार्यान्वयनको शुभकामना ।
फेदीखोला गाउँपालिकाको स्थानीय पाठ्यक्रमका विशेषताः
# शिक्षण सिकाइ प्रविधिका जन्मदाता जोन डिबेको प्रगतिवादी शैक्षिक दर्शनमा आधारित पाठ्यक्रम
# Horizontal and Verticle Part मा विशेष ध्यान पुर्याइएको
# मूल्यांकनको आधार सैद्धान्तिक र प्रयोगात्मक बराबर
# कृषि र उद्दमशीलतामा विशेष जोड
# हरेक कक्षामा योग, ध्यान, अनुशासन, नैतिक सन्देश, प्राणायाम र जडीबुटी सम्बन्धी क्रियाकलाप समावेश
# फेदीखोलाका प्रमुख सम्पदाहरू समेटिएको
# स्थानीय पाठ्यक्रम निर्देशिकाको पूर्ण रूपमा पालना गरिएको
# स्थानीय सरोकारवालाहरूबाट संकलन गरिएका विषयक्षेत्र समावेश गरिएको
# हरेक एकाइको पाठ्यघण्टी र अंकभार समावेश गरिएको
# पाठ्यक्रम निर्माणका सबै चरण पूरा गरेर तयार गरिएको ।
# स्थानीय सरोकारवाला विज्ञहरू र पाठ्यक्रमका विज्ञहरूको संयुक्त प्रयासमा निर्माण भएको
# गाउँपालिकाका जनप्रतिनिधिहरू र पालिकावासीको भावना अनुकूल तयार भएको
# तयार भइसकेपछि पुनः स्थानीय सरोकारवाला र पाठ्यक्रम विज्ञसहितको छलफलबाट पारित गराइएको ।
Tulsi Pravas
साभ नेपाल