Nepali Taja Update

Nepali Taja Update News,Views ,Information, Education & Entertainment.

प्रचण्डको निर्वाचन क्षेत्रमा लामो समयदेखि अलपत्र बनेको पार्कको विषयमा आवाज उठाउँदै सदिक्षा ओलीले कडा प्रश्न तेर्स्याएकी ...
20/08/2026

प्रचण्डको निर्वाचन क्षेत्रमा लामो समयदेखि अलपत्र बनेको पार्कको विषयमा आवाज उठाउँदै सदिक्षा ओलीले कडा प्रश्न तेर्स्याएकी छन। लामो समयदेखि योजना अलपत्र परेको भन्दै उनले आवाज उठाएकी छन्।

बिचौलिया र ठेकेदारको घरमा फ्रीमा बस्न रुचाउने कम्युनिस्ट नेताहरूले फेरि अर्को रेकर्ड राखेका छन नेकपा एमालेका अध्यक्ष केप...
20/08/2026

बिचौलिया र ठेकेदारको घरमा फ्रीमा बस्न रुचाउने कम्युनिस्ट नेताहरूले फेरि अर्को रेकर्ड राखेका छन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा घर उपलब्ध गराए बापत बागमती प्रदेशमा एमाले नेता किरण थापालाई मुख्यमन्त्री बनाइएको छ। केही समय अगाडि आफ्नै निवासमा ढालेका जग्गामा थपलियालाई संसदीय दलको नेताबाट हटाएर ओली र महेश बस्नेत को अथक प्रयासपछि किरण थापा मुख्यमन्त्री बन्ने भएका छन संघीयता विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत समर्थन गरेपछि उनको पक्षमा बहुमत जुटेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले फेरि जनतालाई धोका दियो। आफूलाई संघीयता विरोधी दाबी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी एमा...
19/08/2026

राष्ट्रिय प्रजातन्त्र पार्टीले फेरि जनतालाई धोका दियो। आफूलाई संघीयता विरोधी दाबी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी एमालेको सरकार बचाउन प्रदेश सरकारमा सहभागी भएको छ बागमती प्रदेशमा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाउने भएको छ।

रवि लामिछानेले बोलाएको संसदीय दलको बैठक भर्खरै संसदीय दलको कार्यालयमा सुरु भएको छ। सरकारको काम कारबाही संसदमा सांसदहरुले...
19/08/2026

रवि लामिछानेले बोलाएको संसदीय दलको बैठक भर्खरै संसदीय दलको कार्यालयमा सुरु भएको छ। सरकारको काम कारबाही संसदमा सांसदहरुले देखाएको भूमिका र कर्तव्य बारे छलफल हुने भएको छ।

हिन्दू धर्मको कुरा गर्दा देउवासँग आक्रोशित बने प्रचण्ड ।। लामो समयदेखि सत्ता सहकार्य गर्दै आएका प्रचण्ड र देउवाबीच धर्मक...
19/08/2026

हिन्दू धर्मको कुरा गर्दा देउवासँग आक्रोशित बने प्रचण्ड ।। लामो समयदेखि सत्ता सहकार्य गर्दै आएका प्रचण्ड र देउवाबीच धर्मको विषयलाई लिएर खटपट सुरु भएको छ। शेरबहादुर देउवाले कांग्रेसको संस्थापन इतरको भेलामा हिन्दु धर्मको बहस छेडेपछि प्रचण्ड तनावमा देखिएका छन्

हो प्रचण्ड बाजे पुल खोइ ? प्रचण्डले चुनाव जितेको क्षेत्र पुर्वी रुकुमकी यी नानीको गुनासो,, Hello! प्रचण्ड बाजे,,कता हुनु...
19/08/2026

हो प्रचण्ड बाजे पुल खोइ ? प्रचण्डले चुनाव जितेको क्षेत्र पुर्वी रुकुमकी यी नानीको गुनासो,,

Hello! प्रचण्ड बाजे,,कता हुनुन्छ?

हाम्रो पुर्वी रुकुमबाट चुनाव जितेर मात्र जानुभो।यहाँको पुलको हालत यस्तो छ,भाँचिएर।
हामी खोला तरेर जानुपर्छ।खोलाले गाइबाख्रा लगायत मान्छे पनि बगाउन सक्छ।
बच्चाहरु स्कुल जाने बाटो यही हो।तिनीहरूलाई बगायो भने कसले जिम्मा लिन्छ? त्यसैले एउटा राम्रो पुल बनाइदुनुपर्‍यो।

पार्टी हित विपरीत काम गर्नेलाई सामाजिक सञ्जालबाटै कारबाही गर्ने हर्क साङपाङको शैलीको सर्वत्र आलोचना भएको छ। अन्य पार्टीह...
19/08/2026

पार्टी हित विपरीत काम गर्नेलाई सामाजिक सञ्जालबाटै कारबाही गर्ने हर्क साङपाङको शैलीको सर्वत्र आलोचना भएको छ। अन्य पार्टीहरूमा बैठक बसेर प्रक्रिया पुर्‍याएर कारबाही गरिने भए तापनि हर्क साङपाङले सिधै सामाजिक सञ्जालमा फेसबुक स्टाटस लेखेर आफ्ना कार्यकर्ताहरुलाई कारबाही गर्ने गरेका छन्।

ओली–प्रचण्डका आसेपासेको सधैँ रजाई।।संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताले जनतालाई बलियो बनाउने दाबी गरिए पनि यस...
18/08/2026

ओली–प्रचण्डका आसेपासेको सधैँ रजाई।।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताले जनतालाई बलियो बनाउने दाबी गरिए पनि यसको लाभ कम्युनिस्ट शीर्ष नेताका आसेपासेले बढी लिएको आरोप लाग्दै आएको छ। यसको उदाहरण प्रचण्डका आफन्तले पाएका लाभका पद र ओली निकट व्यक्तिहरूले पाएका जिम्मेवारीबाट देखिने आलोचकहरूको भनाइ छ।

हालै प्रदेशमा बनेको नयाँ गठबन्धनअनुसार ओलीका घरबेटी किरण थापा मगरलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारी छ भने प्रचण्डका ज्वाइँ जीवन आचार्य तेस्रोपटक कोशी प्रदेशको मन्त्री बनेका छन्।

नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा व...
18/08/2026

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

कार्यकर्तालाई आबरा भन्ने केपी ओलीलाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व अध्यक्ष नबिना लामाले कडा जवाफ फर्काए...
18/08/2026

कार्यकर्तालाई आबरा भन्ने केपी ओलीलाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व अध्यक्ष नबिना लामाले कडा जवाफ फर्काएकी छन्। आफ्ना कार्यकर्तालाई आवाराको संज्ञा दिने ओलीलाई जवाफ फर्काउँदै नबिनाले भनेकी छन् पार्टीमा पुनर्गठनको आवाज उठाउँदैमा आबरा हुँदैन कार्यकर्तालाई हेप्न पाइँदैन।

Address

Tanahun
33900

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Taja Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share