Devghatonline

Devghatonline सत्य तथ्य र निश्पक्ष..

बाढीले सम्पर्कविहिन भएका नागरिकको खोजीकोलागि आबुँखैरेनीले २५ हजार रुपैयाँ दिनेतनहुँ । भदौ १८ गत भदौ १० गतेको भोटेकोसी नद...
03/09/2026

बाढीले सम्पर्कविहिन भएका नागरिकको खोजीकोलागि आबुँखैरेनीले २५ हजार रुपैयाँ दिने
तनहुँ । भदौ १८

गत भदौ १० गतेको भोटेकोसी नदीको बाढीको कारण सम्पर्क विहिन भएका आबुँखैरेनी गाउँपालिकाका नागरिकको खोजीकोलागि आबुँखैरेनी गाउँपालिकाले प्रति परिवार २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । आबुँखैरेनी गाउँपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

भोटेकोशी नदीको बाढ़ीका कारण आबुँखैरेनी गाउँपालिकाका ४ जना नागरिक हालसम्म सम्पर्कबिहीन भएका छन् । सम्पर्कविहिन भएका आफ्ना नागरिकहरूको सम्बन्धित निकायहरूसँग समन्वय गरी खोजी कार्य गरीरहेकोमा उहाँहरूको परिवारलाई खोजी कार्यमा सहयोग गर्ने उद्देश्यले प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको अध्यक्ष चुमानले जानकारी दिए ।

बाढीको कारण वडा नम्बर ३ का हरिचन्द्र खड्का, पुकार थापा, टेकबहादुर अधिकारी र डिलबहादुर पन्त क्षेत्री सम्पर्कविहिन भएका छन् । सम्पर्कविहिन भएका नागरिकको खोजी, उद्धार, शव व्यवस्थापन लगायत बिपद ब्यबस्थापनका कार्यहरुमा सम्बन्धीत निकायहरुसँग समन्वय र सहजिकरण गरीरहेकोमा थप केही सूचना भएमा गाउँपालिका कार्यालयमा जानकारी गराईदिनुहूँन सम्पूर्ण नागरिकमा अनुरोध गरिएको अध्यक्ष चुमानले बताए ।

बाढी पीडितलाई ऋषिङ्गका अध्यक्ष श्रेष्ठद्वारा एक लाख भन्दा बढि सहयोगतनहुँ । भदौ १८ ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष...
03/09/2026

बाढी पीडितलाई ऋषिङ्गका अध्यक्ष श्रेष्ठद्वारा एक लाख भन्दा बढि सहयोग
तनहुँ । भदौ १८

ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बाढी पीडितहरुको उद्धार र राहतकोलागि आफ्नो व्यक्तिगत तर्फबाट एक लाख एक हजार पाँच सय रुपैयाँ सहयोग गउपलब्ध गराएका छन् ।

अध्यक्ष श्रेष्ठले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । विपद्को समयमा पीडित परिवारलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले व्यक्तिगत तथा पारिवारिक तर्फबाट उक्त रकम सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।

बाढीपीडितका लागि दमौली मुस्लिम समाजको एक लाख ५ सय सहयोगतनहुँ । भदौ १८ तनहुँको व्यास नगरपालिका–४, दमौलीस्थित दमौली मुस्लि...
03/09/2026

बाढीपीडितका लागि दमौली मुस्लिम समाजको एक लाख ५ सय सहयोग
तनहुँ । भदौ १८

तनहुँको व्यास नगरपालिका–४, दमौलीस्थित दमौली मुस्लिम समाजले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५ सय सहयोग गरेको छ ।

समाजले दमौली मुस्लिम अन्जुमन कमिटीमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । विपद्को कठिन परिस्थितिमा पीडित नागरिकको सहयोगका लागि समाजका दाजुभाइ तथा दिदीबहिनीहरूले गरेको सहयोगप्रति कमिटीले धन्यवाद व्यक्त गरेको छ । कमिटीका सचिव मन्सुर अहमदले पीडितको विपदको यस घडीमा सबैले सकेको सहयोग गर्नुपर्ने बताए ।

वाराही आवासीय माविद्वारा बाढीपहिरोपीडितका लागि १ लाख १० हजार सहयोगतनहुँ । भदौ १८ व्यास नगरपालिका–३ स्थित वाराही आवासीय म...
03/09/2026

वाराही आवासीय माविद्वारा बाढीपहिरोपीडितका लागि १ लाख १० हजार सहयोग
तनहुँ । भदौ १८

व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालयले देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि रु १ लाख १० हजार ८० आर्थिक सहयोग प्रदान गरेको छ ।

विद्यालय परिवारको सामूहिक पहलमा विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त योगदानबाट उक्त रकम संकलन गरी प्रदान गरिएको हो। विपद्को कठिन परिस्थितिमा पीडितप्रति ऐक्यबद्धता र मानवीय संवेदना व्यक्त गर्दै राहत सहयोग अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

संकलित सहयोग रकम केवल आर्थिक सहयोग मात्र नभई विद्यालय समुदायको करुणा, एकता र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको विद्यालयको भनाइ छ । सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारका सदस्यप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ ।

तनहुँमा बाढीपीडितको खोजी तथा उद्धार कार्य जारीतनहुँ । भदौ १८ भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिपछि सम्पर्कविहीन भएका...
03/09/2026

तनहुँमा बाढीपीडितको खोजी तथा उद्धार कार्य जारी
तनहुँ । भदौ १८

भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तनहुँमा निरन्तरता दिइएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार अभियान अन्तर्गत भदौ १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट संयुक्त रूपमा प्रहरी परिचालन गरिएको हो ।

प्रहरी टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ र ५ तथा देवघाट गाउँपालिका–४ र ५ अन्तर्गत त्रिशूली नदी किनार क्षेत्रमा खोजी कार्य सञ्चालन गरेको छ । मुग्लिङ पुलदेखि देवघाटसम्मको नदी किनार क्षेत्रमा केन्द्रित भएर खोज तथा उद्धार अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताए ।

बाढीबाट प्रभावित तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि व्यापक रूपमा प्रहरी परिचालन गरिएको र खोज तथा उद्धार कार्य भोलि पनि निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ताकाठमाडौं । भदौ १८ भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला प...
03/09/2026

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता
काठमाडौं । भदौ १८

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक हजार २५२ जनाको शव फेला परेको छ । भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव नवलपरासी पश्चिम जिल्लामा बुझाइएको छ ।

सङ्कलन गरिएकामध्ये हालसम्म ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरागरी हालसम्म २१३ महिला, ३१४ पुरूष र ३७० नखुलेको गरी जम्मा ८९७ वटा शव माटोमुनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।

पहिचान नभएका ९५९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता भएका चार हजार ८७५ जनाको खोजी भइरहेको छ । नुवाकोट र रसुवालगायत जिल्लामा रहेका ‘होल्डिङ सेन्टर’मा तीन हजार १२६ जनाले आश्रय लिइरहेका छन् ।

म्याग्दे गाउँपालिकाबाट प्रधानमन्त्री राहत कोषमा २५ लाख ७५ हजार जम्मातनहुँ । भदौ १८ गत भदौ १० गतेको विनाशकारी बाढी तथा पह...
03/09/2026

म्याग्दे गाउँपालिकाबाट प्रधानमन्त्री राहत कोषमा २५ लाख ७५ हजार जम्मा
तनहुँ । भदौ १८

गत भदौ १० गतेको विनाशकारी बाढी तथा पहिरो प्रभावितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि तनहुँको म्याग्दे गाउँपालिकाबाट २५ लाख ७५ हजार १६६ रुपैयाँ जम्मा भएको छ । गाउँपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।

म्याग्देले गाउँपालिका कार्यालयबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधि तथा कर्मचारीहरूबाट ८ लाख २३ हजार ९१७ रुपैयाँ तथा गाउँपालिका अन्तर्गतका विद्यालयका शिक्षकहरूबाट १२ लाख ५२ हजार ४९ गरि कुल २५ लाख ७५ हजार १६६ रुपैयाँ जम्मा कोषमा जम्मा गरेको छ ।

प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा सम्पूर्ण पक्षलाई एकजुट भई राहत तथा उद्धार कार्यमा जुट्न म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सबैमा अपिल गरेका छन् ।

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मातनहुँ । भदौ १८ गत भदौ १० गते...
03/09/2026

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा
तनहुँ । भदौ १८

गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुगेको ठूलो जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै उद्धार र राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले आदिकवि भानुभक्त क्याम्पसले प्रधानमन्त्री विपद राहत कोषमा नगद आर्थिक सहयोग जम्मा गरेको छ ।

बाढीबाट प्रभावित पीडित परिवारहरूलाई सहयोग पु¥याउने उद्देश्यले पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल, क्याम्पस इकाइको पहलमा क्याम्पस परिवारका तर्फबाट कुल रु १ लाख ३५ हजार ४६२ रुपैयाँ सहायता रकम प्रधानमन्त्री विपद राहत कोषमा बुधबार जम्मा गरिएको थियो ।

पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल, क्याम्पस इकाईका अध्यक्ष सह–प्राध्यापक राजन घिमिरेका अनुसार उक्त सहायता रकम मध्ये क्याम्पस सञ्चालक समिति पदाधिकारी सदस्य मध्येबाट ११ हजार ५५५ रुपैयाँ, क्याम्पसका प्राध्यापकबाट १ लाख ३ हजार २८३ रुपैयाँ र क्याम्पसका कर्मचारीबाट २० हजार ६२४ रूपैयाँ स्वैच्छिक रूपमा सहयोग जुटेको क्याम्प प्रमुख महाप्रसाद हड्खलेले बताए ।

बाढी पीडितकोलागि बन्दीपुर बजार इकाईद्वारा ९९ हजार ६ सय रुपैयाँ राहत संकलनतनहुँ । भदौ १९ भोटेकोशी नदीमा आएको विनाशकारी बा...
03/09/2026

बाढी पीडितकोलागि बन्दीपुर बजार इकाईद्वारा ९९ हजार ६ सय रुपैयाँ राहत संकलन
तनहुँ । भदौ १९

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार इकाई समितिले सञ्चालन गरेको राहत संकलन अभियानबाट ९९ हजार ६ सय रुपैयाँ संकलन भएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार इकाई समितिले भदौ १५ र १६ गते बन्दीपुर बजार तथा आसपासका क्षेत्रमा राहत संकलन अभियान सञ्चालन गरेको थियो । बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्थानीय व्यवसायी, उद्योगी, नागरिक तथा शुभेच्छुकहरूबाट उक्त रकम संकलन भएको इकाईले जनाएको छ ।

संकलित रकममध्ये १० हजार रुपैयाँ तनहुँ उद्योग वाणिज्य संघ मार्फत र बाँकी ८९ हजार ६ सय रुपैयाँ बन्दीपुर बजार इकाई समितिले स्वयं प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको जनाएको छ ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Devghatonline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devghatonline:

Shortcuts

Share