KhabarBatika

KhabarBatika निष्पक्ष, निर्भिक, स्वतन्त्र समाचारक?

17/09/2025

सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा अहिलेसम्म कम्तिमा ७२ जना युवाको मृत्यु भएको छ ।

16/09/2025

नेपाल सरकारले भोलि असोज १ गते राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ भने आधा झण्डा झुकाउने निर्णय पनि गरेको छ। 🕊️

16/09/2025

बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

15/09/2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन

खनाल अर्थमन्त्री, गृह र कानुन मन्त्रालय अर्याललाई, कुलमान घिसिङलाई उर्जा सहित तीन मन्त्रालय काठमाडौं । प्रधानमन्त्री सुश...
14/09/2025

खनाल अर्थमन्त्री, गृह र कानुन मन्त्रालय अर्याललाई, कुलमान घिसिङलाई उर्जा सहित तीन मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइने भएको छ ।

प्रधानमन्त्री कार्कीले सुरुमा फोनमा छलफल गरेपछि मन्त्रीहरूलाई कार्यालयमा बोलाएर टुंगो लगाएकी हुन्।

खनाल पूर्वअर्थसचिव हुन् र आर्थिक सुधार सम्बन्धी ठोस प्रतिवेदन तयार पारिसकेका छन्।

घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्, जसले लोडसेडिङ कम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए ।

उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ । ‘भोलि बिहान शपथ हुन्छ,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री कार्कीले यसअघि सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिसकेकी छन्।

कार्कीको अन्तरिम सरकार केपी ओलीको राजीनामा र प्रतिनिधिसभा विघटनपछि गठन भएको हो, र आगामी फागुन २१ मा निर्वाचन हुने घोषणा भइसकेको छ।

14/09/2025

जेनजी आन्दोलनका कारण बन्द भएका फिल्म हलहरू भोलि सोमबारबाट खुल्ने

नेपाल सरकारले Gen Z आन्दोलनको क्रममा निधन भएका हरुलाइ सहिद घोषणा गर्ने निर्णय गरेको छ भने मृतकका परिवारलाई १०-१० लाख पनि...
14/09/2025

नेपाल सरकारले Gen Z आन्दोलनको क्रममा निधन भएका हरुलाइ सहिद घोषणा गर्ने निर्णय गरेको छ भने मृतकका परिवारलाई १०-१० लाख पनि दिने भएको छ!

PS. अहिले सम्म ७२ जनाको मृ"त्यु भएको छ!

Photo. Suman chandra Rauniyar / Suchana Bibagh

12/09/2025

प्रतिनिधिसभा विघटन,
फागुन २१ गते चुनाव घोषणा

12/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय शीतल निवास

11/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलको तनहुँको दमौलीमा रहेको घरको अवस्था

11/09/2025

तनहुँमा भाद्र २६ गते बेलुकी ७ बजेदेखि कर्फ्यु आदेश जारी भएपछि नेपाली सेना र शसस्त्र प्रहरीले दमौलीमा माईकिङ गर्दै

🇳🇵

11/09/2025

तनहुँ कारागारबाट मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी फरार भएकामा बिहीबारसम्म १२ जना पक्राउ परेका छन् ।

Address

Damauli Tanahun
Tanahun
333900

Alerts

Be the first to know and let us send you an email when KhabarBatika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarBatika:

Share