07/01/2025
तिन दिन कलेजको बृहत खेल महोत्सव चल्ने
✍️ आकाश बि.क.
मेरो व्यास
२३ पुष २०८१ मंगलवार
दमौली तनहुँ
दमौली कलेज व्यास -४ मस्जिद टोल मा बृहत खेल महोत्सव सुरु गरिएको छ ।
पौष २३ गते २६ सम्म संचालन हुने खेल महोत्सव विशेष गरि विद्यार्थीहरुको लुकेको प्रतिभा प्रदर्शनगर्ने उद्देश्यले खेल महोत्सव सुरु गरिएको हो ।
खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार लाई प्रभावकारी माध्यम सहित भएको हुनाले कलेज ले पछिल्लो समय खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको कलेज का चिफ राजेन्द्र कैैनि ले बताए ।
दौड, भलिभल , टेबल टेनिस,कबड्डी,ब्याडमिन्टन, सतपुट र बास्केटबल जस्ता खेलहरू लाई प्राथमिकता दिईने खेलकुद संयोजक उपेन्द्र न्याैपाने ले मेरो व्यास लाई जानकारी दिए ।