26/05/2026
दमौलीमा आएको हावाहुरीले एपेक्स मलको छानामा क्षति, निरन्तर सन्चालनमा सिद्धार्थ होटल
दमौली । तनहुँको दमौलीमा हिजो जेठ ११ गते सोमबार आएको भिषण हावाहुरीले व्यास-२ दमौलीमा रहेको एपेक्स मलको छतमा क्षति पुर्याएको छ ।
हावाहुरी र पानीले मलको छतको माथिल्लो भागमा रहेको टिनको छाना उडाएपनि त्यसभन्दा तल रहेको अर्को भाग सुरक्षित रहेको क्युएफक्स एपेक्सका फ्यासेलिटि म्यानेजर उज्ज्वल भट्टराईले जानकारी दिए ।
उनका अनुसार मलको माथिल्लो भागमा रहेको सिनेमा हलमा पानीले असर पुर्याएकाले केहि समयको लागी हल बन्द गरिएको छ । मर्मत पछि हल सन्चालनमा आउने भट्टराईले जानकारी दिए ।
उनका अनुसार एपेक्स मलमा रहेको सिद्धार्थ होटलमा भने क्षति नभएकाले निरन्तर सन्चालनमा रहेको छ । 'होटलमा असर परेको छैन ।’ भट्टराईले भने ‘अहिले सबै पहिले जसरी नै निरन्तर सन्चालन भईरहेको छ ।’